नेपाल प्रहरी दाँत नभएको कुकुरजस्तो,सर्वेन्द्र खनाल थोते आइजीपी भन्दै सांसदले यसरी लिए हुर्मत
सांसदहरुले नेपाल प्रहरीको कार्यक्षमतामा प्रश्न उठाएका छन्। सोमबार राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालमाथि उनीहरुले प्रहरी संगठनको क्षमतामा ह्रास आएको आरोप लगाए।
राष्ट्रियसभाका सांसद कालीबहादुर मल्लले पहिलेपहिले प्रहरी भन्दा मानिसहरु डराउने गरेको भए पनि अहिले गाउँगाउँमा प्रहरीको माग हुने गरेको बताए। तर कतिपय घटनाको अनुसन्धानमा प्रहरीले अकर्मण्यता देखाउने गरेको उनले बताए। कतिपय घटनामा प्रहरीको कारबाही दाँत नभएको कुकुरले टोकेजस्तो हुनेगरेको छ। दाँत नभएको कुकुरले टोक्यो भने काउँकुती लाग्छु, उनले भने, प्रहरीको कारबाही पनि त्यस्तै हुने गरेको छ। दाँत नभएको कुकुरले टोकेको जस्तै छ।
सांसद कविता बोगटीले पनि मल्लको सन्दर्भ जोड्दै जनताले हेर्दा प्रहरीको दाँत देखिए पनि त्यो देखाउने दाँत मात्रै रहेको बताइन्। उनले आफूहरुलाई राज्यविहीनताको अवस्थाको महसुस हुनेगरेको बताइन्।
सांसद सरिता प्रसाईंले नेपाल प्रहरी शान्ति सुरक्षा कायम गर्नमा कमजोर हुँदै गएको बताइन्। उनले अहिले जसले जे गरे पनि हुने अवस्था आएको भन्दै प्रहरी संगठन किन कमजोर हुँदै गएको भन्ने प्रश्न गरिन्।
त्यस्तै, सांसद विमला राई पौडेलले निर्मला पन्त प्रकरणले नेपाल प्रहरीको साख गिर्दै गएको बताइन्। प्रमाण नष्ट भइसकेपछि अनुसन्धानमा अप्ठ्यारो हुन्छ भन्ने हामीलाई थाहा छु, उनले प्रश्न गरिन्, तर, प्रमाण कसले नष्ट गर्यो भन्ने प्रहरीलाई थाहा छ। अनि प्रमाण नष्ट गर्नेलाई बर्खास्त गरेर मात्रै हुन्छ कि जोजो त्यसमा सहभागी हुनुहुन्थ्यो उहाँहरुलाई साँचो अपराधी पत्ता नलागुञ्जेल थुनामा राख्दा के हुन्छरुु
अर्का सांसद रमेशजंग रायमाझीले निर्मला पन्त प्रकरणले अहिलेसम्म शंका नउठेको प्रहरीप्रति शंका उठेको बताए। पञ्चायतकालको नमिता सुनिता काण्ड फेरि दोहोरिएको छु, उनले भने।
रायमाझीले घटनामा ठूला मान्छेको संलग्नताको आशंका गरे। ‘कुनै शक्तिशाली मान्छे यो घटनामा संलग्न छ’, उनले भने, ‘कोही शक्तिशाली मान्छेलाई बचाउनको लागि सरकार प्रहरी महानिरीक्षकलाई प्रयोग गरेर, प्रहरी महानिरीक्षक नबोली बसेका छन्। लाजमर्दो अवस्था छ।’
‘आज न्याय देऊ भनेर युवा, तरुण र विद्यार्थीहरु सडकमा पोस्टर टाँस्न जाँदाखेरि प्रहरी पोस्टर च्यात्न लागिपर्छ। प्रहरीको काम शान्ति सुरक्षा कायम गर्ने कि पोस्टर च्यात्ने? पोस्टरले कहाँ अशान्ति फैलायो? यो देशका नागरिकले न्याय माग्न पनि नपाउने’, रायमाझीले प्रश्न गरे।
उनले देशमा गृहमन्त्री परिवर्तन भएको हो भन्दै प्रश्न गरे। रक्षामन्त्री ईश्वर पोखरेलले निर्मला पन्तको अपराधी पत्ता लागिसक्यो भनेको सन्दर्भ जोड्दै उनले भने– रक्षामन्त्री र गृहमन्त्री परिवर्तन भएको हो?
उनले साढे ३३ किलो सुन कहाँ गयो भन्दै महानिरीक्षक खनाललाई प्रश्न गरे। ‘आइजीको भागमा कति पर्यो? गृहमन्त्रीको भागमा कति पर्यो? अरुअरुको भागमा कति पर्यो? आज यो केस कहाँ हराइरहेको छ’, उनले प्रश्न गरे।
सांसद महेश कुमार महराले निर्मला पन्तको प्रकरणमा लामो समयसम्म अपराधी पत्ता नलाग्नुको कारण सोध्दै प्रहरी महानिरीक्षकलाई कतैबाट दबाब आएको भए स्पष्ट पार्न अनुरोध गरे। ‘यत्रो सिंगो राज्यलाई प्रभावित गर्न सक्ने शक्ति को हो? को छ यहाँ? महानिरीक्षकले भन्नुपर्छ। हामी उहाँलाई साथ दिन्छौं। हामी लड्न तयार छौं’, उनले भने।
उनले निर्मला प्रकरणले राष्ट्रको छबि नै धमिलो भइसकेको बताए। ‘आज दिल्ली बिष्ट र अंगुर जिसी बर्खास्त भएका छन्। प्रमाण नष्ट भएका छन्। कहीँ न कहीँबाट निर्देशन त भयो होला उहाँहरुलाई। किन भन्न सकिएको छैन।
यसको कारण छ’, उनले थपे, ‘अब विष्टलाई समातेर कारबाही गर्नुपर्यो। कारबाही मात्रै होइन, गहिरो अनुसन्धान गर्नुपर्छ। बिष्टलाई थाहा छ, निर्मलाको बलात्कारी को हो, हत्यारा को हो। बम दिदीबहिनीलाई पनि थाहा छ। त्यहीँबाट अनुसन्धान सुरु गर्नुपर्छ।’
प्रमिलाकुमारी यादवले सुरक्षाकर्मीले दोषीलाई पक्राउ गर्न नसक्ने तर निर्दोषलाई यातना दिने गरेको भन्दै त्यसलाई रोक्न आग्रह गरिन्। ‘यदि सुरक्षाकर्मीले सुरक्षा दिन सक्दैनन् भने पदबाट राजीनामा दिनुपर्यो’, उनले भनिन्।
महानिरीक्षक खनालले आफूलाई पनि निर्मला पन्त प्रकरणमा तिब्रताका साथ अनुसन्धान गरिरहेको भन्दै आफूलाई पनि चिन्ता लागेको बताए। ‘मलाई चिन्ता लागेर निद्रा पनि नलाग्ने अवस्था छ’, उनले भने, ‘हाम्रो सामर्थ्यले गर्न सक्ने जति काम गर्नेछु।’
उनले आफूले व्यवसायिकताबाट एक रौं बराबर पनि यताउति हुन नदिएको दाबी गरे। साथै, उनले आफूले कुनै अनुसन्धान टोलीलाई दबाब नदिएको बताए। दबाब दिएको भेटे संसदमा राखेर बर्दी फुकाल्न समेत सांसदहरुलाई चुनौती दिए। उनले अनुसन्धानलाई साँघुरो बनाउँदै लगेको जानकारी दिए।