यसरी पूरा गरिँदैछ आगामी दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य



 

मुलुक संघीयतामा प्रवेश गरेपछि प्रदेशहरूको आर्थिक स्रोतमा सबलता र स्वावलम्बनका विषय उठ्न थालेका छन् । यसका साथै प्रदेशमा जलविद्युृत आयोजना निर्माणको विषयले पनि उत्तिकै चर्चा पाउन थालेको छ । १० बर्षमा १५ हजार मेगावाट जलविद्युत उत्पादन गर्ने घोषणा गरिरहँदा देशमा २८ हजार मेगावाट बढि क्षमताका विभिन्न आयोजना निर्माणका चरणमा छन् ।

 

सरकारले १० बर्षमा १५ हजार मेगावाट जलविद्युत उत्पादन गर्ने घोषणा गरिरहँदा देशमा २८ हजार मेगावाट बढि क्षमताका विभिन्न आयोजना निर्माणका चरणमा छन् । ऊर्जा मन्त्रालय मातहतकै विद्युत विकास विभागले १३ हजार ९ सय ५० मेगावाट क्षमताको विभिन्न आयोजनालाई सर्वेक्षणको अनुमति दिएको छ ।

 

यस्तै, विभागले ४ हजार ४ सय ३० मेवा क्षमताका आयोजनालाई उत्पादन अनुमति दिएको छ । उत्पादन अनुमति दिइएका अधिकांश आयोजनामा निजी क्षेत्रको लगानी रहेको छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईंका अनुसार अझै ५ हजार मेगावाट क्षमताका आयोजना उत्पादन अनुमति लिने तयारीमा रहेको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इपानका अध्यक्ष शैलेन्द्र गुरागाईको भनाई छ ।

 

नेपाल विद्युत प्राधिकरणले विद्युत् खरिद सम्झौता (पिपिए)का लागि समेत प्रतिक्षामा रहेका ती आयोजना सहज वातावरण बन्नेबित्तिकै निर्माणमा जाने तयारीमा रहेका छन् । यस्तै सरकारको बास्केट फण्डमा ३ हजार २ सय ४० मेगावाट क्षमताका आयोजना छन् । ती आयोजनालाई सरकारले प्रतिस्पर्धाका आधारमा निजी ऊर्जा उद्यमीलाई निर्माणका लागि दिने गरेको छ ।

 

सरकारले अध्ययन गरेका आयोजनाको क्षमता १ हजार २ सुय ९४ मेगावाट रहेको छ भने अध्ययन जारी राखेको आयोजनाको क्षमता ५ हजार ९ सय ९ मेगावाट छ । यी सबै आयोजनाको क्षमता २८ हजार ८ सय २३ मेगावाट रहेको छ । नदी बेसिनका आधारमा अध्ययन सरकारले विभिन्न ९ वटा नदी बेसिनका आधारमा जलविद्युत् आयोजनाको क्षमता मापन गरेको छ ।

 

कमला, कन्काई, कोशी, वाग्मती, गण्डकी, राप्ती, बबई, कर्णाली र महाकाली नदी बेसिनलाई जलविद्युत् आयोजनाको क्षमताको उपलब्धताको हिसाबले अध्ययन गरिएको उर्जा मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरे बताउँछन् । उनका अनुसार महाकाली नदी बेसिनमा ६ हजार मेगावाट, कर्णाली, बबई र राप्ती नदी बेसिनमा २५ हजार मेगावाट, वाग्मती र गण्डकी नदी बेसिनमा २५ हजार मेगावाट तथा कोशी, कन्काई र कमला नदी बेसिनमा २५ हजार मेगावाट क्षमताका आयोजना रहेका छन् ।

 

कुन प्रदेशमा कति विद्युत ?

–प्रदेश नं १ मा १२ हजार ९ सय ५३ मेगावाट
–प्रदेश नं २ मा २ सय मेगावाट
–प्रदेश नं ३ मा १२ हजार ६ सय ३१ मेगावाट
–प्रदेश नं ४ मा १० हजार २ सय २८ मेगावाट
–प्रदेश नं ५ मा १४ हजार ३० मेगावाट
–प्रदेश नं ६ मा ११ हजार ८ सय ३ मेगावाट
–प्रदेश नम्बर ७ मा १८ हजार १ सय ४९ मेगावाट

 

प्रदेश नं १ मा हालसम्म २ हजार १ सय ३२ मेगावाट क्षमताका आयोजनाको विद्युत खरिद सम्झौता भएको छ । विद्युत् खरिद सम्झौता भएका आयोजनाको हकमा प्रदेश नं ४ अग्रस्थानमा छ । सो प्रदेशको ३ हजार ३ सय ७३ मेगावाट क्षमताका आयोजनाको विद्युत खरिद सम्झौता भएको छ ।

 

प्रदेश नं ३ मा २ हजार ८ सय ६१ मेगावाट क्षमताका आयोजनाको विद्युत खरिद सम्झौता भएको छ । प्रदेश नं २ मा १८ मेगावाट क्षमताको एउटामात्रै आयोजनाको विद्युत खरिद सम्झौता भएको हो । प्रदेश नं ५ मा ३६ मेगावाट, प्रदेश नं ६ मा ६ सय ४२ मेगावाट तथा प्रदेश नं ७ मा २ सय ४८ मेगावाट क्षमताका आयोजनाको विद्युत खरिद सम्झौता भएको छ ।

 

उत्पादनका हिसावले तेस्रो ठूलो प्रदेश-१

उत्पादनको हिसावले प्रदेश नं १ तेस्रो बलियो प्रदेश हो । उक्त प्रदेशमा निजी क्षेत्रबाट ९७ मेगावाटका १६ वटा आयोजना सञ्चालनमा छन् । र, प्राधिकरणद्वारा सञ्चालित ४८ मेगावाटको एउटा आयोजना छ । यो प्रदेशमा निजी क्षेत्रले चार सय ६ मेगावाटका २४ वटा आयोजना निर्माण गरिरहेको छ ।

 

एक सय ८६ मेगावाटका १६ वटा आयोजनाले भने फाइनान्सियल क्लोजर गर्न बाँकी छ । तथा, प्राधिकरणले अगाडि बढाएका १९ सय ९७ मेगावाटका तीन वटा आयोजनाको पनि फाइनान्सियल क्लोेजर हुन सकेको छैन । उक्त प्रदेशमा निजी क्षेत्रले निर्माण गर्न लागेको १४ सय ४२ मेगावाटका ४५ वटा आयोजना पीपीएको प्रक्रियामा छन् ।

 

जलविद्युतमा संभावना कम भएको २ नं प्रदेश

प्रदेश नं २ मा निजी क्षेत्रले १८ मेगावाटका दुई वटा आयोजना निर्माण गर्न विद्युत् प्राधिकरणसँग खरिद सम्झौता (पीपीए) को प्रक्रिया शुरु भएको छ । तराईको भूभाग रहेकाले पनि उक्त क्षेत्रमा तत्काल जलविद्युत् गृह निर्माण सम्भव देखिँदैन । यो प्रदेशमा २ सय मेगावाट क्षमताका आयोजना निर्माण गर्न सकिने आधार छ ।

 

उत्पादनका हिसावले बलियो प्रदेश ३

उत्पादन भएका हिसाबले दोस्रो बलियो प्रदेश हो, प्रदेश–३ । संघीय राजधानीसमेत रहेको यस प्रदेशमा प्राधिकरणद्वारा निर्मित कुलेखानी जलाशयबाट प्रथम र दोस्रो आयोजना सञ्चालनमा छन् । त्रिशुली, देवीघाट र सुनकोशी आयोजना पनि यसै प्रदेशमा सञ्चालनमा छन् । यस्तै, खिम्ती र माथिल्लो भोटेकोशी आयोजना पनि यसै प्रदेशमा सञ्चालनमा छन् ।

 

यस्तै, प्राधिकरणले नै अगाडि बढाएको कुलेखानी तेस्रो र माथिल्लो त्रिशुली–थ्री ‘ए’ भने निर्माण सम्पन्न हुने चरणमा छन् । र, निजी क्षेत्रले निर्माण गरेका २८ वटा आयोजनाबाट अहिले दुई सय दुई मेगावाट उत्पादन भइरहेको छ । यहाँ निजी क्षेत्रले अगाडि बढाएका ३५ वटा आयोजना निर्माणाधीन छन् । सबैबाट गरी १ हजार २ सय १० मेगावाट उत्पादन हुन्छ । र, प्राधिकरणद्वारा निर्माणाधीन दुई आयोजनाबाट ७४ मेगावाट उत्पादन हुनेछ ।

 

यसै प्रदेशमा हाल प्राधिकरणका नौ आयोजनाबाट एक सय ५८ मेगावाट उत्पादन भइरहेको छ । अहिले आठ सय ४२ मेगावाटका २१ वटा आयोजना निजी क्षेत्रले अगाडि बढाउँदैछ । ती सबैको ‘फाइनान्सियल क्लोजर’ हुन बाँकी छ । प्राधिकरणले अगाडि बढाउन लागेका दुई आयोजनाको पनि ‘फाइनान्सियल क्लोजर’ हुन सकेको छैन । १ हजार ३ सय ३२ मेगावाटका ती आयोजनाले सुखद् भविष्यको संकेत गर्छन् । प्रदेश–३ मै निजी क्षेत्रले ६ सय ६ मेगावाटका ३२ वटा आयोजना निर्माण गर्न चासो बढाएका छन् ।

 

गण्डकी पनि अगाडि

प्राधिकरणका अनुसार गण्डकी प्रदेश विद्युत् उत्पादनका हिसाबले बलियो छ । अहिले उक्त प्रदेशमा प्राधिकरणबाट तीन सय मेगावाटका ६ वटा आयोजना सञ्चालनमा छन् । यस्तै, निजी क्षेत्रबाट २ सय मेगावाटका आयोजना सञ्चालनमा छन् । अहिले निजी क्षेत्रबाट तीन सय ६२ मेगावाटका २६ वटा आयोजना निर्माणाधीन छन् ।

 

यस्तै, अन्य केही निर्माणको चरणमा प्रवेश गर्दैछन् । यहाँ निजी क्षेत्रले निर्माण गर्न लागेको दुई सय ५६ मेगावाटका १७ वटा आयोजनाको भने फाइनान्सियल क्लोजर हुन बाँकी छ । र, २ हजार ६ सय तीन मेगावाटका ६३ वटा आयोजनाको पीपीएको प्रक्रिया निजी क्षेत्रले अघि बढाएको छ । उक्त प्रदेशमा निजी क्षेत्रबाट मात्र ३ हजार ३ सय ७३ मेगावाट उत्पादन हुने देखिन्छ । गण्डकी प्रदेशमा विद्युत प्राधिकरणका दुई वटा आयोजना निर्माणाधीन छन् । दुवैबाट गरी ७४ मेगावाट उत्पादन हुनेछ ।

 

यस्तै, १ हजार ३ सय ३२ मेगावाटका दुई वटा आयोजनाको फाइनान्सियल क्लोजर हुन सकेको छैन । यहाँ अहिले ७० मेगावाटको मध्यमस्र्याङ्दी, ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी–ए, ६९ मेगावाटको मस्र्याङ्दी र १४ मेगावाटको मोदीखोला आयोजना सञ्चालनमा छन् ।

 

मध्यमस्तरको प्रदेश–५

प्रदेश नं ५ उत्पादनका हिसाबले मध्यमस्तरमा पर्छ । यो प्रदेशमा निजी क्षेत्रका ४० मेगावाटका चार वटा आयोजना सञ्चालनमा छन् । प्राधिकरणको भने १५ मेगावाटको एउटा आयोजना मात्रै सञ्चालनमा छ । निजी क्षेत्रले उक्त प्रदेशमा नौ दशमलव ३७ मेगावाटको आयोजना निर्माण गर्दैछ । र, कुल पाँच दशमलव ६८ मेगावाटका पाँच वटा आयोजनाको पीपीएको प्रक्रिया निजी क्षेत्रले बढाएको छ । यहाँको कुल विद्युत उत्पादन क्षमता भने १४ हजार ३० मेगावाटको हाराहारीमा छ ।

 

बामे सर्दै कर्णाली प्रदेश

कर्णाली प्रदेशमा निजी क्षेत्रको तीन दशमलव ७५ मेगावाटको एउटा आयोजना मात्रै सञ्चालनमा छ । यसरी हेर्दा प्रदेश २ र ६ विद्युत् उत्पादनका हिसाबले सबैभन्दा कमजोर देखिन्छन् । यो प्रदेशलाई हिमाल र विकट पहाडी भूभागले ओगटेको छ । सोही कारण उक्त प्रदेशका विकट क्षेत्रमा बिजुली उत्पादन भए पनि तत्काल राष्ट्रिय प्रसारणमा जोडिन सम्भव छैन ।

 

प्रसारणलाइनकै अभाव रहेकाले उक्त प्रदेशमा निजी क्षेत्रको चासो पनि बढ्न सकेको छैन । अधिकांश भूभाग दुर्गम भएकाले उक्त प्रदेशमा हालसम्म जलविद्युतमा ठूलो लगानी भएको पाइँदैन । तीन दशमलव ७५ मेगावाटको एउटा मात्रै आयोजना सञ्चालनमा छ भने ६ दशमलव ३५ मेगावाटका दुई आयोजना निर्माणाधीन छन् । यहाँ प्रदेशमा १९ दशमलव ५५ मेगावाटका तीन वटा आयोजना पीपीएको प्रक्रिया सकेर ‘फाइनान्सियल क्लोजर’को चरणमा छन् । भने ६ सय १५ मेगावाटका चार वटा आयोजनाको पीपीएको प्रक्रिया बढेको छ ।

 

सुदुरपश्चिम जलविद्युतमा धनी

संविधानप्रदत्त संघीय नेपालका सातवटा प्रदेशमध्ये सुदुरपश्चिम प्रदेश जलविद्युतमा सबैभन्दा धनी छ । उक्त प्रदेशको विद्युत उत्पादन क्षमता १८ हजार १ सय ४९ मेगावाट रहेको छ । देशको कूल जलविद्युत क्षमतामध्ये २५ प्रतिशत यसै प्रदेशमा छ । यहाँ निजी क्षेत्रले निर्माण गर्न लागेको १ हजार ४ सय ४२ मेगावाटका ४५ वटा आयोजना पीपीएको चरणमा छन् ।

 

यसै प्रदेशमा प्राधिकरणले हालै निर्माण सम्पन्न गरेको ३० मेगावाटको चमेलिया आयोजना सञ्चालनमा आएको छ । चमेलियाको निर्माण शुरु भएपछि निजी क्षेत्रले पनि उक्त प्रदेशमा लगानी गर्न चासो बढाएको थियो । सोही कारण निजी क्षेत्रका ६ वटा आयोजना निर्माणाधीन छन् । ती सबैको कुल क्षमता ७६ मेगावाट छ घटना र विचारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
मीनबहादुरलाई धन्यवाद भनौं, दानको जग्गा फिर्ता गरौं : एमाले नेता

    व्यापारी मीनबहादुर गुरूङबाट जग्गासहित केन्द्रीय कार्यालय भवन दानमा लिने निर्णयप्रति नेकपा

भूकम्पले ओखलढुंगा, सोलु र संखुवासभामा ६ घर भत्किए

  तिब्बत केन्द्रविन्दु बनाएर बिहान गएको भूकम्पबाट कोशी प्रदेशका हिमाली जिल्लामा प्रभाव परेको

तिब्बतमा भूकम्पमा परेर मृत्यु हुनेको संख्या ५३ पुग्यो

  आजको तिब्बत केन्द्र बनाएर नेपाल, भारत, भुटान तथा बंगलादेशमा कम्प महसुस भएको

भूकम्पमा परेर तिब्बतमा ३६ जनाको मृत्यु

    आज बिहान तिब्बत केन्द्र बनाएर नेपाल, भारत तथा भुटानमा कम्प महसुस