निधिलाई लैनचौरबाट आयो यस्तो धम्की



हाम्रो इकोनोमि

 

भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम आगमनलाई लिएर जथाभावी अभिव्यक्ति दिएर विवादमा परेका नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिको क्रियाकलापबाट भारतीय पक्ष अझै पनि सन्तुष्ट हुन सकेको छैन ।

 

केही हप्ता अगाडि बानेश्वरस्थित आफ्नै निवासमा राति आकस्मिक पत्रकार सम्मेलन गरेर योगी आदित्यनाथको विषयमा अन्टसन्ट अभिव्यक्ति दिएका निधिको गतिविधिबाट नेपालका लागि भारतीय राजदूतावासले चासो र चिन्ता देखाएको थियो ।

 

स्रोतका अनुसार निधिलाई भारतीय राजदूतावासका एकजना उच्च अधिकारीले दूतावासभित्रै बोलाएर योगी आदित्यनाथको विरोध गरेको विषयमा जानकारी लिएका थिए ।

त्यस क्रममा निधिले योगी आदित्यनाथको आफूले विरोध नगरेको भन्दै पत्रकारहरुले बङ्ग्याएर समाचार लेखेको स्पष्टीकरण दिएको स्रोतको भनाइ छ ।

 

भारतीय दूतावासभित्रै भएको विश्वप्रसिद्ध तवलावादक उस्ताद जाकिर हुसेनको कार्यक्रममा निधिलाई बोलाइएको थियो । निधि तोकिएको समयभित्र पुगेर पूरै अवधि कार्यक्रम हेरेर बाहिरिएको स्रोतले जनाएको छ । सोही क्रममा निधिलाई भारतीय दूतावासका एक उच्च कर्मचारीले योगी आदित्यनाथको विरोध नगर्न चेतावनी दिएको स्रोतले दाबी गरेको छ ।

 

निधिको गतिविधिले नेपाल र भारतबीच सुमधुर बन्दै गएको सम्बन्धलाई समस्या बनाएको लैनचौरको दाबी छ । निधिले पनि नेपाल र भारतका जनता तथा हिन्दूधर्मालम्बीहरुलाई ठेस पुग्ने गरेर अभिव्यक्ति दिएपछि जनकपुरधामका स्थानीयले चिन्ता जनाएका थिए ।

 

कांग्रेसका उपसभापति निधिले योगी आदित्यनाथलाई राजा फिर्ता गराउन भूमिका खेलेको, हिन्दूराष्ट्रको पक्षमा रहेको जस्ता आक्षेपहरु लगाएका थिए । निधिको आक्षेपपछि भारतीय राजदूतावासले चासो र चिन्ता देखाएको थियो ।

 

भारतीय राजदूतावासले जाकिर हुसेनको कार्यक्रमका लागि निधिलाई निमन्त्रणा पठाएको थियो । दूतावासबाट फोन गरेर ‘तपाई आउनु पर्दैन’ भनेर भनिएको थियो । तर, निधि कार्यक्रमका लागि टुप्लुक्क पुगेको उच्च स्रोतले जनाएको छ ।

 

भारतीय दूतावासको चेतावनीपछि कांग्रेसका उपसभापति निधि गलेका छन् । निधिले धनुषा कांग्रेसका सभापति महेशशंकर गिरीलाई योगी आदित्यनाथको भव्यस्वागतका लागि तयारी गर्न निर्देशन दिएका छन् । पहिला पत्रकार सम्मेलन गरेर योगी आदित्यनाथको विरोध गर्ने निधि एकाएक किन स्वागत गर्ने योजनामा पुगे भनेर सोधिखोजी हुन थालेको छ ।

 

जनकपुरधाममा मंसिर २६ गते विवाह पञ्चमीको भव्य कार्यक्रम हुँदै छ । योगी आदित्यनाथले भारतको उत्तरप्रदेशस्थित राम जन्मभूमि अयोध्याबाट जन्ती लिएर जनकपुरधाममा आउँदै छन् । योगी आदित्यनाथलाई स्वागत गर्न कांग्रेसका उपसभपाति निधि आफै उपस्थित हुने धनुषा कांग्रेसले जनाएको छ ।

खुम्बुमा भारतीय पर्यटकको मृत्यु

खुम्बु क्षेत्रको भ्रमणमा आएका एक भारतीय पर्यटकको मृत्यु भएको छ ।

खुम्बु भ्रमणमा आएका भारतीय नागरिक रविकान्त मिश्रको आइतबार अचानक बिरामी भइ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलखुम्बुले जनाएको छ । रामवेलर्स नेपाल टे«किङ एड्भेन्चर प्रालि नेपालगञ्ज बाँकेमार्फत सगरमाथा आधार शिविर भ्रमणमा आएका ३० वर्षीय भारतीय नागरिक मिश्र शनिबार बेलुकी खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ थुक्लाको याक होटलमा बास बसेका थिए ।

आइतबार एक्कासि बिरामी भएका मिश्रलाई उपचारका लागि ल्याउने क्रममा लुक्लामा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी सहायक निरीक्षक वीरेन्द्र कार्कीले जानकारी दिनुभयो । उनको शव कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि एभरेष्ट एयरको हेलिकप्टरमार्फत आइतबारनै काठमाडाँैको शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...