बुद्धिजीवीले नै भ्रष्टाचार गरेको प्रधानमन्त्री ओलीको आरोप



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्नेहरुले नै ठूलो स्वरमा म भ्रष्टाचार गर्दिन भन्ने गरेको बताएका छन् ।

भ्रष्टाचारबिरुद्धको दिवससको अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भ्रष्टाचार गर्नुपर्छ कसैले नभन्ने तर भ्रष्टाचार गर्ने गरेको गुनासो गरे ।

 

‘अचम्म लाग्दो कुरो त के छ भने भ्रष्टाचार हुनुपर्छ कसैले भन्दैन तर भ्रष्टाचार गर्दाे रहेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘मैले भ्रष्टाचार गर्छु भन्ने मान्छे भेटेको छैन तर भकोभई छ । भनेपछि यो कति डरलाग्दो छ ?’

 

उनले सानोतिनो भ्रष्टाचार देखिने तर ठूलाठूला भ्रष्टाचार नदेखिएको उल्लेख गर्दै मान्छेले बुद्धिलाई कुठाउँमा प्रयोग गर्दा भ्रष्टाचार भएको उनको भनाइ छ । ‘सानो डण्डिफोर देखिन्छ तर ठूलोठूलो देखिदैन,’ उनले भने, ‘मान्छे बुद्धिजीवी छ, चलाखी छ, बुद्धि कुठाउँमा प्रयोग गर्छ र भ्रष्टाचार गर्छ । मूर्ख भएको भए भ्रष्टाचार हुँदैन्थ्यो ।’

 

सोही अवसरमा प्रधानमन्त्री ओलीले ‘म भ्रष्टाचार गर्दिन भन्ने’ नारा सतप्रतिशत कार्यान्वयन भएको दावी गरेका छन् । अब ‘म गर्न दिन्न’ भन्ने कार्यान्वयन गर्ने कोसिस गर्ने उनले बताए । त्यसका लागि निर्मम तरिकाले जाने उनको भनाइ छ ।

 

सभ्य र सुसंस्कृत समाज निर्माणको बाधा नै भ्रष्टाचार भएको भन्दै प्रधानमन्त्री ओलीले अहिले नै अनुकुल समय भएको बताए । ‘भ्रष्टाचार नियन्त्रणका लागि कानून, शिक्षा, र संरचनाको आवश्यकता छ । त्यो सबै अहिले हामीसँग छ । त्यसकारण अहिले नियन्त्रणका लागि अनुकुल समय छ’ उनले भने ।

 

प्रधानमन्त्री ओलीले सबै जनप्रतिनिधि, स्थानीय सरकारको मर्यादा बढोस् भन्ने कामना गर्दै कर्मचारी भ्रष्ट र घुस्याहा भयो भन्ने सन्देश जनतामा पर्न नहुने बताए ।

प्रतिक्रिया दिनुहोस
परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

    राहदानीसम्बन्धी कसुरमा अनुसन्धानका लागि परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका...

आन्दोलनको लागी तयार हुन एमालेलाई महासचिवको निर्देशन

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले शासकीय अनुभव नभएका मानिसहरू सरकारमा पुगेकाले देश...

सबै पालिकामा पार्टी जागरण अभियान शुरु गर्न निर्देशन

    नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मिसन पार्टी जागरण पार्टी निर्माणको महत्वपूर्ण...

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो

  नेपाल आयल निगमले सामान्यतया प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा पेट्रोलियम...