अन्तरप्रदेश परिषद् बैठक सकियो, के के आरोप लगाए केन्द्र सरकारलाई



हाम्रो इकोनोमि

 

काठमाडौं–आइतबारदेखि शुरु भएको अन्तरप्रदेश परिषदको बैठक संघीयता कार्यान्वयनको कामलाई गति दिने निष्कर्षसहित सोमबार सकिएको छ ।

 

प्रधानमन्त्री एवम् परिषदका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षमा सोमबार सम्पन्न बैठक संघीयता कार्यान्वयनको कामलाई गति दिने निष्कर्ष निकाल्दै सकिएको हो ।

 

बैठकले मुख्यमन्त्रीहरुले उठाएका विषयहरुलाई समेटेर प्रतिवेदन तयार पार्न गृहमन्त्री रामबहादुर थापाको अध्यक्षमा ६ सदस्यीय कार्य दल गठन गरेको छ ।

 

गृहमन्त्री थापा अध्यक्ष रहने गरी गठन गरिएको कार्य दलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, अर्थमन्त्री युवराज खतिवडा, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल रहेका छन् ।
कार्यदलको सदस्य सचिवमा मुख्य सचिव लोकदर्शन रेग्मी रहने अर्थमन्त्री खतिवडाले जानकारी दिए ।

 

कार्यदलले एक हप्ता भित्र प्रतिवेदन बुझाउने र सोही प्रतिवेदनमाथि पुस ३ गते बस्ने परिषदको बैठकले छलफल गरी आवश्यक निर्णय गर्ने पनि अर्थमन्त्री खतिवडाले बताए ।

 

आजको बैठकमा प्रदेश ५ का मुख्यमन्त्री पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले आ–आफ्नो प्रदेशको कठिनाईबारे विस्तृत जानकारी गराएका थिए ।

 

आइतबारको बैठकमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश २ का मुख्यमन्त्री राउत, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आ–आफ्नो प्रदेशको समस्याबारे जानकारी गराएका थिए ।

 

परिषद बैठकमा प्रधानमन्त्री ओलीले संघीयता कार्यान्वयन सीमित स्रोतका कारण ढिलाई हुन गएको उल्लेख गर्दै त्यसलाई गतिका साथ अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

 

संवैधानिक व्यवस्था अनुसार कानुन, स्रोत र कर्मचारीको उचित व्यवस्थापन गर्न ढिलाई नगर्न प्रदेश सरकारहरुले संघीय सरकारलाई यस अघि पनि पटक पटक आग्रह गर्दै आएका थिए ।
परिषद बैठकले संघीयता कार्यान्वयनका लागि प्रदेशमा देखिएको समस्या समाधान गर्न प्रतिवेदननै तयार पार्न कार्य दल गठन गरेको हो ।

 

कार्यदलले तयार पारेको प्रतिवेदनको आधारमा संघीयता कार्यान्वयनको कामलाई तीव्रता दिने परिषद बैठक निष्कर्ष रहेको पनि अर्थमन्त्री खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस
घरायसी र अत्यावश्यक क्षेत्रमा मात्र ग्यास वितरण गर्ने तयारी

     पृथ्वी राजमार्गको कृष्णाभिर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यका...

रसुवाको बाढीमा हालसम्म १ हजार ११४ मृत्यु, ३ हजार ९१६ जना सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १...

देशका विभिन्न सडकको अवस्था यस्तो छ

    नेपाल प्रहरीले लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा राजमार्ग...

भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...