राजदूतको सुनुवाई हुदै, को को छन चार जना



हाम्रो इकोनोमि

 

सरकारद्धारा चार देशका लागि प्रस्तावित राजदूतको सुनुवाई आज हुदैछ । चारै जना प्रस्तावित राजदूतविरुद्ध कुनै उजुरी नपरेकाले सबैको नाम अनुमोदन हुने सम्भावना बलियो रहेको छ । संघीय संसदको संसदीय सुनुवाई समितिले प्रस्तावित राजदुतलाई सुनुवाईका लागि विहान साढे ११ बजे बोलाएको छ ।

 

प्रस्तावित चारै जनालाई साढे ११ बजे बोलाएको भएपनि पालैपालो सुनुवाई गर्ने समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । सरकारले राजदूतमा भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, इजरायलका लागि अञ्जान शाक्य र यूएईका लागि कृष्णप्रसाद ढकालको नाम सिफारिस गरेको छ ।

 

सुनुवाई समितिले यसअघि गत शुक्रबार उजुरी कर्तासँग र विभिन्न मुलुकमा राजदुतको जिम्मेवारी सम्हालिसकेका पूर्वराजदुतको अनुभवका विषयमा पनि छलफल गरेको थियो ।

 

प्रस्तावित राजदुतविरुद्ध ब्यक्तिगत उजुरी नपरेपनि चयन प्रक्रिया लगायत सैद्धान्तिक पक्षलाई समेटेर एउटा उजुरी परेको थियो । प्रस्तावित राजदुतको संसदीय सुनुवाई सकिएपछि सरकारको सिफारिस व्यक्तिको नाम अनुमोदनका लागि सम्बन्धित मुलुकमा पठाउने छ । उहाहरुको स्वीकृतिपछि सरकारको सिफारिसमा राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...