फेवातालको बीचमा ढुङ्गा डुब्यो, ‘सेल्फी’ खिच्दै गरेका काठमाडौंका युवा वेपत्ता



हाम्रो इकोनोमि

 

पोखराको पर्यटकीयस्थल फेवातालमा डुङ्गा डुब्दा काठमाडौंका एक युवा बेपत्ता भएका छन् ।

सोमबार बिहान फेवातालमा बोटिङ गरिरहेका काठमाडौंका रोजन श्रेष्ठ ‘सेल्फी’ खिच्ने क्रममा डुङ्गाबाट खसेर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।

सिंगल प्याडल बोटमा बसेर डुङ्गा सयर गरेका श्रेष्ठले फोटो खिच्नकै लागि तालको बिचमा पुगेपछि ज्याकेट उतारे र मोवाईलबाट सेल्फी खिच्न लाग्दा उनी डुङ्गाबाट खसेर बेपत्ता भएको श्रेष्ठकी दिदी रोशनीलाई उदृत गर्दै कास्की प्रहरी प्रमुख ओम रानाले जानकारी दिएका छन् ।

काठमाडौंबाट दिदीसँग आइतबार पोखरा घुम्न आएका श्रेष्ठको खोजी भइरहेको प्रहरीले जनाएको छ । दिदी–भाइ फरक–फरक डुङ्गामा चढेको अनुसन्धानले देखाएको छ । श्रेष्ठको खोजीका लागि आर्मी, प्रहरी, सशस्त्र प्रहरीलगायत उद्धार टोली परिचालन भएका छन् ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...