पत्रकार चौलागाँई सम्मानित



हाम्रो इकोनोमि

रौतहट टाइम्स साप्ताहिक तथा सम्पती मासिकका प्रधान सम्पादक गोबिन्दप्रसाद चौंलागाँइ सम्मानित हुनुभएको छ ।

उहाँलाई पुर्वप्रधान मन्त्री एवं नेकपा वरिष्ठ नेता झलनाथ खनालले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।

पत्रकार चौंलागाँइ नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा प्रेस काउन्सिलका बोर्ड सदस्य समेत हुनुहुन्छ ।

उहाँलाई जनअपेक्षा  सहकारी  संस्था लिमिटेडको वार्षिक उत्सवको अवसरमा  नेपालको प्रशासनिक पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै सम्मान पत्र सहित सम्मानित गरिएको बताइएको छ ।

कार्यक्रममा  पुर्व अर्थमन्त्री भरतमोहन अधिकारीलाई समेत आर्थिक क्षेत्रमा विशिष्ट योगदान पु¥याएको भन्दै सम्मान गरिएको थियो ।

कार्यक्रममा ठूलो संख्यामा बिशिस्ट ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो । सम्मानित हुनेमा  चौलागाँइका अतिरिक्त पुर्व अर्थमन्त्री भरतमोहन अधिकारी, खगेन्द्र अधिकारी लगायतका व्यक्तित्वहरु हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...