हिरोहरुलाई ५० लाख पारिश्रमिक, हिरोइनले बल्लतल्ल १५ लाख मात्र



हाम्रो इकोनोमि

 

नेपाली फिल्ममा महिलालाई पारिश्रमिकमा मात्रै नभई भूमिकामा पनि सशक्त विरलै देखाइन्छ । प्राय: शो पिसमै हिरोइनहरुलाई प्रयोग गरिन्छ । अहिले हिरोहरुलाई ५० लाख रूपैयाँसम्म पारिश्रमिक दिन थालिँदा हिरोइनले आफ्नो पारिश्रमिक बल्लतल्ल १५ लाखसम्म पुर्‍याउन सकेका छन् ।

 

पारिश्रमिकको सवालमा नेपाली फिल्म क्षेत्रमा पुरुष कलाकारको दाँजोमा महिला कलाकारलाई कमै दिइन्छ । महिलालाई पारिश्रमिकमा मात्रै नभई भूमिकामा पनि सशक्त विरलै देखाइन्छ । प्राय: शो पिसमै हिरोइनहरूलाई प्रयोग गरिन्छ ।

 

अहिले हिरोहरूलाई ५० लाख रुपैयाँसम्म पारिश्रमिक दिन थालिँदा हिरोइनले आफ्नो पारिश्रमिक बल्लतल्ल १५ लाखसम्म पुर्‍याउन सकेका छन् ।

 

‘सानो संसार’ बाट डेब्यु गर्दै ‘मेरो एउटा साथी छ’ बाट लाइमलाइटमा आएकी नायिका हुन् नम्रता श्रेष्ठ । थोरै फिल्म खेल्ने तर आफ्नो भूमिकालाई स्मरणीय बनाउन सफल नम्रता पछिल्लो समय केही ओझेल परिन् ।

 

तर यसै मेसोमा उनले दिनेश राउत निर्देशित फिल्म ‘प्रसाद’ मा भने महँगो पारिश्रमिकमा सम्झौता गरेको खबर बाहिरियो । उनलाई गाउँले कामकाजी महिलाको चरित्रमा कास्टिङ गर्दै प्रसाद निर्माण पक्षले १५ लाख रुपैयाँमा अनुबन्ध गरेको थियो ।

 

त्यसअघि हिरोइनको पारिश्रमिक मुस्किलले पाँच लाखभन्दा उठ्न सकेको थिएन । एकाएक तीन गुणा बढी पारिश्रमिक दिनुबारेमा निर्देशक राउत भन्छन्, ‘हामीलाई त्यो भूमिकामा अभिनय गर्न सक्ने हिरोइन चाहिएको थियो । नम्रताको विकल्पमा जानुभन्दा उनले माग गरेजति रकम दिनु नै उचित हुन्छ भन्ने ठान्यौं ।’ त्यसो त नम्रतालाई त्यसअघि पनि राउतले नै आफ्ना तीन फिल्ममा लगातार खेलाएका थिए ।

 

अनमोल केसी अभिनीत ‘ड्रिम्स’ हुँदै फिल्म नगरीमा छिरेकी साम्राज्ञी राज्यलक्ष्मी शाहका त्यसपछिका फिल्मले पनि उनलाई राम्रै उचाइ दिलाइरहेको छ । अहिले उनी नेपाली हिरोइनको अग्रपंक्तिमा आइसकेकी छन् । यतिबेला उनले पनि आफ्नो पारिश्रमिक दरलाई बढाउँदै नम्रताको हाराहारीमा पुर्‍याएकी छन् ।

 

पुनम गौतमको निर्माणमा नवल नेपालले निर्देशन गर्ने फिल्म ‘मारुनी’ का लागि उनलाई १५ लाख रुपैयाँ नै दिइएको छ । माघको अन्तिमबाट छायांकनमा जान लागेको उक्त फिल्ममा साम्राज्ञीको पारिश्रमिकलाई लिएर निर्देशक नेपालले भने, ‘अहिलेको जल्दोबल्दो नायिका नै उनै हुन्, डिमान्ड त हुन्छ नै ।’ जे भए पनि पछिल्लो समय हिरोइनले पनि हाई डिमान्ड गर्न सक्ने अवस्था सिर्जना भएको छ ।

 

हिरोइन प्रियंका कार्कीलाई अचेल धेरैले राजेश हमालसँग तुलना गर्छन् । हमालले करिअरको लामो समयमा कहिल्यै आफ्नो पारिश्रमिक बढाएनन् । उनको टाउको मात्रै भए पनि पोस्टरमा राख्न पाइने लालसाले धेरै निर्माताले अतिथि भूमिकामा पनि हमाललाई छोडेनन् ।

 

दिनमा चारवटा फिल्मको सुटिङसम्म उनले भ्याउँथे भनिन्छ । जति नै माग भए पनि हमालले आफ्नो पारिश्रमिक तीन लाख रुपैयाँभन्दा माथि पुर्‍याएनन् । बरु सकेसम्म धेरैका फिल्म खेलिदिए ।

 

अहिले हमाल पथमा नायिका कार्की देखिएकी छन् । उनी बिनाकाम हात खाली बस्नुभन्दा बरु सानै भूमिका भए पनि फिल्ममा अनुबन्ध भइदिन्छिन् । न ठूलो माग, न महत्त्वपूर्ण भूमिका । प्रियंकाको यही विशेषता र सहजताले गर्दा चल्तीकी हिरोइन बनिरहेकी छन् । उनले एउटै फिल्मबाट ठूलो पारिश्रमिक माग नगरे पनि धेरै फिल्म खेलेर धेरै कमाउनेको सूचीमा भने पर्छिन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...