‘श्रीमान् बेपत्ता भएको २६ वर्ष पुग्यो , बुढेसकालको एक्लो सहारा छोरो पनि १७ वर्षकै उमेरमा बित्यो…



हाम्रो इकोनोमि

 

महेन्द्रनगर : ‘श्रीमान् बेपत्ता भएको २६ वर्ष पुग्यो।

बुढेसकालको एक्लो सहारा छोरो पनि १७ वर्षकै उमेरमा बित्यो।

दुई छोरी थिए, उनीहरू पनि बिहे गरेर गए।

एक्लो जीवन कष्टकर रूपमा बितिरहेको छ।

बुढेसकालमा न जीवनसाथी साथ मा छन् न त सहारा दिने कोही सन्तान नै !’पुनर्वास नगरपालिका–५ की ५५ वर्षीया लक्षु रोकायाको दैनिकी बेपत्ता श्रीमान् घर फर्किएलान् कि भन्ने आसमा बित्ने गरेको छ।

०५० सालमा मजदुरीका लागि भारत पसेका श्रीमान् मानबहादुर बेपत्ता भएको २६ वर्ष पुगि सक्यो।

गएदेखि न खबर आयो न त कुनै ठाउँको जानकारी।

छोराको कुनै खबर नआएपछि बुढेसकालमा बाबु (ससुरा) खोज्न निस्के। केही समय खोजी गरे पनि पत्तो लागेन।

श्रीमान् भारत जाने बेला लक्षुको ८ महिनाको गर्भ थियो।

छोरा जन्मिएपछि श्रीमान् बेपत्ता भएको पीडा केही कम भयो।

दुई छोरीको बिहे पनि भयो।

जेठी छोरी अमृत खाती र कान्छी जानकी बोहरा बिहेपछि आफ्नो घरबार सम्हालेर बसेका छन्।

बुढेसकालको सहा रा, छोरो हुर्काउँदै गइन्।

१७ वर्ष पुगेका छोरा पदम अचानक बिरामी परे।

उपचार गर्दागर्दै छोराको मृत्यु भएपछि उनको जीवनमा ठूलो बज्रपात पर्यो।

न सम्पत्ति छ न त जीवनको कुनै सहारा।

‘जीवन साथी बेपत्ता भएको २६ वर्ष पुग्यो, छोरो पनि रहेन’, आँसु झार्दै उनले भनिन्।

सोही नगरपालिकाकी लाली विकको पीडा पनि उस्तै छ।

श्रीमान् प्रताप कामको सिलसिलामा भारत पसेको २७ वर्ष बित्यो।

‘सुरुका २÷३ महिना त कुराकानी हुन्थ्यो, त्यसपछि सम्पर्क नै भएन’, उनले भनिन्।

श्रीमान् अझै फर्किने आसमा छिन्। श्रीमान् भारत जाने बेला १ वर्षकी छोरी थिइन्।छोरी सरस्वती २८ वर्षकी भइन्।

‘ श्रीमान् बेपत्ता भएपछि घरपरिवारले नै हिंसा गर्न थाल्यो’, २० वर्षको उमेरमा बिहे गरेकी लालीले भनिन्, ‘हिंसा सहेर भए पनि छोरीलाई पढाएँ।’

उच्च शिक्षा पढाउनकै लागि काम गर्न लेबनान गएको उनले बताइन्।

छोरी लालझाडी गाउँपालिकामा अनमी पदमा जागिरे छिन्।

उनले घरबाट अंशसमेत नपाएको गुनासो गरिन्।

छोरी नै उनको सहारा बनेकी छन्।

लक्षु र लाली प्रतिनिधिमूलक उदाहरण मात्रै हुन्।

कामका लागि भारत गएका सुदूरपश्चिम प्रदेशका सयौं मानिस वर्षौंदेखि बेपत्ता छन्।

उनीहरूबारे अत्तोपत्तो छैन। ती परिवारको बिचल्ली छ।

बेपत्ता भएका परिवारमा न अंशबन्डा हुन सकेको छ न त अन्य कुनै काम।

सामाजिक सुरक्षा भत्तादेखि राज्यबाट पाउनुपर्ने सुविधाबाट समेत उनीहरू वञ्चित हुनुपरेको छ।

मृत्यु भएकाहरूका परिवारले काम गर्न कम्पनीबाट न कुनै क्षतिपूर्ति पाए न राहत नै !‘बेपत्ता भएकाहरू बाँचेकै छन् वा मृत्यु भइसक्यो अवस्था थाहा नहुँदा धेरैको मृत्यु दर्तासमेत भएको छैन’, निड्स नेपालद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना अधिकृत प्रकाश मडैले भने।

परियोजनाको सर्वेक्षणअनुसार कञ्चनपुर र डोटीमा मात्रै २ सय ९ जना वर्षौंदेखि बेपत्ता छन्।

कञ्चनपुरको पुनर्वासमा ३७, महाकाली नगरपालिकामा ५४, डोटीको शिखर नगरपालिकामा सय र केआईसिङ गाउँपालिकाको ६ र ७ नम्बरमा १८ जना बेपत्ता छन्।भा

रतको रोजगारी व्यवस्थित बनाउनेतर्फ राज्यको ध्यान जानु जरुरी रहेको मडैले बताए। कामका लागि भारत गएर वर्षौं देखि बेपत्ता भएका नागरिकको तथ्यांक संकलन गर्नुपर्ने र भारतको रोजगारी सुरक्षित बनाउन राज्यले पहल थाल्नुपर्ने सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका प्राध्यापक दीपकचन्द्र भट्टले बताए।

उनले भने, ‘अब राज्यको ध्यान भारतको रोजगारीलाई पनि श्रमिकका हिसाबले लैजानेतर्फ जानुपर्छ।’

सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरैजसो मानिसको रोजगारीको गन्तव्य भारत नै हुने गरेको छ।

कति नेपाली नागरिक मजदुरीका रूपमा भारतमा काम गर्छन् भन्ने यकिन तथ्यांक राज्यसँग छैन।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...