निर्मला काण्डमा आइजीपी खनाल माथी सांसदले यसरी गरे फायर,निन्द्रा लागेन बर्दी फुकाल्छु भन्दै देखिए कायर
नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला पन्तको हत्या अनुसन्धान टुंगो नलागि रहँदा हरेक दिन निन्द्रा लाग्न नसकेको बताएका छन्। राष्ट्रिय सभाको दिगो विकास तथा शुसासन समितिमा सांसदहरुको प्रश्नको जवाफ दिँदै आईजिपी खनालले लामो समयसम्म निर्मला हत्याको अनुसन्धान टुंगो नलाग्दा निन्द्रा लाग्ने अवस्था नभएको बताए। उनले निर्मलाको आत्माले पोलेको आफु निकटका संग भन्न थालेका छन्।
प्रहरीले अनुसन्धानलाई निकै गम्भीरतापूर्वक लिएको खनालको दाबी छ ।
उनले संगठनको सामर्थ्यले भ्याएसम्म अनुसन्धान भइरहेको बताए। कन्चनपुरको भीमदत्त नगरपालिकामा गत साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा भेटिएकी स्थानीय १३ वर्षीय किशोरी निर्मलाका हत्यारालाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन। हत्या अनुसन्धानमा लापरबाही गरेको भन्दै प्रहरी लगातार विवादमा पर्दै आएको छ।
समितिको बैठकमा वास्तविक अपराधिलाई जोगाउने र अनुसन्धानमा राजनीतिक दबाब भयो कि भन्नेतर्फ पनि सांसदहरुले चासो व्यक्त गरेका थिए।
जवाफमा खनालले अनुसन्धानलाई प्रभावित पार्ने काम कसैबाट नभएको भन्दै गैर व्यवसायिक क्रियाकलाप गरेको पाइए संसदमा आफ्नो बर्दी उतार्न चेतावनी पनि दिए।
मैले एक रौँ पनि गैर व्यवसायीक काम गरेको छैन। यदि त्यस्तो भएको पाइए संसदमा ल्याएर मेरो बर्दी फुकाल्दिनुस्ु, खनालले भने।
‘एउटा अपराधको अनुसन्धान गर्न नसक्ने आईजिपी भएर बस्ने’
समितिको बैठकमा सांसदहरुले आईजिपी खनाललाई र्याखर्याख्ती पारेका थिए। सांसद प्रमिला ठाकुरले एउटा अपराधको अनुसन्धान गर्न नसक्ने कसरी आईजिपी भएर बसिरहेको छ भन्दै ब्यंग गरिन्।
‘अनुसन्धान गर्न सक्नुहुन्न भने राजीनामा दिएर जानुस्। हामी सक्षमलाई नियुक्त गर्छौ। अनुसन्धानको नाममा फर्जी अपराधी खडा गर्ने?’ ठाकुरले भनिन्।
अर्का सांसद कबिता बोगटीले निर्मला पन्तको हत्या र अनुसन्धानमा लापरबाहीका कारण आफूले पनि छोरीलाई राती नहिँड भन्नुपर्ने अवस्था भएको जिकिर गरिन्। ‘समग्र महिलाहरु आज राज्यविहिनताको महशुस गरिरहेका छन्,’ सांसद बोगटीको भनाई थियो।
सांसद दिनानाथ शर्माले निर्मला पन्तको अनुसन्धान दाँत नभएको कुकुरले टोकेजस्तो भएको भन्दै कडा ब्यंग्य गरे।