‘साइँली’को पहिलो गीत ‘नाच माया’ सार्वजनिक (भिडियो)



हाम्रो इकोनोमि

 

सुपर हिट गीत ‘साइँली’मा आधारित रहेन निर्माण भएको चलचित्र ‘साइँली’को पहिलो गीत सार्वजनिक भएको छ ।

‘साइँली’ गीतका गायक तथा यस चलचित्रका निर्माता समेत रहेका हेमन्त रानाको जन्मदिनको अवसरमा गीत सार्वजनिक गरिएको हो ।

आइतबार राजधानीमा आयोजित कार्यक्रममा चलचित्रका सम्पूर्ण कलाकारको बिचमा गीत सार्वजनिक गरिएको हो ।

‘नाच माया’ बोलको गीतमा सुशान्त गौतमको सङ्गीत, हर्क साउँदको शब्द तथा गायक हेमन्त रानाको स्वर रहेको छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, गौरव पहारी, मेनुका प्रधान, केनिपा सिंहले नृत्य गरेका छन् ।

भिडियोमा बिहेको माहौललाई देखाइएको छ ।बैदेशीक रोजगारीको कथामा निर्माण भएको चलचित्रलाई समाजिक कथावस्तुलाई पर्दामा उतार्न सफल निर्देशक रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।

https://www.youtube.com/watch?v=XSurIJbKv9Q

चलचित्रलाई गायक हेमन्त राना र नायक गौरव पहारीले मिलेर निर्माण गरेका हुन् ।

कार्यक्रममा हेमन्त उपस्थित नहुदा आफुलाई अधुरो महसुस भएको गौरव बताउछन् ।

‘हेमन्तको आज जन्मदिन , उसलाई उपहार स्वरुप हामीले गीत रिलिज गरेका हौँ ।

हेमन्त नहुदा आधा भएको जस्तो महसुस भइरहेको छ । ’

कार्यक्रममा बोल्दै गौरव भन्छन् ।

हमेन्त हाल अमेरिकामा छन् ।

जिएच इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा दयाहाङ, गौरव, मेनुका, केनिपाको अलावा माओत्से गुरुङ, प्रकाश घिमिरे, अरुणा कार्की लगायतका कलाकारको अभिनय रहेको छ ।

विशाल गुरुङ र मोहन राना मगरको लगानी रहेको साइँलीमा  बिजय अवाले, विकाश पुजास, सुवेच्छा केसी सह निर्माताको रुपमा रहेका छन् ।

भने मणिराम पोखरेल यसका कार्यकारी निर्माता हुन् ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...