ट्यांकरसँग ठोक्किएर मोटरसाइकलमा सवार २ जनाको मृत्यु



हाम्रो इकोनोमि

 

पश्चिम नवलपरासीको सुनवलमा आइतबार विहान ट्यांकरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

विहान सवा नौ बजे तिर सुनवल ४ बाह्रघरेस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमतर्फ जाँदै गरेको लु १ ख ६७९४ नम्बरको ट्यांकरले विपरीत दिशाबाट आएको ग १५ प ३४९२ नमबरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक कास्की पोखरा महानगरपालिका १६ लामाचौर बस्ने २९ वर्षका प्रवीन गुरुङ र २६ बर्षका विनोद बानियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

गुरुङको पृथ्वीचन्द्र अस्पतालमा पुर्‍याउँदा अस्पतालले मृत घोषणा गरेको थियो भने बानियाँको देवदह मेडिकल कलेज रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

ठक्करबाट बढी घर्षण भएका कारण मोटरसाइकल जलेको छ । ठक्कर दिने ट्यांकरका चालक फरार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...