मुख्यमन्त्रीले प्रधानमन्त्रीलाई भने आँखामा पट्टी, खुट्टामा डोरी बाँधेर दौड्न सकिदैन



हाम्रो इकोनोमि

 

राजधानी आइपुगेका मुख्यमन्त्रीहरुले केन्द्र सरकारले कानुन निर्माणमा ढिलाइ गर्दा प्रदेशले काम गर्न नपाएको गुनासो गरेका छन् । उनीहरुले दुबै खुट्टा बाँधिदिएर दौडमा भागलिन पठाए जस्तो असजिलो भएको दुखेसो समेत व्यक्त गरेका छन् ।

 

आइतबारदेखि काठमाडौंमा सुरु भएको अन्तरप्रदेश परिषद्को बैठकमा उनीहरुले धेरै ठाउँमा रहेको अवरोध हटाउन केन्द्र सरकारले नसकेकाले प्रदेश सरकार बेकामे भएको आक्रोस व्यक्त गरेका थिए ।

 

आइतबार बोल्ने प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, २ का लालबाबु राउत, ३ का डोरमणि पौडेल र गण्डकी प्रदेशका पृथ्वीसुब्बा गुरुङले कर्मचारी व्यस्थापनको समस्या, प्रशासन सम्बन्धी ऐन नबनेको, वित्त आयोग गठनमा भएको ढिलाई र समग्र विकासको लागि संघले सहयोग नगरेको गुनासो गरेका छन् ।

 

अरुबेला भाषणमार्फत प्रधानमन्त्रीसँग माग राखेकोमा आइतबार सबै मुख्यमन्त्री, केन्द्रका मन्त्री, सचिवहरुसँग गुनासो राखेको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिए । ‘हामीले जुन अपेक्षा गरेका थियौं, त्यो केन्द्रबाट पूरा हुन सकेन भनेर स्पष्ट राख्यौं, उहाँले हाम्रा कुरा सुन्नुभएको खुट्टा बाँधेर दाैडमा जा न भन्नुस भनेर पनि भनेका छाै‌ं राउतकाे भनाइ थियाे ।

 

मुख्यमन्त्रीहरुले प्रदेशमा एउटा पद खडा गरिदिएको तर जिम्मेवारी नपाएको पनि गुनासो गरेका छन् । आफूलाई समस्या पर्दा कहाँ सम्पर्क गर्ने, कुन निकाय जिम्मेवार हुने सबै कुरा अन्योल रहेको उनीहरुको गुनासो थियो । ‘प्रधानमन्त्री हाम्रो अभिभावक हो, अभिभावक भएको नाताले धेरै कुरा राख्यौं, अन्तर प्रदेश समन्वय परिषद्को स्थायी सचिवालयमा हामीले कुरा राख्ने वातावरण बनाउनुपर्छ भन्ने पनि हामीले माग राख्यौं, र आशा छ भोलिसम्म चल्ने बैठकले यी समस्या समाधान गर्न सहयोग पुर्याउँछ’, मुख्यमन्त्री राउतले भने ।

 

प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले सोमबार आफ्ना समस्या राख्ने र अाज नै प्रधानमन्त्रीले जवाफ तथा निर्देशन दिएपछि परिषद्को बैठक सकिनेछ । आइतबारको बैठकमा प्रदेशका सचिव र केन्द्रका विभिन्न मन्त्रालयका सचिवले काम गर्दा भएका अप्ठ्याराका विषयमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...