म बरु राजीनामा दिन्छु, तत्कालै मलेसियाको रोजगारी खोल्दिँन–मन्त्री गोकर्ण बिष्ट



हाम्रो इकोनोमि

 

मलेसियासँग भएको श्रम सम्झौता कार्यान्वयन र रोजगारी खुलाउन चौतर्फी दवाव परेपनि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले आफनो अडान छोेडेका छैनन् । रोजगारीमा जाने नागरिक र पार्टी नेताहरुले चर्काे दवाव दिएपनि उनी आफ्नो अडानमा टेकिरहेका छन् ।

 

‘म बरु पदबाट राजीनामा दिन्छु, नयाँ सिस्टम सुरु नभएसम्म मलेसियाको रोजगारी खोल्दिँन’ बुधवार सिंहदरवारमा भएको छलफलमा मन्त्री बिष्टले भने ‘ब्यवसायी साथीहरुले मलाई जति सक्नुहुन्छ दवाव दिनुहोस, तर म गल्ने पक्षमा छैन ।’

 

नेकपाभित्र श्रम विभाग हेरिरहेका नेताहरु लेखराज भट्ट, मुकुन्द न्यौपाने, प्रकाश ज्वाला छलफलमा सहभागि थिए । ब्यवसायी समेतलाई बोलाइएको छलफलमा उनले नयाँ सिस्टम लागु नभएसम्म श्रम सम्झौता कार्यान्वयन नगर्ने अडान राखे । श्रम सम्झौता भएको दुई महिना पुग्न लाग्दा समेत कार्यान्वयनमा आउन सकेको छैन ।

 

मन्त्री बिष्टको मुल उदेश्य ‘भेण्डर’ संस्थाका सञ्चालक परिवर्तन गर्ने हो । श्रम सम्झौतामा उल्लेख भएका भीएलएन, आइससी जस्ता संस्थाका सञ्चालक परिवर्तन नभएसम्म श्रम सम्झौता कार्यान्वयन नगर्ने अडानमा मन्त्री बिष्ट रहेका छन् । मलेसिया सरकारले भने सम्झौता कार्यान्वयन गर्न नेपाल सरकारलाई दवाव दिइरहेको छ ।

 

मलेसियाको रोजगार बन्द हुँदा हजारौ कामदार मर्कामा परेका छन् । १० हजारभन्दा बढिको भिसा लागेर पनि मलेसिया पुग्न सकेका छैनन् । मन्त्री बिष्ट भने भेण्डर संस्थाका सञ्चालक परिवर्तन नगरेसम्म श्रम स्वीकृति नदिने पक्षमा उभिएका छन् ।

 

भेण्डर संस्थाहरु हत्याउन एउटा समुह मन्त्रीको वरीपरी घुमिरहेको छ । पूजा चन्ददेखि रघु पुरीसम्मका ब्यक्तिहरु सिहदरवारदेखि मलेसियासम्म दौड लगाइरहेका छन् । मलेसियाका मानव संशाधन मन्त्रीका पीएहरुसँग सम्बन्ध गाँसिरहेका छन् ।

निर्मलाका पोष्टर विवेशशिल साझा र नयाँ शक्ति टाँस्दै, हिसिलाले गरिन पुष्टी

प्रधानमन्त्री केपी शर्मा ओलीको काउन्टरमा निर्मला पन्तका पोष्टर राष्ट्रपति कार्यालयदेखि देशभर टाँस्निे होडवाजी चलेको छ । स्वतन्त्र ग्रुपका नाममा पोष्टर टाँसिरहेको सामाजिक सञ्जालबाट संदेश दिइएपनि विवेशशिल साझा पार्टी र नयाँ शक्ति नेपालका कार्यकर्ताले पोष्टर टाँसिरहेको हिसिला यामीले पुष्टी गरेकी छिन् ।

बिहीबार राष्ट्रपति कार्यालय अगाडी केही थान विवेशिल साझा र नयाँ शक्तिका कार्यकर्ताले प्रर्दशन गरिरहेका बेला पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईकी पत्नी हिसिला धनगढी पुगेकी थिइन । धनगढीमा उनले निर्मला पन्तका पोष्टर पोलहरुमा मात्र टाँसिनन् आफ्नै छातिमा लगाएर राजनीतिक रोटी पनि सेकेकी छिन् ।

 

‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको निर्मला पन्तको पोष्टर सुदुरपश्चिम प्रदेश मुख्यमन्त्रीको कार्यालयदेखि सडक पेटीमा टाँसिएको छ । टाँस्ने अभियानको अगुवाई यामीले गरेकी थिइन । राजधानी काठमाडौंमा कार्यकर्ता परिचालन गरेका विवेशशिल साझा र नयाँ शक्तिले नेताहरुलाई भने बाहिरी जिल्लामा खटाएको छ ।

प्रतिक्रिया दिनुहोस
नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार

     दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल नि:शुल्क जलन...

मदन-आश्रित स्मृति दिवसमा पूर्वराष्ट्रपति भण्डारीसहित को-को नेता पुगे ?

    ३३औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले स्मृति सभा कार्यक्रम आयोजना...

हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहलाई नैतिकताका आधारमा तत्काल...

प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न हुन्न : योगेश भट्टराई

  नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न खोजिरहेको आरोप लगाएका...