महानिरीक्षक खनालको राजीनामा माग



हाम्रो इकोनोमि

 

संघीय समाजवादी फोरमले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा माग गरेको छ । संघीय समाजवादी फोरमकी सांसद प्रमिला कुमारीले निर्मला हत्याकाण्डका दोषीलाई पक्राउ गर्न नसकेकोमा महानिरीक्षक खनालको राजीनामा माग गरेकी हुन् ।

 

सोमबार संघीय संसदको दिगो विकास तथा सुशासन समितिले मुलुकको सुशासनको अवस्थाबारे छलफल गर्न प्रहरी महानिरीक्षक खनाललाई बोलाएको थियो । सोही बैठकमा सांसद कुमारीले निर्मला हत्याकाण्डका दोषीलाई पक्राउ नगर्ने प्रहरी महानिरीक्षक खनाल पदमा रहिरहन नमिल्ने तर्क गर्दै राजीनामा माग गरिन् ।

निर्मला काण्डमा आइजीपी खनाल माथी सांसदले यसरी गरे फायर,निन्द्रा लागेन बर्दी फुकाल्छु भन्दै देखिए कायर

 

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला पन्तको हत्या अनुसन्धान टुंगो नलागि रहँदा हरेक दिन निन्द्रा लाग्न नसकेको बताएका छन्।

 

राष्ट्रिय सभाको दिगो विकास तथा शुसासन समितिमा सांसदहरुको प्रश्नको जवाफ दिँदै आईजिपी खनालले लामो समयसम्म निर्मला हत्याको अनुसन्धान टुंगो नलाग्दा निन्द्रा लाग्ने अवस्था नभएको बताए। उनले निर्मलाको आत्माले पोलेको आफु निकटका संग भन्न थालेका छन्। प्रहरीले अनुसन्धानलाई निकै गम्भीरतापूर्वक लिएको खनालको दाबी छ ।

 

उनले संगठनको सामर्थ्यले भ्याएसम्म अनुसन्धान भइरहेको बताए। कन्चनपुरको भीमदत्त नगरपालिकामा गत साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा भेटिएकी स्थानीय १३ वर्षीय किशोरी निर्मलाका हत्यारालाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन। हत्या अनुसन्धानमा लापरबाही गरेको भन्दै प्रहरी लगातार विवादमा पर्दै आएको छ।

 

समितिको बैठकमा वास्तविक अपराधिलाई जोगाउने र अनुसन्धानमा राजनीतिक दबाब भयो कि भन्नेतर्फ पनि सांसदहरुले चासो व्यक्त गरेका थिए।

जवाफमा खनालले अनुसन्धानलाई प्रभावित पार्ने काम कसैबाट नभएको भन्दै गैर व्यवसायिक क्रियाकलाप गरेको पाइए संसदमा आफ्नो बर्दी उतार्न चेतावनी पनि दिए।

मैले एक रौँ पनि गैर व्यवसायीक काम गरेको छैन। यदि त्यस्तो भएको पाइए संसदमा ल्याएर मेरो बर्दी फुकाल्दिनुस्ु, खनालले भने।

 

‘एउटा अपराधको अनुसन्धान गर्न नसक्ने आईजिपी भएर बस्ने’
समितिको बैठकमा सांसदहरुले आईजिपी खनाललाई र्‍याखर्‍याख्ती पारेका थिए। सांसद प्रमिला ठाकुरले एउटा अपराधको अनुसन्धान गर्न नसक्ने कसरी आईजिपी भएर बसिरहेको छ भन्दै ब्यंग गरिन्।

 

‘अनुसन्धान गर्न सक्नुहुन्न भने राजीनामा दिएर जानुस्। हामी सक्षमलाई नियुक्त गर्छौ। अनुसन्धानको नाममा फर्जी अपराधी खडा गर्ने?’ ठाकुरले भनिन्।

 

अर्का सांसद कबिता बोगटीले निर्मला पन्तको हत्या र अनुसन्धानमा लापरबाहीका कारण आफूले पनि छोरीलाई राती नहिँड भन्नुपर्ने अवस्था भएको जिकिर गरिन्। ‘समग्र महिलाहरु आज राज्यविहिनताको महशुस गरिरहेका छन्,’ सांसद बोगटीको भनाई थियो।

सांसद दिनानाथ शर्माले निर्मला पन्तको अनुसन्धान दाँत नभएको कुकुरले टोकेजस्तो भएको भन्दै कडा ब्यंग्य गरे।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...