अर्थमन्त्रीको राजीनामा माग्दै सेयर लगानीकर्ता अनशनमा



हाम्रो इकोनोमि

 

सेयर लगानीकर्ताहरूले राज्यले आफूहरूमाथि खेलबाड गरेको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गरेका छन् । उनीहरूले डा. खतिवडाको राजीनामा माग गर्दै आज (आइतबार) राजधानीमा अनशन शुरु गरेका छन् ।

 

नेपाल स्टक एक्सचेञ्जको काठमाडौंस्थित भद्रकाली कार्यालयअघि अनशन बसेका सेयर लगानीकर्ताले सरकारले सेयर कारोबारलाई सहज बनाउन तत्काल विशेष कार्यक्रम नल्याए आफूहरू आमरण अनशन बस्न बाध्य हुने बताएका छन् ।

 

उनीहरूले सेयर बजारका लागि सञ्चालनमा ल्याएको अनलाइन प्रणालीले काम नगरेपछि आपत्ति जनाउँदै अर्थमन्त्री खतिवडाको राजीनामा मागेका हुन् । यसअघि पनि उनीहरूले अनलाइन कारोबारलाई सहज बनाउन माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।

 

ज्ञापनपत्रपछि पनि आफ्नो मागमा सुनुवाइ नभएको उनीहरूको भनाइ छ । उनीहरूले आफ्नो कार्यक्रममा साथ दिन देशभरका सम्पूर्ण सेयर लगानीकर्तालाई आह्वान पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...