दुई हजार नदिँदा २२ वर्षिया युवतीको हत्या
जिल्लाको आठबीसकोट नगरपालिका ५ का २८ वर्षीय धनबहादुर बिकले २२ वर्षीय रविन सार्कीलाई कुटपिट गरी हत्या गरेका छन् ।
गत मंसिर ७ गते आठबीसकोटको राडिबाट घरतर्फ जादै गर्दा बिकले वडा नं. ४ गिदीविसा भन्ने ठाउँमा सार्की माथि कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार सार्कीले उक्त घटना हुनभन्दा पहिला बिकलाई कुटपिट गरि घाइते बनाएका थिए ।
घाइतेको उपचारका क्रममा खर्च भएको दुई हजार बिकले नदिएको कारण कुटपिट भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए ।
सार्कीको उपचारको क्रममा गत मंसिर ११ गते मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको थियो ।
कुटपिटपछि फरार भएका बिकलाई मंसिर १० गते जाजरकोटको बगराबाट पक्राउ गरी प्रहरीले बिहीबार सार्वजनिक गरेको छ ।
जिल्ला अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

