केटीको भेष बदलेर केटाले गरे केटासँगै बिहे ! थाहा पाएपछि गाउँले चकित



हाम्रो इकोनोमि

 

सामान्यतया केटा र केटीवीच बिवाह हुन्छ । केटाले केटासँगै बिबाह गरे भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, धनकुटामा केटीको भेष बदलेर केटाले केटासँगै बिहे गरेको घटना सार्वजनिक भएको छ । घटना धनकुटाको सहिदभूमी गाउँपालिका स्थित छिन्ताङको हो ।

 

भोजपुरको रामप्रसाद राई गाउँपालिकाका २५ बर्षीय राजकुमार राईले केटीको भेष बदलेर छिन्ताङ मुलधावाका २७ बर्षीय बिपिन राईसँग बिबाह गरेका हुन् । ठगी गर्ने मनसायले घटना भएको प्रहरीको ठम्याई छ । केटी जस्तो बनेर विवाह गरी झुक्याई स्थानीयलाई ठगी गर्न थालेपछि राजकुमारलाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन् ।

 

उनको ठग्ने शैली देखेर स्थानीयसँगै प्रहरी पनि आश्चर्यमा परेको छ । अनुहार हेर्दा युवती जस्तो देखिने ती युवकले नाटकीय शैलीमा ठगी गरेकोे पाईएको धनकुटाका प्रहरी प्रवक्ता गौतम मिश्रले संगालोखबरलाई जानकारी दिएका छन् ।

 

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार केही समय अघि विपिन बैदेशिक रोजगारीका शिलसिलमा भारतमा भएका बेला फेसबुकमार्फत उनीहरुवीच चिनजान भएको थियो । राजकुमारले केटी जस्तो बनेर बिपिनसँग सम्बन्ध बिस्तार गरे । बिपिन स्वदेश फिर्किएपछि उनीहरुले भागी बिबाह गरेका हुन ।

 

तर, बिबाह गरेर ल्याईएको मान्छे केटा हो भनेर बिपिनले विवाह पश्चात मात्र पत्तो पाए । गाउँलेले थाहा पाउँदा बेईज्जत हुने डरले गुपचुप बसेको बिपिन बताउँछन् । आफुहरुवीच आर्थिक लेनदेनको बिषय रहेकाले त्यो टुंग्याएपछि छुट्ने तयारी गरेको बिपिनको दावी छ ।

 

दुलही बनेर आएका राजकुमार केटीको कपडा लगाएर बस्ने गर्थे । स्वर पनि केटीको जस्तै बनाएर बोल्ने गरेका थिए । लामो कपाल पालेर केटी जस्तै देखिने उनी छिमेकीहरुसँग पैसा सापटी माग्दै हिड्ने गरेका थिए । तर, भोजपुर स्थित घरबाट खोजि भएपछि उनी केटी नभई केटा हुन् भन्ने कुराको पर्दाफास भएको हो ।

 

राजकुमारले अर्कै केटीसँग बिबाह गरी डेढ बर्षको छोरासमेत रहेको पत्ता लागेको प्रहरीले जनाएको छ । राजकुमारले छिन्ताङमा भेष बदलेर ठगी गर्दै हिडेको थाहा पाएपछि पक्राउ गरी प्रहरीमा बुझाईएको स्थानीय भरतसिंह राईले बताए ।

 

स्थानीय बम कार्कीले संगालोखबरलाई दिएको जानकारी अनुसार दुलही बनेर आएका उनले धेरै स्थानीयसँग पैसा सापटी मागेर लगेका छन् । तर, कसैको पनि सापटी रकम फर्काईएको छैन । सापटी माग्दै रकम कुम्ल्याएर भाग्न खोजेको स्थानीयको आशंका छ ।

 

दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर घटनाको बिषयमा अनुसन्धान भईरहेको धनकुटाका प्रहरी प्रवक्ता मिश्रले जानकारी दिएका छन् ।

 

डेढ लाखमै पाइन्छन् नेपालमा मोटरसाइकल

नेपालमा दुईपांग्रे सवारी साधनको प्रयोगकर्ता दिन दिनै बढ्दै गएका छन् । यातायात व्यवस्था विभागले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा हालसम्म ३० लाख भन्दा बढी सवारी साधन दर्ता छन् । जस मध्ये दुई पांग्रे मात्रै २३ लाख भन्दा बढी छन् ।

 

सरकारले चालू आर्थिक वर्षको बजेट मार्फत सवारी साधनको क्षमताका आधारमा अन्तशुल्क र सडक मर्मत शुल्क समेत वृद्धि गरेको थियो । यो व्यवस्थाले बढी इन्जिन क्षमताका मोटरसाइकलको मूल्य ७ लाख रुपैयाँ सम्म बढेको छ । तर १ सय ५० सीसीसम्मका मोटरसाइकलको भने शुल्क वृद्धि गरिएको छैन । जसका कारण पनि उपभोक्ताले सस्तै मूल्य तिरेर पनि मोटरसाइकलको प्रयोग गर्न सक्दछन् ।

 

नेपाल हाल एक दर्जनभन्दा बढी मोटरसाइकलका ब्रान्डहरुको बिक्री हुने गरेको छ । हामीले यहाँ नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले मंसिरमा प्रकाशित गरेको सवारी साधनको अधिकतम मूल्यसूचिका आधारमा नेपाली बजारमा उपलब्ध सस्ता मोटरसाइकलको बारेमा चर्चा गरेका छौं ।

 

रनर बाइक

रनर बाइक आरटीनेपालमा पाइने सवैभन्दा सस्तो मोटरसाइकल हो । ८० सिसि इन्जिन क्षमताको यो मोटरसाइकलको नेपाली बजार मूल्य १ लाख ५२ हजार रुपैयाँ रहेको छ ।

 

होन्डा नाभी

नेपालमा पाइने सस्ता मोटरसाइकलको सूचीमा होन्डा नाभी दोस्रो नम्बरमा पर्दछ । यो मोटसाइकलको मूल्य १ लाख ५४ हजार रुपैयाँ रहेको छ । यसको इन्जिन क्षमता १ सय १० सीसी रहेको ।

 

टीभीयस स्टार स्पोर्ट

नेपालमा पाइने सस्तो मोटरसाइकल मध्ये टीभीयस स्टार स्पोर्ट तेस्रो मा आउछ । जसको इन्जिन क्षमता १ सय २ सीसी रहेको छ । यो मोटरसाकलको मूल्य भने १ लाख ५६ हजार ९ सय रहेको छ ।

 

हिरो स्प्लेन्डर प्रो

नेपालमा पाइने सस्ता मोटरसाइकलको सूचीमा चौथो नम्बरमा आउने हिरो स्प्लेन्डर प्रो को मूल्य १ लाख ६१ हजार ५ सय रहेको छ । यो मोटरसाइकलको इन्जिन क्षमता १ सय सीसी रहेको छ

 

बजाज प्लाटिना

बजाज प्लाटिना मोटरसाइकल नेपालमा पाइने सस्ता मोटरसाइकलको सूचीमा पाँचौ नम्बरमा पर्दछ । जसको इन्जिन क्षमता १ सय सीसी रहेको छ । यो मोटरसाइकलको मूल्य १ लाख ६३ हजार ९ सय मात्रै रहेको छ ।

 

सुजुकी हायाते इपी

सस्ता मोटरसाइकलको सूचीमा छैटौ नम्बरमा आउने सुजुकी हायाते इपी को मूल्य १ लाख ७८ हजार ९ सय मात्रै रहेको छ । जसको इन्जिन क्षमता १ सय २५ सीसी रहेको छ ।

 

यामाहा सलुटो ड्रम

यामाहा सलुटो ड्रम मोटरसाइकल सस्ता मोटरसाइकलको सूचीमा नेपालमा सातौ नम्बर आउछ । जसको इन्जिन क्षमता १ सय २५ सीसी इन्जिन क्षमता रहेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...