अब ‘पोइला’ जाने पत्नीको सम्पत्ति खोसिने, सम्पत्ति लुट्ने पत्नीहरूको काल बन्यो मुलुकी ऐन



 

अब ‘पोइला’ जाने पत्नीको सम्पत्ति खोसिने, सम्पत्ति लुट्ने पत्नीहरूको काल बन्यो मुलुकी ऐनभदौ १ गतेबाट लागू भएको मुलुक ऐन समय सापेक्ष भए पनि कार्यान्वयनप्रति सरोकारवाला र अधिवक्ताहरूले आशंका जनाएका छन् ।

 

२०७४ सालको संविधान पनि राम्रो रहेपनि कार्यान्वयनमा कठिनाइ हुँदा असफल भएको थियो। २०४७ सालको संविधानमा विश्वमा रहेका राम्रा प्रावधानहरू राखिएका थिए ।

 

कार्यान्वयनमा समस्या भएपछि आन्दोलनहरू हुन पुगे । अधिवक्ता सुदर्शन थपलियाले पनि भदौ १ गतेदेखि लागू भएको मुलुकी ऐन समय सापेक्षा रहेको बताउँछन् ।

 

‘मुलुक ऐन सरसर्ती हेर्दा राम्रो छ । तर कार्यान्वयन के हुने हो आशंक धेरै उब्जिएको छ’, उनले भने, ‘२०४७ सालको संविधान पनि राम्रो थियो । तर, कार्यान्वयन हुन नसक्दा असफल हुन पुग्यो ।’

अहिलेको मुलुकी ऐन पनि कार्यान्वयन राम्रोसँग हुन सकेन भने असफल हुने सम्भावना रहेको उनले बताए । कार्यान्वयन गर्दै जाँदा समस्या भयो भने संशोधन गर्न पनि सकिने उनको भनाइ छ ।

 

अहिलेको मुलुकी ऐनमा विदेशमा कार्यान्वयनमा रहेका राम्रा पक्षहरूलाई चोरचार पारेर राखिएको अधिवक्ता थपलियाको बुझाइ छ । ‘विदेशीहरूको मिसमास भएको कुरालाई नराम्रो भन्न मिल्दैन’, उनले भने, ‘यसको उदेश्य भनेको मुलुकमा शान्ति सुरक्षा, अमनचयन, सुशासन कायम गर्नु नै हो । त्यो कार्यान्वयनमा भर पर्छ ।’

 

कार्यान्वयनमा समस्या आयो भने २०४७ सालको संविधान जस्तै अहिलेको मुलुकी ऐन पनि धेरै नटिक्ने अधिवक्ता थपलियाले चेतावनी दिए । मुलुकए ऐन सबैका लागि बराबरी हुनुपर्ने भन्दै उनले भने, ‘कसैलाई ऐन, कसैलाई चयन हुनु हुँदैन ।’

 

‘शुरुवाती दिनमा मुलुकी ऐन कार्यान्वयनमा कठिनाइ हुनेछ’, अधिवक्ता थपलियाले भनेका छन्, ‘अपराध हटाउने बहानामा कदै सजाय बढाइएको छ । यो उपयुक्त छैन ।’ अपराध हुन नदिन सजाय बढाएर नहुने उनको भनाइ छ । मुलुकी ऐनमा जन्मकैदलाई २० बाट बढाएर २५ वर्ष पुर्‍याइएको छ । यो राम्रो पक्ष होइन ।

 

मुलुकी ऐनमा खुला कारागारको व्यवस्था राम्रो भए पनि नेपालको सन्दर्भमा उचित छ कि छैन अध्ययन गर्नुपर्ने देखिएको अधिवक्ता थपलियाले बताए । ‘तीन वर्षभन्दा कम कैद सजाय पाएकालाई खुला कारागारमा राख्ने भनिएको छ’, उनले भने, ‘हाम्रो देशमा त्यो कति व्यवहारिक छ ? खुला कारागार दिनभरि काममा जाने साँझ सजाय भोग्नुपर्ने व्यवस्था अहिलेको मुलुकी ऐनले गरेको छ ।

 

यसअघिको मुलुकी ऐनले सम्बन्ध विच्छेदले पुरुषलाई धेरै पीडित बनाएको स्मरण गर्दै अधिवक्ता थपलियाले भने, ‘सम्बन्ध विच्छेद अब महिला र पुरुष दुबैले बराबरी रुपमा गर्न पाउँछन् । पहिला महिलाका लागि भन्दा पनि पुरुषलाई सम्बन्ध विच्छेद गर्न समस्या थियो ।’ यस पटक मुलुकी ऐनले पत्नीका कारण सम्बन्ध विच्छेद भएको रहेछ भने सम्पत्ति दिनुपर्दैन ।

 

पत्नीबाट आजित भएको पतिले सम्बन्ध विच्छेदका लागि अदालतमा निवेदन दिएमा फैसलाका क्रममा पत्नी दोषी देखिएमा पत्नीलाई सम्पत्ति दिनुपर्ने छैन । पत्नी अर्को पुरुषसँग बिहे गरेर गएमा अचल सम्पत्ति पुरानै पतिकोमा रहने व्यवस्था मुलुकी ऐनले गरेको छ । चलसम्पत्ति भनेर महिलाले लैजाने व्यवस्था गरिदिएको छ ।

 

मुलुकी ऐनले पारिवारिक बलात्कारलाई कडा बनाएर समस्या उत्पन्न गरेको अधिवक्ता थपलियाले बताए । ‘पत्नीलाई मन लागेन भने पतिविरुद्ध बलात्कारको मुद्दा जति बेला पनि लगाउन सक्ने खतरा छ’, उनले भने, ‘यो प्रावधानले पारिवारिक बिग्रह बढ्ने समस्या हुनेछ ।’

 

केही निश्चित मुद्दा बाहेक ७५ वर्षभन्दा धेरै उमेर भएका व्यक्तिलाई कैद सजाय मिनाहको व्यवस्था भएको छ । अधिवक्ता थपलियाले भने, ‘यो व्यवस्था व्यवहारिक र राम्रो छ ।’

 

पहिला जस्तो मुद्दाको हदम्यादको समय घटाइएको छ । मुद्दा छिटो गर्नुपर्ने प्रावधानसहित आएको मुलुकी ऐनले मुद्धाको प्रकृति हेरेर न्यूनतम ३ देखि १ वर्षभित्र अन्तिम फैसला सुनाइ सक्नुपर्नेछ ।

 

अहिलेको मुलुकी ऐनले कसैको घर वा कोठामा सुरक्षाकर्मीले पूर्वस्वीकृति नलिएर छापामार्न पाउनेछैन । हुन त पहिला पनि यो ऐन थियो । तर, सुरक्षाकर्मीले कार्यान्वयन गरेका थिएनन् । यस पटक यो विषयलाई जोडतोडले उठाइएको छ ।

 

मुलुकी ऐनका बारेमा धेरैलाई कार्यान्वयनमा चासो छ । यसअघिको मुलुकी ऐनभन्दा धेरै सकारात्मक र राम्रो रहे पनि अभिव्यक्ति स्वतन्त्रतामा केही संकुचित भएको हो कि भन्ने आशंकाहरू पनि छन् ।

 

प्रेसमाथिको अंकुश लगाउने प्रावधानमा पनि अधिवक्ता थपलियाको चिन्ता । प्रेसलाई अंकुश लगाउने गरेर मुलुकी ऐनमा रहेका केही प्रावधानले राज्य निरंकुश भएर जाने हो कि भन्ने ठूलो खतरा उत्पन्न भएको छ । ‘प्रेसलाई स्वतन्त्र राख्नुपर्छ’, अधिवक्ता थपलियाले भने, ‘व्यक्तिगत तस्बिर लिने, आवाज रेकर्ड गर्न नपाउने, भिडियो बनाउन नपाइने जस्ता विषयले प्रेसमा अलमल भएको छ ।’

 

यो पनि पढ्नुस

यो वर्षको दंसै आज अन्तिम दिन अर्थात कोजाग्रत पुर्णीमा हो । यो दिनको बिशेष महत्व रहेको छ । यस रात ल्वाङ्गको सहि प्रयोग गर्न सक्नुभयो भने तपाईँलाई धनको कहिले पनि कमी हुने छैन् ।

कुन बिधि प्रयोग गरेर ल्वाङ्गले तपाइँलाई धनी बनाउन सक्छ जानीराख्नुहोस् र भोली यो बिधि प्रयोग गरी धनि बन्नु होस् ।सर्वप्रथम एउटा सिंगो ल्वाङ्गको आवश्यकता पर्दछ ।

 

याद राख्नुहोस् की ल्वाङ्ग, फूल सहितको साबुत हुनुपर्छ । यसलाई पुजा घर अथवा लक्ष्मी माताको मूर्ती अगाडी सफा आसनमा राखेपछी ‘ओम श्रीं श्रियै नः’ यो मन्त्रलाई २१ पटकसम्म उच्चारण गर्नुहोस् । यो महामन्त्रको जप पश्चात लक्ष्मी माता प्रशन्न हुने विश्वास रहेको छ ।

 

बिहिबार भएकोले, पहेलो रंगको धेरै काम हुन्छ । उक्त ल्वाङ्गलाई केशरी वा बेसार जसलाई हल्दी पनि भन्ने गरिन्छ । त्यसमा लतपत गरेर लक्ष्मीमाताको शीरमा सात पटकसम्म घडी जस्तो घुमाउनु पर्छ ।

 

अब यो ल्वाङ्गलाई खुल्ला छतमा वा यदि आफ्नो घर छैन या घर भएरपनि घरको छत छैन भने जूनको उज्यालो आउने कुनै खुल्ला ठाँउमा लिएर जानुहोस् ।

 

जहाँ रातभर चन्द्रमाको प्रकाश आईरहोस् । अनि चन्द्रमा तर्फ फर्कीएर ल्वाङ्गलाई हातमा राखी तीनपटकसम्म आफ्ना इच्छाहरु बोल्नुहोस् । याद राख्नुहोस केवल इच्छा भन्नुहोस् गुनासो हाईन् । यसो गर्दा तपाईका अधुरो रहेको काम, जागीर वा सम्पती कमाउने इच्छा जाहेर गर्नुपर्छ ।

 

बेलुका ९ बजेपछि तपाईंले यो प्रक्रिया अपनाउनु भयो भने यो वर्षभरि तपाईलाई धन सम्पतीको कहिलै कमी हुने छैन् र लक्ष्मीमाताको कृपा दृष्टी हरहमेशा परिरहने छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

रवि लामिछानेमाथि इजलासमा दुर्व्यवहार भएको छैन : कास्की प्रहरी

    कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

राजनीति नगर्न एनआरएनएलाई प्रधानमन्त्रीको सुझाव

     प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र राजनीति नगर्न आग्रह गरेका

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट