राप्रपाका अध्यक्ष कमल थापाले भने : ‘जुत्ता खान्छौ कि जान्छौ’



हाम्रो इकोनोमि

 

‘यदि तिमीहरू मेरो घरमा नभएर अन्यत्र हुन्थ्यौं भने जुत्तै–जुत्ताले भकुर्ने थिएँ । घरमा भएकाले यसपटकलाई बच्यौं । अब यहाँबाट तत्काल गईहाल !’

माथिको संवाद झट्ट सुनेपछि तपाईंले अनुमान गर्नुभयो होला– कुनै अशिक्षित, संस्कारहीन व्यक्तिले मुखको तीतो फाल्न कसैमाथि यस्तो अभद्र संवाद बोलिरहेको छ । तर, यो संवाद तपाईं–हामीले अनुमान गरेजस्तो अशिक्षित अनि अराजनीतिक व्यक्तिको मुखबाट फुत्केको फिटिक्कै होइन ।

 

मन्त्री त्यसमा पनि चानचुने होइन, परराष्ट्र र उपप्रधानमन्त्रीसमेत भइसकेका पूर्व माननीयले बोलेको संवाद हो, यो ।  बोल्ने व्यक्ति स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा जनताबाट अस्वीकृत राप्रपाका अध्यक्ष उनै कमल थापा हुन् ।

अघिल्लो निर्वाचनको हारबाट हतास थापा विस्तारै सम्हालिरहेका बेला उनीमाथि अर्को बज्र परेको छ यतिबेला ।  कुनै बेलाका सहकर्मीहरू नै मरेको कुकुरलाई उपियाँले छाडे जसरी उनलाई त्यागिरहेका छन् । साथ छाडेपछि अब उनीसँग छन्–मात्रै केही थान नेता । यो अनिकालबाट जोगिन उनले लो–प्रोफाइलका नेताहरूलाई धमाधम तानेर उनले रिक्तिएको राप्रपामा त्राण दिने अससफल प्रयास गरिरहेका छन् ।

 

यस्तो दुःख आउनुअगावै सम्बन्ध विच्छेदको सन्देश बोकेर निवास पुगेका दुई व्यक्तिलाई थापाले अभद्र व्यवहार गरेका हुन् । यस्तो अभद्र व्यवहारको सिकार हुने व्यक्ति हुन्, नेपालगञ्ज उपमहानगरका मेयरसमेत रहेका राप्रपा नेता धवलशमशेर राणा र प्रल्हाद शाह ।

राप्रपा स्रोतका अनुसार, विद्रोही समूहले पार्टी एकताको आह्वान गर्दै विज्ञप्ति जारी गरेपछि राणा र शाह थापालाई यसको औपचारिक जानकारी गराउन उनको निवास गएका थिए । सम्बन्ध विच्छेदसँगै दुई भाइसँग सच्चिएको अवस्थामा स्वीकार्न सकिने अर्को प्याकेज पनि थियो । यस्तो प्रस्ताव बोकेर गएका थापा र शाहले सुरुमा कमलको कमजोरीबाट कुराको पोयो फुकाएका थिए ।

 

थापाको निरंकुशता र अप्रजातान्त्रिक हर्कतले सँगै हिँड्न असजिलो भएको भन्दै उनीहरूले सच्चिन थापालाईसुझाएका थिए । तर, आलोचना सहन गर्ने क्षमता नै नभएका थापा आफ्नो कमजोरी रियलाइज गर्न छाडेर घरमा आएका पाहुनामाथि नै जाइलागेका थिए । राणा र शाहले आफ्ना निकटकाहरूसँग गरेको गुनासो अनुसार, आक्रोसित थापाले जुत्ताले हान्ने धम्की दिँदै घरबाट निस्किन निर्देशन दिएका थिए ।

 

थापाको यस्तो हर्कतपछि राणा र शाह अपमानित महसुस गर्दै त्यहाँबाट बाहिरिएको चर्चा राप्रपा नेताहरूको एकता छलफलमा अझै पनि हटकेक बन्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...