लेखराज भट्टलाई डोटीमा कालो झण्डा



हाम्रो इकोनोमि

 

नेकपाका स्थायी समिति सदस्य तथा पुर्व मन्त्री लेखराज भट्टलाई उनको पुर्खौली जिल्ला डोटीमा कालो झण्डा देखाइएको छ । पर्याप्त सम्भावना, पर्याप्त पुर्वाधार, प्रदेशको केन्द्र विन्दु लगायतका धेरै सम्भावना भएको साविकको क्षेत्रीय सदरमुकाम दिपायलबाट जंगलमा राजधानी सारेको भन्दै कालो झण्डा देखाइएको हुन् ।

 

सहिद स्मृति आवासीय बिद्यालयको कार्यक्रमका लागि डोटी पुगेका भट्टलाई नेबिसंघ, नेपाल तरुण दल तथा लेखक संघको संयूक्त टोलीले आईतवार कालो झण्डा देखाएको हो । जिम्मेवार नेतृत्वबाट डोटीका विरुद्धमा गैर जिम्मेवारी र तथ्यहिन अभिव्यक्ति दिदैं गोदावरीको जंगलमा राजधानी सारिनु र प्रदेशको नाम सुदूरपश्चिम राख्नु आपत्ति जनक कुरो हो ।

 

नेबिसंघका पुर्व केन्द्रीय सदस्य विजय ओझाले भने,‘डोटीबाट राजधानी खोस्ने, यहाँका जनताको अधिकार खोस्ने जो कोहीकाबिरुद्ध नेबिसंघ सधैंभरी लागी रहनेछ ।

 

पुर्व मन्त्री भट्टले डोटी बिरोधी कार्य गरेको भन्दै नेबिसंघले नाराबाजी सहित प्रदर्शन गरेको थियो । कैलालीको अत्तरिया निवासी तत्कालिन माओवादी केन्द्रका नेता भट्ट अत्तरियाको गोदावरी जंगलमा राजधानी बनाउने मुख्य योजनाकार हुन् । उनको पुर्खौली घर भने डोटी हो ।

 

यसअघि नेता भट्टले डोटीमा १०-१५ जना बस्नका लागि पनि ठाउँ नभएको भन्दै सञ्चार माध्यममा अन्तरवार्ता दिएपछि डोटीमा भट्टको पुत्लादहन समेत गरिएको थियो । डोटीका बिरुद्धमा प्रदेशमा मत हाल्ने नेता, मुकदर्शक बनेर बस्ने डोटीबाट निर्वाचित सांसद लगायत सबैलाई कालो झण्डा देखाइने, डोटीमा रोक लगाउने, टिन बजायर भगाउने जस्ता योजनाहरु बनाइएको नेपाल तरुण दलका नगर सभापती लालबहादुर कठायतले बताए ।

 

दिपायलबाट राजपुरसम्म प्रदर्शनकारी चढेर गएको शैलेश्वरी यातायात व्यवसायी समितिको से १ ज ५३१ नम्बरको जीप प्रहरीले एक घण्टा नियन्त्रणमा लिइ छोडेको छ । प्रदर्शनकारी बोकेर ल्याएको आरोपमा प्रहरीले उक्त जीप नियन्त्रणमा लिएको जनाएको छ  ।

जनताले शान्तिपुर्ण तरिकाले प्रदर्शन गर्न पाउँने, बिरोध गर्न पाउँने प्रजातान्त्रीक हकको सरकारले हरेक ठाउँमा दमन गर्दै प्रति नेपाली कांग्रेस डोटीका सदस्य जित खड्काले आपत्ति जनाएका छन् ।

गृहमन्त्रीले राजिनामा दिनुपर्छ : नेतृ धना खतिवडा

महिलाहरु माथि हत्या, हिंसा, बलात्कारका घटना दिनानुदिन बढिरहदाँ पनि सरकार कानमा तेल हालेर बसेकोले शान्ति सुरक्षा दिन नसक्ने गृहमन्त्रीले तुरुन्त राजिनामा दिनुपर्ने आवाज उठेको छ ।  महिला हिंसा बिरुद्ध १६ दिने अभियान अन्तर्गत आइतबार रिपोर्टस क्लवमा बोल्दै नेपाल महिला संघकी महासचिव धना खतिवडाले शान्ति सुरक्षा दिन नसक्ने गृहमन्त्रीको राजिनामा माग गरेकी हुन् ।

 

 निर्मलाको बलात्कार पछि हत्या भयो । बलात्कारीलाई संरक्षण गर्न राज्य संरचना नै लाग्यो । अर्कोतर्फ अपराधी लुकाउन प्रशासन यसरी लाग्यो : भएका प्रमाण नष्ट गर्‍यो, मानसिक सन्तुलन गुमाएका दिलिपसिंह बिष्टलाई नक्कली अभियुक्त खडा गर्‍यो। अहिले फेरी हत्यारा पत्ता लाग्यो भन्दै सामान्य चार जना युवाहरु पक्रिएको छ ।

 

मानौ यिनीहरु हत्यारा नै हुन् । यति सामान्य परिवारका युवाहरुलाई जोगाउन प्रहरी प्रसासन र राज्य सत्ता पुरै किन लागेको त ? यिनीहरुलाई हत्यरा प्रमाणित गर्दै गर्दा यिनीहरुको राज्यसत्तासगको घनिष्ट सम्बन्ध के थियो । बिगतमा  उनीहरुलाई जोगाउन यो सरकार किन लम्पसार परेर लागेको त भन्ने प्रश्नको उत्तर समेत आम नागरिकले चाइरहेका छन् उनले भनिन् ।

 

प्रधानमन्त्रीले कम्युनिष्ट सरकार आएपछि १०, ११ बजेसम्म पनि एक्लै हिड्न सक्छन भनेर भोट मागेका थिए । आज काखे बालिकादेखी ७० बर्षका बृद्धासम्म समाजमा दिनै बलात्कार र हत्याका घटनाले यो सरकारलाई गिज्याइरहेको छ ।

 

विभिन्न गैरसरकारी संस्थाहरुको प्रतिवेदन अनुसार ७३ प्रतिशत महिलाहरु घरेलु हिंसाबाट पीडित रहेको भयाभव स्थिति सार्वजनिक भएको छ । घरघरबाट चेतना अभियान सुरु गर्नु पर्नेमा सरकार किन सुतिरहेको छ । देशमा सरकार भएको अनुभुति महिलाले किन गर्न पाएका छैनन् ?

 

घरेलु हिंसामा हत्या, हत्या प्रयास, आगो लगाएर जिउँदै जलाउने, आत्महत्याका लागि बाध्य बनाउने साथै यातना, कुटपिट, अंगभंग हुनबाट हाम्रा दिदी बहिनीले कहिलेबाट मुक्त होलान सरकार ? न्यायका लागि टासिएका निर्मलाका पोष्टर प्रहरी प्रशासन लगाएर च्यात्नुको नियत के ? पाँच महिना सम्म पनि निर्मलाको हत्यारा खोइ भन्दै नागरिक सडकमा छन् ।

 

कहिले को त कहिले को नक्कली अपराधी खडा गरेर सरकार आन्दोलन दवाउन लागिपरेको छ । अझै पनि देशमा दण्डहिनता मौलाइरहने र महिना लगायतको सुरक्षामा सरकार नलाग्ने हो भने सडक देखि सदन सम्म नेपाल महिला संघले दवाव मुलक आन्दोलन गर्दै जाने महासचिव खडिवडाले बताइन् ।

प्रतिक्रिया दिनुहोस
सरकारले फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

    यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक यातायातको भाडा...

आज ४ बजे देखि भोलि बिहान ६ बजे सम्म तीव्र गतिको हावाहुरी चल्ने

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज हावाहुरी सुरु...

देउवा पक्ष कांग्रेसको भेलामा को–को पुगे ?

    नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समूहको बैठक जारी छ...

वाणिज्य बैंकहरुको नाफा ४९ अर्ब २१ करोड, सबैभन्दा बढी नबिलले कमायो

    वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्ष...