सावधान !! मदिरा पिउनु हुन्छ , १० सेकेन्डमा एक जनाको मृत्यु



हाम्रो इकोनोमि

 

‘यो रक्सीको जातै यस्तै’, ‘अलिकति मात्र हो पिएको, लौन हजुर जातैले दिएको’ यस्ता अनगिन्ती गीत बनेको मदिराको विषयमा ।

 

ठेट भाषामा रक्सी, जाड र अलि परिस्कृत शब्दमा मदिरा । पिता-पूर्खादेखि पिउँदै आएको पेय भनेर यसलाई हामीले निरन्तरता दिदै आएका छौं । मदिरा पिउनुलाई हामी ‘परम्परा’, ‘संस्कृति’ भनेर भ्रमित बनाउने चेष्टा गर्छौं ।

 

वास्तवमा मदिरा आफैमा संस्कृति होइन । मदिरा पिउनु सभ्यता होइन । मदिरा न स्वास्थ्यका लागि आवश्यक छ, न समाजका लागि । दुबैका लागि हानिकारक छ । यो त एक विकार हो । समाजलाई ध्वस्त बनाउने । मान्छेको मनोवृत्ति खराब बनाउने ।

 

कुरुप मदिरा

मदिरा सबैभन्दा पुरानो नशालु पदार्थको रुपमा लिइन्छ । नशाजन्य पदार्थमा सर्बाधिक प्रयोग गर्ने बस्तु, हो मदिरा । तर, मानव स्वास्थ्यका लागि भने हानिकारक छ ।

 

मदिरा प्रयोगको मात्राले व्यक्ति र समाजलाई कति प्रभाव पार्छ भन्ने कुराको निर्धारण गर्छ । मदिराको अत्याधिक सेवनले संक्रमणिय रोगहरुका साथै समाजिक सम्बन्धमा तिक्तता ल्याउने र आर्थिक रुपमा पनि हानी पुर्‍याउँछ । यसले शारिरिक देखि कडा खालको मानशिक रोगसम्मको शिकार बनाउँछ :

 

भयाभह तथ्यांक

विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनअनुसार प्रत्येक १० सेकेन्डमा एक जना र प्रत्येक वर्ष ३३ लाख (३.३ मिलियन) मानिले अत्याधिक मदिरा सेवनको कारण अकालमा ज्यान गुमाउने गर्छन् ।

यो विश्वको वाषिर्क मृत्युको ५ दशमलब ९ प्रतिशत हो । विश्वामा लाग्ने रोगमध्ये ५ दशमलब १ प्रतिशत रोग मदिराको कारण लाग्ने गर्छ ।

२० देखि ३९वर्ष उमेर समुहका २५ प्रतिशत व्यक्तिको मृत्यू अत्यधिक मदिरा सेवनको कारण हुने गरेेको अनुसन्धान बताउँछ ।

एक बर्षमा नियमित रक्सी सेवन गर्ने पुरुषले औषत २१.२ लिटर र महिलाले औषत ८.९ लिटर शुद्ध रक्सी प्रयोग गर्छन् । रुसका पुरुषहरुले औषत ३२ लिटर शुद्ध रक्सी प्रयोग गर्ने गरेको सन २०१० को बिश्व स्वास्थ्य संगठनको वार्षिक अध्ययनले देखाएको छ ।

 

मदिराको असर

– मदिराको बढी सेवनले स्वंय व्यक्तिलाई त असर पार्छ नै परिवारका सदस्य, साथी, सहकर्मी र अपरिचितमा समेत नकरात्मक प्रभाव पर्न जान्छ । द्यपी व्ातावरण, आर्थिक अवस्था, सास्ँकृतिक पक्षलगायतका कुराले मानिसलाई मदिरा सेवनको लागि प्रेरित गर्छ ।

 

– मानिसले जति अव्यवस्थित र नियमित मदिराको सेवन गर्दै जान्छ त्यतिनै मस्तिष्कमा पनि नकरात्मक असर पर्दै जान्छ । रगतमा रहेको मदिराको मात्राअनुसार मस्तिष्कमा असर पर्ने गर्छ ।

– अत्याधिक मदिरा सेवनले मानिसमा मानसिक बिचलन, चोटपटक र विचार आदान प्रदान गर्न नसक्नेजस्ता समस्या ल्याउने गर्छ ।

– गलत तरिकाले मदिराको सेवन गर्दा २०० भन्दा वढि रोग लाग्ने गर्छ । मदिराको अत्याधिक सेवनले जन्डिस, अल्सर, टिबि, उदासिनता, चिन्ता, डर, बेहोसी, हातखुट्टा काप्नेदेखि कडाखालको मानशीक समस्या समेत हुन सक्छ ।

 

अल्कोहलिकको व्यवहार

– मदिराको लत भएका मानिसले झट्ट अस्वीकार गर्ने बानी हुन्छ । यस्ता व्यक्तिहरुले अलि बढि आफ्नो प्रशंसा गर्ने र प्रतिवाद गर्छन् ।

– मदिरा सेवन गर्ने मानिसले सजिलैसँग झुटो बोल्छन् भने अरुमा अनावश्यक दोष थुपार्ने गर्छन् ।

– मदिरा बढी पिउने मानिसले सकभर मदिराको बारेमा कुरा गर्न रुचाउँदैनन् । बरु व्यवहारिक कुराकानीबाट गफ गर्न शुरु गर्छन् । कोहीसँगै एक्लै वा नजिकको साथीसँग मात्र मदिरा सेवनको बारेका कुरा गर्छन् ।

– मदिराको लत भएकाहरुलेे मदिरालाई नैतिकतासँग जोडेर कुरा गर्छन् ।

– रक्सी र अन्य लागूपदार्थको उपचार लिए पछि छिटै पुनरावृति हुने सम्भावना धेरै हुन्छ ।

 

उपचार विधि

– मदिरा प्रयोगकर्ताको अवस्था र कारणअनुसार विभिन्न तरिकाले उपचार गरिन्छ । बिशेष गरी विषमुक्तिकरण, औषधी उपचार, मनोचिकित्सा, मनोविमर्श, व्यवहार परिवर्तन, बहुआयामिक पद्धति, पुर्नस्थापना केन्द्र आदिको माध्ययमबाट मदिराको लत छुटाउन सकिन्छ ।

 

– लत भएको व्यक्तिलाई छुटाउदा शुरुमा आत्तिने, नताव महसुष गर्ने, छटपटिने गर्छन् । यस्तो अवस्थामा शारीरिक तथा मानसिक प्रतिक्रिया देखिने गर्छ । अत्याधिक पसिनो आउने पनि गर्छ ।

 

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...