अम्बानीको छोरीको विवाहमा हिलारी



हाम्रो इकोनोमि

 

भारतीय अर्वपति मुकेश अम्बानी र नीता अम्बानीको छोरी ईशा अम्बानी विवाहको तयारी शुरू भइ सकेको छ । नीता अम्बानीको आनन्द पीरामलसँग मुम्बईमा १२ डिसेम्बरमा विवाह हुदैछ ।

 

शनिबार साँझ उदयपुरमा संगीत कार्यक्रमको आयोजना गरिएको थियो । विवाहको प्रमुख अतिथि  तथा अम्बानी परिवारको पाहुना अमेरिकाकी पूर्व प्रथम महिला हि‍लारी क्ल‍िन्टन उदयपुर पुगेकी छन् । अम्बानी र क्लिन्टन बिच राम्रो सम्बन्ध रहेको छ । हिलारीलाई अम्बानीको छोरीको विवाहले भारत आउने संयोग जुराएको छ ।

 

 साथै संगीत सेरेमोनीमा सहभागि हुन बलिउडका कयौ चर्चित कलाकार उदयपुर पुगेका थिए ।  वरुण धवन, आलिया भट्ट, बोनी कपूर, जाह्नवी कपूर, विद्या बालन, अनिल कपूर, सिद्धार्थ राय कपूर, करण जौहर, जया बच्चन जस्ता सेलेब्रिटी उदयपुर पुगेका थिए ।

 

उदयपुर स्थित होटल उदयविलासमा संगीत कार्यक्रम भएको हो  । ८ र ९ डिसेम्बर  दुई दिनको कार्यक्रमका लागि ८० फोटोग्राफी एजेन्सी पुगेका छन् ।

 

ईशा र आनन्दको इन्गेजमेन्ट सेप्टेम्बर इटलीको लेक कोमोमा भएको थियो । त्यसमा करिब ६ सय अतिथी समावेश थिए । विवाहमा हजार पाहुना आउने अनुमान गरिएको छ ।

 

आनन्द पीरामल ग्रुपका मालिक अजय पीरामलका छोरा हुन् । आनन्द आफ्ना पिताको कम्पनीको कार्यकारी निर्देशक हुन् । ईशा र आनन्द लामो समयदेखि एकअर्काका साथी थिए । यसका साथै अम्बानी र पीरामल परिवारबीच पनि करिब चार दशकदेखि गहिरो सम्बन्ध रहँदै आएको छ ।

 

उक्त व्यवसायमा जोडिनुअघि आनन्दले पीरामल ई हेल्थ नामको एक स्टार्टअपको सुरुवात गरेका थिए । जसले अहिले चालिस हजार बढी रोगीको उपचार गरिरहेको छ । आनन्दले पेन्सिलभेनिया युनिभर्सिटीबाट अर्थशास्त्र पढेका थिए । साथै हार्वर्ड विजनेस स्कुलबाट एमबीए गरेका छन् । आनन्द इन्डियन मर्चेन्ट चेम्बरका योगस्टार अध्यक्ष हुन् ।

 

भने इशा रिलायन्स जिओको जिम्मेवारी सम्हाल्छिन् । उनी रिलायन्सको टेलिकम र रिटेल कम्पनीकी निर्देशक हुन् । यसका साथै ईशाले अजिओ नामको एक अनलाइन फेसन रिटेलर ब्रान्ड पनि लन्च गरेकी छिन् ।

 

जुनमा ईशाले स्टैण्डफोर्डको ग्राजुएट स्कुल अफ बिजनेसबाट बिजनेस एडमिनिस्ट्रेशन प्रोगाममा मास्टर्स गरेकी छिन् । पढाईका साथ ईशा खेलमा रुची राख्छिन् । उनी स्कुलमा फुटबल टिमकी सदस्य थिइन् ।  ईशा एक पियानो आर्टिस्ट पनि हुन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...