मेक्सीकोकी सुन्दरी भनिसाले जितिन् मिस वर्ल्ड २०१८



हाम्रो इकोनोमि

 

मेक्सिकोले यस वर्षको मिस वर्ल्डको २०१८ को उपाधि जितेको छ ।

मेक्सिकोका लागि भनिसा पोन्सले उपाधि जितेकी हुन् ।

चीनको सान्यमा सम्पन्न प्रतियोगितामा २६ वर्षिया मिस मेक्सिको भनिसा बेलारूस, यूगाण्डा, जमाइका तथा थाइल्यान्डका सुन्दरीहरूलाई पछि पार्दै मिस वर्ल्डमा कब्जा जमाएकी हुन् ।

उनी पेसाले मोडल हुन् ।

मेरिकी क्षेत्रबाट टप १२ मा पर्दै फाइनल यात्रा गरेकी पोन्सले मिस वर्ल्डको ताज पहिरन सफल भएकी हुन्।

उनी ग्लोबल भोटमा थाइल्यान्डसँग पछि परेपनि निर्णायकको मन जित्दै मिस वर्ल्ड बनेकी हुन् ।

मिस थाइल्यान्ड रनर अप हुन सफल भइन् ।

मिस नेपाल श्रृखला खतिवडा मिस वल्र्ड–२०१८ को टप १२ बाट बाहिरिएकी छिन् ।

‘मल्टिमिडिया प्रयोग’तर्फको प्रतिस्पर्धामा पहिलो स्थान ओगट्दै फाइनलमा पुग्न सफल भएकी टप १२ सम्म पुगेर प्रतियोगिताबाट बाहिरिएकी हुन् ।

नेपाली चेली मिस वर्ल्डमा सहभागी भएर १२० प्रतिस्पर्धीमध्ये उत्कृष्ट १२ मा पर्न सफल भएको यो पहिलोपटक हो।

श्रृखला एसिया एण्ड ओसियानाबाट टप १२ मा पुगेकी थिइन् ।

उनीसँगै न्यूजिल्याण्डकी जेसिका टाइसन र थाइल्याण्डकी निकोलेन शीर्ष १२ मा पुगेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...