प्रिमियरको तारिफपछि हलमा ‘प्रसाद’



हाम्रो इकोनोमि

 

दिनेश राउत निर्देशित फिल्म ‘प्रसाद’ ले शुक्रवारबाट प्रदर्शन भएको छ ।

फिल्मले बुधबार राजधानीमा भएको प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको थियो ।

‘नोभेम्बर रेन’, ‘क्लासिक’ लगायतका लभस्टोरी फिल्म निर्देशन गरिसकेका राउतको यो फिल्मको कामले पनि तारिफ पाएको छ ।

यसको कथा पत्रकार सुशील पौडेलले लेखेका हुन् ।

अन्तरजातिय विवाह गरेर राजधानी छिरेको जोडीको जीवनमा सन्तान नहुँदा आउने उचार चढावको कथा फिल्मले बोल्छ ।

विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत फिल्मको मुख्य भूमिकामा छन् । विपिन र नम्रता श्रीमान् श्रीमतीको भूमिकामा छन् भने निश्चल नेगेटिभ रोलमा छन् ।

७० बढी सिंगल स्कृन पाएको फिल्मले मल्टिप्लेक्समा पनि उच्च सोज हात पारेको छ ।

निर्माताले सर्वा्धिक शेयर पाउने देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स क्यूएफएक्स च्यानलमा ‘प्रसाद’ ले राजधानीका ५ हलबाट १५ सोज र उपत्यका बाहिरका ४ हलबाट ७ सोज पाएको छ ।

फिल्मले क्यूएफएक्समा मात्र कुल २२ सोज आफ्नो पक्ष गरेको छ ।

बुकिङ खुलेसँगै फिल्मको टिकट तिव्र गतिमा ’सेल्स’ भइरहेको छ ।

राजधानी तथा उपत्यकाका मल्टिप्लेक्समा पनि फिल्मले राम्रो सोज संख्या हात पारेको छ ।

 

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...