अर्थमन्त्रीको राजीनामा माग्दै सेयर लगानीकर्ता अनशनमा



हाम्रो इकोनोमि

 

सेयर लगानीकर्ताहरूले राज्यले आफूहरूमाथि खेलबाड गरेको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गरेका छन् । उनीहरूले डा. खतिवडाको राजीनामा माग गर्दै आज (आइतबार) राजधानीमा अनशन शुरु गरेका छन् ।

 

नेपाल स्टक एक्सचेञ्जको काठमाडौंस्थित भद्रकाली कार्यालयअघि अनशन बसेका सेयर लगानीकर्ताले सरकारले सेयर कारोबारलाई सहज बनाउन तत्काल विशेष कार्यक्रम नल्याए आफूहरू आमरण अनशन बस्न बाध्य हुने बताएका छन् ।

 

उनीहरूले सेयर बजारका लागि सञ्चालनमा ल्याएको अनलाइन प्रणालीले काम नगरेपछि आपत्ति जनाउँदै अर्थमन्त्री खतिवडाको राजीनामा मागेका हुन् । यसअघि पनि उनीहरूले अनलाइन कारोबारलाई सहज बनाउन माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।

 

ज्ञापनपत्रपछि पनि आफ्नो मागमा सुनुवाइ नभएको उनीहरूको भनाइ छ । उनीहरूले आफ्नो कार्यक्रममा साथ दिन देशभरका सम्पूर्ण सेयर लगानीकर्तालाई आह्वान पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...