निर्मला प्रकरण–‘मुख्य अभियुक्त’ बनाइएकाहरू घटनाको दिन प्रहरी हिरासतमै रहेको खुलासा



हाम्रो इकोनोमि

 

प्रहरीले मुख्य शंकास्पद ठानेका प्रदिप रावल, बिशाल चौधरी र दिनेश चौधरी निर्मला पन्तको बलात्कार पछि हत्याका दिन फरक समयमा प्रहरी नियन्त्रणमै रहेको खुलेको छ ।

 

घटनास्थल क्षेत्रमा रहेको कुखुराको मासु पसलमा साउन ९ गते चोरी भएको घटनामा तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । निर्मला पन्त साउन १० गते बिहान ११ बजे घरबाट निस्केकी उनी बेपत्ता भएकी थिइन् । त्यसको भोलिपल्ट बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

 

कञ्चनपुरको ईलाका प्रहरी कार्यालय सालघारीले साउन १० गते बिहान प्रदिप रावललाई नियन्त्रणमा लिएर केही समयको सोधपुछपछि छाडिएको प्रहरी रेकर्डले देखाएको छ । उनकै बयानका आधारमा चोरी अभिायेगमा सोही साँझ बिशाल र दिनेश चौधरी पक्राउ परेका थिए । उनीहरु दुवैलाई ईलाका प्रहरी कार्यालय सालघारीले वडा प्रहरी कार्यालय महेन्द्रनगरमा बुझाएको थियो ।

 

दुवै जनालाई साउन ११ मा आफन्तको जिम्मा लगाएर पठाइएको थियो । कञ्चनपुरका प्रहरी उपरीक्षक कुबेर कठायतले रावल र चौधरीद्वय थुनामा रहेको रेर्कड रहेको बताए । उनकाअनुसार प्रदिपलाई प्रहरीले चोरी कार्य नगरी सुध्रनका लागि सम्झाई बुझाई पठाएको थियो ।

 

केन्द्रीय अनुसन्धान ब्युरोको निर्देशनमा महानगरीय प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा रहेका प्रदिप रावलले गाँउलेहरुसँग निर्मलाका विषयमा भनेको विषयले उनलाई प्रहरीले अनुसन्धानमा तानेको हो ।

 

मोबाइलको लोकेशन, सोधपुछ र उनको भूमिकाले प्रहरी यसपटक सफलता हात लाग्नेमा सकारात्मक देखिएको थियो । प्रारम्भिक बयानमा उनका कुरा शंकास्पद देखिएको प्रहरी भनाइ छ ।

 

उनले गाँउलेसँग आफू निर्मलाको प्रेमी भएको बताउने गरेको र घटनाका दिन उनको मोबाइल घटनास्थलमा सक्रिय रहेकाले प्रहरीको अनुसन्धान सूई उनमा गएर रोकिएको थियो । उनीहरूको बयानमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफैँ उपस्थित भएका थिए ।

 

ब्यूरोले प्रदिपको बयानपछि महेन्द्रनगर भगतपुरका दिनेश चौधरी र विशाल चौधरीलाई नियन्त्रणमा लिएको हो

 

धर्ती नफाटुन्जेल सहिराख : ती दाइ भनाउँदा ब्यक्ति निद्रामै रहेकी मेरो स्तन अँठयाइरहेका रहेछन

निर्मला मरेरै गइन्, तैपनि न्याय यस्तो महँगो छ कि उनको मृत्युले पनि त्यसको मूल्य चुकाउन सकेन । अब सीताको मात्रै हैन, पञ्चकन्याको पनि कहानी सुनाऊँ ।

 

यी पाँच कन्या (अहिल्या, द्रौपदी, कुन्ती, तारा र मन्दोदरी) न हाम्रो पारम्परिक हिसाबमा कुमारी थिए, न नै आफ्नो नियतिका मूकदर्शिका । यी सबै महिलाको आफ्नो लोग्नेबाहेकको परपुरुषसँग संसर्ग थियो । सीता त एकपुरुषा थिइन् । उनलाई किन पञ्चकन्या म राखिएन ? कौमार्य भनेको के हो ? पाँच लोग्नेकी पत्नी द्रौपदी कसरी कुमारी भइन् ?

 

म पुगनपुग तेह्र वर्षकी थिएँ । दसैंको बेला थियो, मामाघरमा ठूलो गलैंचामा बसेर बाबा, दादाहरू तास खेल्दै हुनुहुन्थ्यो । जितौरी लिन भनेर म पनि खाटमाथि बसेर खेल हेर्दै थिएँ । मेरो मामा पर्ने एक व्यक्ति पनि मसँगै आएर खाटमा बस्नुभयो । त्यसो त ती मामाकहाँ आउजाउ भइराख्ने हुनाले उनी नजिक आएको मैले अप्ठयारो पनि मानिनँ ।

 

खेल रोमाञ्चक भइरहेको थियो, म म्यारिज खेल राम्ररी बुझ्दिनथें । ट्रायल, सिक्वेन्स नाम त थाहा थियो तर, केलाई के भन्छन्, जहिले पनि झुक्किन्थें । एकचित्त भएर खेल हेर्दाहेर्दै एउटा भारी हत्केला मेरो नितम्बमा आएर बस्यो । मैले पुलुक्क मामातिर हेरें; उनको हात मेरो तिघ्रामा भए पनि आँखा भने खेलमै थियो ।

 

अलि असजिलो मानेपनि ‘सायद वात्सल्यले होला’ भनी म फेरि खेलतिर लागें । उनका सर्पजस्ता हात सल्बलाउँदै मेरा अविकसित स्तनमा पुगे । मलाई असाध्य डर लागेर आयो । उनले मेरो कमिलाका घरजस्ता ससाना स्तन माडे ।

 

म जुरुक्क उठेर पूजाकोठामा गएँ । मुटु ढुकढुक भइरहेको थियो, आँखाबाट बलिन्द्र आँसुका धाराहरू खसे, अस्ति मात्रै त हो, त्यही बैठक कोठामा आठवटी नवबालिकासँग मेरो पनि पूजा गरिएको । पूजाकोठामा दिउँसो कोही आउन्नथ्यो । घण्टौंसम्म म पूजाकोठामै रोएर बसिरहें ।

 

छाती निमोठेको त दुख्न छाडिसकेको थियो तर भित्र कतै आँत दुखिरहेको थियो । राति आक्रोशमा मैले मामू र बाबा दुवैलाई मामाको पोल लगाएँ । उहाँहरूले मलाई सम्झाउनुभयो । भन्न त धेरै कुरा भन्नुभयो तर तिनको सार थियो, एकचोटिलाई माफ गरिदिनू । त्यस दिनपश्चात् मैले ती मामालाई कहिल्यै भेटिनँ । मलाई दसैं पनि सधैं नमीठो लाग्छ ।

 

म बीस वर्षकी थिएँ । घरमा ठूलो अड्डी लिएर आफ्नो पत्रकार बन्ने इच्छा पूरा गर्न म आफ्नो घर धरानबाट काठमाडौं आएकी थिएँ । बिहानै रत्नराज्य क्याम्पसमा पत्रकारिता पढ्थें, दिउँसो एक अंग्रेजी पत्रिकामा रिपोर्टर थिएँ । भर्खर प्वाँख लागेका बचेराभैंm मलाई निरालम्ब आकाशको स्वतन्त्रताले लोभ्याउँथ्यो ।

 

तिनताका म ओशो पनि पढ्न थालेकी थिएँ । सुदूर गगनमा एक्लै, कसैले पनि नछोएको कञ्चन, निरञ्जन पाटोमा एक्लै विचरण गर्ने सपना देख्थें । म जो काकाकाकीको घरमा बसेकी थिएँ, त्यहीं एउटा छिमेकी पत्रकार दाइ थिए जो ओशो पढ्ने गर्थे । दाइका दुई छोराछोरी र उनकी श्रीमती पनि मेरा लागि आफ्नै परिवारसरह थिए । साँझमा कहिलेकाहीं दाइ र म ओशो बिचारमा गफिन्थ्यौं ।

 

घुमीफिरी फेरि दसैं आयो । मामू दिनहुँजसो फोन गरेर ‘कहिले घर आउने ? बसको टिकट काटिहाल्, पाइँदैन’ भनेर भन्नुहुन्थ्यो । पत्रकारिता पढ्न थालेदेखि त दसैंतिहार जस्ता पर्वका छुट्टीहरूमा ‘यस्तो मेधावी भएर किन पत्रकारिता पढेको ?’

 

भन्ने प्रश्नको सामना आफन्तहरूबाटै गर्नुपथ्र्यो । उत्तर दिंदादिंदा झर्को लाग्थ्यो । अनि दसैंको टीका थाप्ने बेलामा पनि मेरो बीडीएस पढ्ने दाजुलाई ठूलो मान्छे बन्नू भनेर आशिष दिन्थे र मलाई सान्त्वना दिंदै ‘एमए गर्नू, राम्रो दुलहा पाउनू ।’ भनेर भनिन्थ्यो । मेरो निजत्व कहिल्यै पनि मूल्यवान् थिएन । राम्रो दुलहा पाएको खण्डमा सायद मैले पूर्णता प्राप्त गर्ने थिएँ । यस्ता आशिषले मेरो एक्लै विचरण गर्ने सपनालाई अझ प्रबल बनाउँथ्यो ।

 

मन नलागे पनि दसैंमा घर जानैपथ्र्यो । काकीले भन्नुभयो, ‘एक्ली छोरी मान्छे, कहाँ नाइट बसमा जाने ?’ कामविशेषले मेरो छिमेकी दाइ पनि त्यही दिन जाँदै हुनुहुँदोरहेछ, काकीले उहाँसँगै टिकट काट्न भन्नुभयो । सायद ती दाइले नै टिकट काट्नुभयो क्यार ।

 

निर्धारित दिनमा हामी बसमा चढ्यौं । क्याबिनको सिट थियो, म भित्तापट्टि बसेकी थिएँ । गाडी एकतमासले गुडिरहेको थियो । अस्ताउँदो घामले आकाश रक्तिम बनाएको थियो । हामीले नौबिसे काटयौं । गाडीले रफ्तार लिंदो थियो, मेरा आँखा भारी हुँदै गए । कतिखेर निद्रा परेछ, थाहै भएन । निद्रामै सनासोले छातीमा अँठयाएभैंm भएर ब्युँझिएँ ।

 

कालो, नि:स्तब्ध रात थियो । क्याबिनको बत्ती पनि निभेको रहेछ । ती दाइ भनाउँदा ब्यक्ति निद्रामै रहेकी मेरो स्तन अँठयाइरहेका रहेछन् । मैले झट्कारेर उनको हात फालिदिएँ । रुन मन लागेर आयो, रातभर म हत्केलाले स्तन समातेर रोइरहें । उसले ओशोका पुस्तक पढेर सामाजिक रुग्णताका बारेमा गरेका कुराहरू याद आइरहयो ।

 

बस अपरिचितहरूले भरिएको थियो र म आफ्नै रक्षक भनिएकाद्वारा अँठयाइएकी थिएँ । बिहानीपख उसले मलाई एक प्याकेट ग्लुकोज बिस्कुट किनेर दियो । मैले त्यो बिस्कुट सडकमा फयाँकिदिएँ । ऊ धरानभन्दा केही स्टेसन अघि ओर्लियो । म घर गएँ । मामूलाई भनौं कि जस्तो लागेको थियो, फेरि त्यो मामाको काण्ड सम्झिएँ । बारम्बार माफ गरिराख्ने तागत थिएन ममा ।

 

त्यो वर्ष पनि मलाई राम्रो दुलहा मिलोस् भनेर आशिष दिए । पछि मैले त्यो कुरा मेरी काकीलाई चाहिँ भनें । काकीले सो व्यक्तिको श्रीमतीसँग गुनासो गर्नुभएछ । तिनले उल्टै रडाको मच्चाएर भनिछिन्, ‘मेरा दुलहा राम्रा मानिस हुन् । बरु रातिराति कामबाट फर्कने, ओशोका किताब पढ्ने तिम्रै भतिजीले उक्साइन् होला ।’
***

 

हिजोआज बलात्कारसम्बन्धी थुप्रै लेखहरू आइरहेका छन् । ममाथि जुन घटना भयो, त्यसलाई पारिभाषिक रूपमा बलात्कार भन्न मिल्दैन । तर, तत्पश्चात् मेरी आमा र सो व्यक्तिकी श्रीमतीले जुन तवरले ती घटनाहरूलाई सामान्यीकरण गरे, त्यही सामान्यीकरणले जन्म दिन्छ ‘रेप कल्चर’ वा बलात्कारको संस्कृतिलाई ।

 

बलात्कारलाई निर्मूल पार्न पहिला यो संस्कृतिलाई बुझ्न जरुरी छ । कतिपय महिलावादी चिन्तकले रेप कल्चरलाई पुँजीवादको उपज ठानेका छन् । यस्तो संस्कृति जहाँ एउटा कार बेच्नलाई अर्धनग्न स्त्रीलाई प्रयोग गरिन्छ, परोक्षमा त्यहाँ स्त्रीलाई पनि कारभैंm विलासिताको साधनका रूपमा उभ्याइन्छ ।

 

आफ्नो कारलाई जति दौडाए पनि, जति ठोके पनि कारको न त पीडा महसुस गर्ने क्षमता हुन्छ, न नै प्रतिकार गर्ने अधिकार । रेप कल्चरले महिलालाई यस्तै भावशून्य, अधिकारहीन विलासिता साधनका रूपमा मात्र हेर्न प्रेरित गर्छ । यसैबीच मैले बलात्कार प्रवृत्तिलाई रोकथाम गर्न यौनकर्मलाई कानुनी मान्यता दिनुपर्छ भन्ने तर्कहरूपनि सुनें । यदि यो समाधानको आशयलाई मान्ने हो भने बलात्कार यौन कुण्ठाको उपज हो ।

 

केवल कामरोषको स्खलनले बलात्कार हुनबाट बचाउँछ । तर, यहाँ बुझ्नुपर्ने कुरा के छ भने बलात्कार काम आवेगको मात्रै विषय होइन । बलात्कार शक्तिको दुरुपयोग हो । महिलाको शरीरमा आधिपत्य जमाउन गरिने हिंसा हो ।

 

यो यौनिक मात्र नभई राजनीतिक अतिक्रमण पनि हो । मलाई यौनकर्मीसँग कुनै पूर्वाग्रह छैन । वास्तवमा भन्ने हो भने अस्पसिया (जो सुकरातकी समकालीन थिइन्) ले भनेकी छन्, ‘यदि महिलाले साँच्चै ज्ञानको अन्वेषण गर्ने हो भने उनी घरको चौखटमा बाँधिनु हुँदैन ।’ अस्पसिया आपैंmमा एक वेश्या थिइन् र, सुकरात उनका एक शिष्य थिए ।

 

यदि वेश्यावृत्तिलाई बलात्कारको समाधानको रूपमा उभ्याइने हो भने यसलाई कानुनी मान्यता दिएर मात्रै हुँदैन, वेश्याहरूलाई थेरापिस्टको दर्जा दिइनुपर्‍यो । उनीहरूलाई आदर र सम्मान दिइनुपर्‍यो ।

 

हो, यदि अस्पसियाजस्ता नारी, जसले आफ्नो यौनिकतालाई पिता वा पतिको सम्पत्ति नठानी आफ्नो स्वायत्ततामा बाँच्ने नारीलाई सुकरातले भैंm आदर गर्ने हो भने बलात्कारको मानसिकता क्षीण होला ।

 

तर, अहिलेको हाम्रो समाजमा अस्मिता, स्वाभिमान, आत्मसम्मान— यी विषयमा प्रतिकार गर्ने अधिकार पनि हुँदैन एक वेश्यालाई । जुन समाजमा कुनै कुनामा कोही महिला कसैको यौन वासना पूरा गर्ने खेलौनाका रूपमा हेरिन्छ, त्यहाँ बलात्कार संस्कृतिको जड बलियै हुन्छ । जबसम्म कुनै पनि नारीलाई आफ्नो तुष्टि पूरा गर्ने वस्तुका रूपमा हेरिन्छ, ठान्नुहोस्, तपाईंकी छोरी पनि सुरक्षित छैन ।

 

जहाँसम्म दण्ड दिने सवाल छ, त्यो त तब सम्भव छ, जब पीडितले आफू बलात्कृत भएको बताउन सकून् । हाम्रा धर्म ग्रन्थमा बारम्बार, अनेकन कोणबाट महिलालाई एक व्यक्ति नभई सम्पत्तिका रूपमा चित्रण गरेको मैले पाएकी छु ।

 

उदाहरणको रूपमा जानकीलाई नै लिउँm । मैथिलीमा सीतालाई ‘जन्म दुखिनी’ का नामले पनि जानिन्छ । भारतीय लेखिका नवनीता देव सेनले सीतालाई एक आलेखमा आजन्म अनाथका रूपमा देखाएकी छन् ।

 

एक मराठी लोककथामा विलौना गर्दै सीता भन्छिन्, ‘ए आरुका रूख, ए बुलबुल चरा के साँच्चै मेरा कोही नाथ छन् ? सानैमा विवाह गरेर जनकले रामलाई मेरो जिम्मा लाइदिए । रामकी छाया बनेर उनीसँगै वनवास गएँ । रावणले मलाई हरेर लगे, अग्निपरीक्षा मेरो मागियो । मैले परीक्षा दिएँ । फेरि दुई जीउकी हुँदा रामले मलाई अपवित्रा भनेर त्यागिदिए ।

 

वनमै मेरा छोराहरू जन्मिए । राम फेरि मलाई लिन आए तर अर्को अग्निपरीक्षाको सर्तमा । म आगोमा बसें, शरीर त मेरो जलेन । म निष्कलुष थिएँ । तर, मेरो आत्मा पोलिरहेको थियो । परीक्षापछि रामले मलाई रानी स्विकारे तर के थाहा, भोलि सनक चढेर फेरि मेरो परीक्षा मागिएला । बरु यस्ता परीक्षा दिंदै सतीत्व प्रमाणित गर्नुभन्दा म धर्तीमै बिलाउँछु ।’ वास्तवमा भन्ने हो भने म आज पनि नेपाली नारीहरूलाई सीताभन्दा फरक पाउँदिनँ ।

 

हामीले जानेर वा नजानेर आफ्ना छोरीहरूलाई स्वावलम्बीभन्दा परलम्बी बनएर हुर्काइरहेका हुन्छौं । मनुस्मृतिमा त श्लोक नै छ— ‘पिता रक्षति कौमारे, भर्ता रक्षति यौबने, रक्षत स्थाविरे पुत्रा: न स्त्री स्वातन्त्र्यमर्हति ।’ अर्थात्, बाबुले कौमर्यको रक्षा गर्छन्, यौवनको श्रीमान्ले र प्रौढ अवस्थामा छोराले । नारी स्वतन्त्र कहिल्यै हुँदिनँ ।

 

तर, यहाँ विडम्बना के छ भने धेरैजसो महिला, बालिका आफ्नै आरक्षक मानिएकाद्वारा प्रताडित हुन्छन् । जब कोही आरक्षिता आफ्नै आरक्षकबाट पीडित हुन्छिन् उनलाई लाग्छ, सो हिंसाको कार्य अन्याय नभई उनको नियति हो ।

 

यो संरचनाले छोरीहरूलाई एक त आफूमाथि हिंसा भएको बोध हुन दिँदैन र, अर्को अन्यायविरुद्ध मुखर हुनभन्दा ‘मूक’ हुन सिकाउँछ । ज्वाइँले दिनहु कुटेको थाहा पाएर पनि हामी हाम्रा छोरीहरूलाई ससुरालीलाई रिझाउनु नै नारीको कर्तव्य हो भनेर सुझाउँछौ । सीता त एक मिथ हुन् । उनको विम्बलाई हाम्रा छोरीमाथि आरोपित गरेर उनलाई धर्ती नफाटुन्जेल सहिराख भनेर सिकाउँछौं ।

 

झट्ट सुन्दा अतिशयोक्ति लागेतापनि बलात्कार संस्कृतिले यस्तै मनोवृत्तिलाई बढावा दिइराखेको हुन्छ । ती मामा, ती दाइपछि पनि ठुलो सहरमा स्वतन्त्र हुने सपना पालेर घर छोडेर आएकी एक्ली स्त्रीका नाताले म कतिपटक आफ्ना आरक्षक मानिएकाद्वारा आघातमा परिरहें । तर, ती दुई घटनाले मेरो मुख बुजो लाइदिए । त्यसपछि मैले आफू प्रताडित भएका कुराहरू भन्नै छाडें ।

 

कसलाई भन्ने ?
मलाई आज लाग्छ— जनक र रामले चाहेर पनि सीतालाई लोकलाजका कारण दिन सक्तैनन् । तर, मलाई सीताजस्तो धर्तीमा लीन हुने नियति स्वीकार्य छैन । कसैकी छोरी, श्रीमती वा बुहारीभन्दा पनि आज मलाई ‘व्यक्ति’ हुन मन लाग्छ । आत्मरक्षा मेरो अधिकार हैन र ? किन मलाई कसैले यो कुरा सिकाएन ।

 

तर, स्वरक्षित बन्नलाई आँट भएर मात्रै पुग्दैन— माइती र ससुरालीको चौघेराबाट निस्किएर आफैं स्वाबलम्बी नबनुन्जेल, वकिललाई दिने शुल्क साथमा नहुन्जेल, घरबाट निकालिए बस्ने आफ्नै ठाउँ नहुन्जेल, समाजले लाञ्छना लगाए पनि स्वाभिमानका निम्ति अर्थपूर्ण पेसा नहुन्जेल न्याय माग्न सजिलो छैन ।

 

भर्जिनिया उल्फले आफ्नो पुस्तक ‘रुम अफ वान्स ओन’ मा लेखेकी छन्, ‘जबसम्म महिलाको स्वतन्त्र आय हुँदैन, उनको आफ्नै कोठा हुँदैन, महिला स्वाधीन हुन सक्तिनन् ।’ वास्तवमा भन्ने हो भने छोरीहरूको आफ्नो घर नै हुँदैन ।

 

माइतीमा सधैं अर्काको घर जाने जात भनेर हेरिन्छ, ससुरालीमा ऊ सधैं अर्काकी छोरी रहन्छे । र, यी दुवै घरमा सतीत्व नष्ट हुनेबित्तिकै उसको स्थान पनि दोस्रो दर्जाको हुन्छ । यस्तो माहोलमा जहाँ पीडकले हैन, पीडितले लज्जाबोध गर्नुपर्छ— कति छोरीहरूले म बलात्कृत भएँ भन्ने आँट जुटाउन सक्लान् ?

 

निर्मला मरेरै गइन्, तैपनि न्याय यस्तो महँगो छ कि उनको मृत्युले पनि त्यसको मूल्य चुकाउन सकेन । जीवित नारीलाई त मूल्य अझै चारको छ । त्यसैले छोरीहरूलाई छोराभन्दा बढी स्वावलम्बी बनाऊ । आर्थिक रूपमा मात्रै हैन, मानसिक रूपमा पनि । सीताको मात्रै हैन, पञ्चकन्याको पनि कहानी सुनाऊ ।

 

यी पाँच कन्या (अहिल्या, द्रौपदी, कुन्ती, तारा र मन्दोदरी) न हाम्रो पारम्परिक हिसाबमा कुमारी थिए, न नै आफ्नो नियतिका मूकदर्शिका । यी सबै महिलाको आफ्नो लोग्नेबाहेकको परपुरुषसँग संसर्ग थियो । सीता त एकपुरुषा थिइन् । उनलाई किन पञ्चकन्या म राखिएन ? कौमार्य भनेको के हो ? पाँच लोग्नेकि पत्नी द्रौपदी कसरी कुमारी भइन् ?

 

यी पाँचै महिलाले पत्नी छँदाछँदै पनि आफ्नो निजत्वलाई, व्यक्तित्वलाई अक्षुण्ण राखे । कहिल्यै स्वनिर्णयको अधिकार हनन हुन दिएनन् । उनीहरूको कौमार्य योनीको थिएन, व्यक्तित्वको थियो । तर, कौमार्यको यौनसँग कुनै सम्बन्ध छैन । मेरो कौमार्य, मेरो व्यक्तित्व, मेरो स्वाभिमानको पर्याय हो । कुनै पुरुषले बलजफ्ती गर्दैमा न यो कौमार्य लुटिन्छ, न म बिटुलिन्छु । जिन्दगीसँग जुझेर म अझ निखारिएकी छु, मेरो कौमार्य अझ प्रखर भएको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...