मन्त्री बिना मगरले प्रचण्डका ज्वाइँको कुरा नमानेपछि खैलाबैला



हाम्रो इकोनोमि

 

खानेपानी तथा सरसफाइमन्त्री विना मगरले नेकपाका नेता लेखराज भट्टको कुरा नसुनी बिचौलीयाहरूको प्रभावमा पर्दै गएकी छिन् ।

 

खानेपानी संस्थानको महाप्रबन्धक भुपेन्द्रप्रसादलाई भ्रष्टाचारको आरोपमा बर्खास्त गरेपछि मन्त्री मगरले मन्त्रालयका प्राविधिक उपसचिव लीलानाथ ढकाललाई नियुक्त गरेकी छिन् ।

 

भट्टले संस्थानभित्रैबाट महाप्रबन्धक बनाउन सुझाव दिए पनि उनले अटेर गरेको समाचार साँघु साप्ताहिकले छापेको छ ।

मन्त्री बिना मगर पछिल्ला दिनमा भाइकाजी घिमिरे र दाहाल थरका एक पत्रकारको चंगुलमा परी नेतृत्वले दिएको निर्देशन विपरीत चल्ने गरेको आराोप छ । घिमिरेहरूको प्रभावमा परी उनले खानेपानी विभागको महानिर्देशकमा सुनिल दासलाई बनाएकी छिन् ।

 

बिनाका परिवारिक सदस्य नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ जीवन आचार्यले विभागका अर्का सहसचिव मनोज घिमिरेलाई महानिर्देशक बनाउने तयारी गरे पनि बिचौलियाको सल्लाहमा हतार हतारमा दासलाई बनाइन् ।

 

विभागका महानिर्देशक तेजराज भट्टलाई सरुवा गरी दासलाई ल्याएकी हुन् । खानेपानी मन्त्रालयका हरेक निर्यायमा घिमिरेहरूकै सल्लाहमा मन्त्री मगर चल्ने गरेपछि परिवारभित्र पनि उनको कार्यशैलीप्रति असन्तोष छाएको छ ।

 

अस्पतालभित्रै आत्महत्या

 त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज परिसरभित्र एक वृद्धले आत्महत्या गरेका छन् ।

काठमाडौँ महानगरपालिका–३ धारामार्ग बस्ने ७६ वर्षीय कृष्णबहादुर बोहराले आइतबार साँझ झुण्डिएर आत्महत्या गरेका हुन् ।

 

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले अस्पतालभित्रको गणेशमानसिंह नाक, कान, घाँटी रहेको भवन पछाडि रहेको टहरोमा झुण्डिएको अवस्थामा आइतबार राति ८ बजे बोहराको शव फेला पारेको जानकारी दिए ।

 

बोहरा लामो समयदेखि सोही अस्पतालको अक्सिजन प्लान्ट शाखामा कार्यरत भई विसं २०६० मा अवकाश लिएका व्यक्ति हुन् । रक्तचापबाट बिरामी बोहराले के कारणले आत्महत्या गरे भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको वृत्तले जनाएको छ ।

 

सुनसरीमा चल्यो गोली, एकजनाको मृत्यु

प्रहरीको गोली लागेर सुनसरीमा एक व्यक्तिको ज्यान गएको छ । कोसी गाउँपालिकास्थित तस्करले प्रयोग गर्ने रुटमा प्रहरीको गस्तीमाथि गोली प्रहार भएको र त्यसको जवाफी कारबाहीमा एक अज्ञात व्यक्तिको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ । सुनसरी प्रहरी प्रमुख एसपी राजन कार्कीका अनुसार आइतबार राति ८ः२१ बजेको समयमा प्रहरी गस्तीमाथि फायरिङ भएको थियो ।

 

नेपाल–भारत सीमाभन्दा करिब ३ सय मिटर उत्तरतर्फको मुसहरी टोल नजिक घटना भएको हो । एसपी कार्कीले मृतकको पहिचान हुन नसकेको जानकारी दिए । उनका अनुसार गोली लागि मृत्यु हुने व्यक्ति तराई मुलका जस्तो देखिने अन्दाजी ३५ वर्षका छन् । मृतकको साथबाट गोली लोड भएको पेस्तोल फेला परेको र नजिकै लोड भएको अर्को कटुवा पेस्तोल पनि भेटिएको प्रहरीले जनाएको छ ।

 

तस्करहरुले प्रयोग गर्ने रुटमा राति करिब ५ जना हतियार धारी जस्ता देखिने व्यक्तिलाई रोक्न खोज्दा एक्कासी प्रहरीमाथि फायरिङ भएको बताइएको छ । प्रहरीका अनुसार जवाफ कारवाहीमा मारिएका व्यक्तिको कुम, ढाड र पेटमा गोली लागेको छ । मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित विपी प्रतिष्ठान पुया¥इएको छ ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...