जाडोसमयमा यी खानेकुरा खानुस जस्ले तपाईको स्वास्थ्यलाई यस्ता फाईदा गर्छ



हाम्रो इकोनोमि

 

यदि तपाईं स्वस्थ तरिकाले तौल कम गर्न चाहनुहुन्छ भने यसका लागि तपाईंले सन्तुलित डाइटको सेवन गर्नुपर्छ ।

यसका लागि तपाईंले लो फ्याट र लो क्यालोरी भएका खानेकुरा खानुपर्छ ।

विशेषज्ञका अनुसार स्वस्थ तरिकाले तौल कम गर्नका लागि हरेक हप्ता एक किलो तौल कम गर्ने लक्ष्य राख्नुपर्छ ।

योभन्दा बढी घटाउने लक्ष्य राख्नुहुन्छ भने तपाईंले बोसोमात्र होइन, मासु पनि गुमाउनुहुनेछ ।

जाडोयाममा यी फलफूल खाँदा तौल घट्छः

१. सुन्तलाः सुन्तलामा एमिनो एसिड, भिटामिन ए, क्याल्सियम, आयोडिन, सोडियम फस्फोरसजस्ता तत्व पाइन्छ । यसका साथै सुन्दरता बढाउनका लागि पनि सुन्तलाको सेवन निकै उपयोगी हुन्छ । सुन्तलाको सेवनले शरिरमा भिटामिन सीको पूर्ती गर्न सकिन्छ । यसका साथै सुन्तलाको फलले शरिरमा ताजा बनाइराख्छ । सुन्तला एउटा यस्तो फल हो जसले जाडोयाम र गर्मीयाम दुबैमा शरिरलाई फाइदा पुर्याउने गर्छ ।

 

२.अम्बाः जाडोयाममा अम्बा खानुका पनि विभिन्न फाइदा छन् । यसमा भिटामिन सी, लाइकोपिन र एन्टिअक्सिडेन्ट प्रचुर मात्रामा पाइन्छ । यसमा केरामा जत्तिकै पोटासियम हुन्छ जसले रक्तचापलाई नियन्त्रणमा राख्न मद्दत गर्छ । साथै यसले प्रतिरोधी क्षमतालाई पनि बलियो बनाउँछ । दैनिक एउटा अम्बा खाँदा मेटाबोलिजम रेगुलेट हुन्छ जसले तौलमा ब्रेक लाग्छ किनभने अम्बामा केरा, स्याउ, सुन्तलाभन्दा कम सुगर हुन्छ ।

 

३. अंगुरः संतृप्त अर्थात् सेचुरेटेड फ्याट भएको फल खाँदा मोटाइँदैन । यस्ता फलफूलमध्ये अंगुर पनि एक हो । अंगुर खाँदा पेटको ब्याक्टेरिया पनि राम्रो हुन्छ । विभिन्न अनुसन्धानका अनुसार यसले हृदय रोग, उच्च रक्तचाप र मधुमेहको जोखिम पैदा गर्ने अत्यधिक चिल्लो आहारको नकारात्मक प्रभावसँग लड्न पनि सहयोग गर्छ । एक शोधका अनुसार एन्टिअक्सिडेन्टको अद्वितीय र विविध रचना पोलिफिनल अंगुरमा पाइन्छ । यसले शरिरमा बोसोको प्रतिशत, आन्द्रा र छालाभित्रको बोसो तथा कलेजो सुन्निनबाट रोक्छ र ग्लूकोजको सहनशीलतालाई उत्कृष्ट बनाउँछ ।

 

४. अंजिरः अंग्रेजीमा फिग्स भनिने अंजिरमा फाइबर हुन्छ जुन तौल कम गर्नका लागि निकै प्रभावकारी हुन्छ । वास्तवमा फाइबर विभिन्न प्रकारले तपाईंका लागि फाइदाजनक हुन्छ ।

अंजिर पच्न समय लाग्छ त्यसकारण तपाईंको पेट धेरै बेरसम्म भरिएको महसुस हुन्छ । साथै यसले पाचन तन्त्रलाई राम्रो बनाउँछ र मेटाबोलिजमलाई पनि उत्कृष्ट बनाउँछ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...