मुख्यमन्त्रीले प्रधानमन्त्रीलाई भने आँखामा पट्टी, खुट्टामा डोरी बाँधेर दौड्न सकिदैन



हाम्रो इकोनोमि

 

राजधानी आइपुगेका मुख्यमन्त्रीहरुले केन्द्र सरकारले कानुन निर्माणमा ढिलाइ गर्दा प्रदेशले काम गर्न नपाएको गुनासो गरेका छन् । उनीहरुले दुबै खुट्टा बाँधिदिएर दौडमा भागलिन पठाए जस्तो असजिलो भएको दुखेसो समेत व्यक्त गरेका छन् ।

 

आइतबारदेखि काठमाडौंमा सुरु भएको अन्तरप्रदेश परिषद्को बैठकमा उनीहरुले धेरै ठाउँमा रहेको अवरोध हटाउन केन्द्र सरकारले नसकेकाले प्रदेश सरकार बेकामे भएको आक्रोस व्यक्त गरेका थिए ।

 

आइतबार बोल्ने प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, २ का लालबाबु राउत, ३ का डोरमणि पौडेल र गण्डकी प्रदेशका पृथ्वीसुब्बा गुरुङले कर्मचारी व्यस्थापनको समस्या, प्रशासन सम्बन्धी ऐन नबनेको, वित्त आयोग गठनमा भएको ढिलाई र समग्र विकासको लागि संघले सहयोग नगरेको गुनासो गरेका छन् ।

 

अरुबेला भाषणमार्फत प्रधानमन्त्रीसँग माग राखेकोमा आइतबार सबै मुख्यमन्त्री, केन्द्रका मन्त्री, सचिवहरुसँग गुनासो राखेको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिए । ‘हामीले जुन अपेक्षा गरेका थियौं, त्यो केन्द्रबाट पूरा हुन सकेन भनेर स्पष्ट राख्यौं, उहाँले हाम्रा कुरा सुन्नुभएको खुट्टा बाँधेर दाैडमा जा न भन्नुस भनेर पनि भनेका छाै‌ं राउतकाे भनाइ थियाे ।

 

मुख्यमन्त्रीहरुले प्रदेशमा एउटा पद खडा गरिदिएको तर जिम्मेवारी नपाएको पनि गुनासो गरेका छन् । आफूलाई समस्या पर्दा कहाँ सम्पर्क गर्ने, कुन निकाय जिम्मेवार हुने सबै कुरा अन्योल रहेको उनीहरुको गुनासो थियो । ‘प्रधानमन्त्री हाम्रो अभिभावक हो, अभिभावक भएको नाताले धेरै कुरा राख्यौं, अन्तर प्रदेश समन्वय परिषद्को स्थायी सचिवालयमा हामीले कुरा राख्ने वातावरण बनाउनुपर्छ भन्ने पनि हामीले माग राख्यौं, र आशा छ भोलिसम्म चल्ने बैठकले यी समस्या समाधान गर्न सहयोग पुर्याउँछ’, मुख्यमन्त्री राउतले भने ।

 

प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले सोमबार आफ्ना समस्या राख्ने र अाज नै प्रधानमन्त्रीले जवाफ तथा निर्देशन दिएपछि परिषद्को बैठक सकिनेछ । आइतबारको बैठकमा प्रदेशका सचिव र केन्द्रका विभिन्न मन्त्रालयका सचिवले काम गर्दा भएका अप्ठ्याराका विषयमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
घरायसी र अत्यावश्यक क्षेत्रमा मात्र ग्यास वितरण गर्ने तयारी

     पृथ्वी राजमार्गको कृष्णाभिर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यका...

रसुवाको बाढीमा हालसम्म १ हजार ११४ मृत्यु, ३ हजार ९१६ जना सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १...

देशका विभिन्न सडकको अवस्था यस्तो छ

    नेपाल प्रहरीले लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा राजमार्ग...

भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...