‘इसाई धर्म प्रचारकको आयोजक बनेर सरकारले देशलाई द्वन्द्वतर्फ धकल्यो’



हाम्रो इकोनोमि

जनकपुर– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारले देशमा शान्ति, स्थायित्व, विकास र समृद्धिभन्दा देशलाई द्वन्द्वतर्फ धकेलेको आरोप लगाएका छन् ।

बिहिबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले इसाई धर्मप्रचार संस्थाको कार्यक्रममा सरकार आफै सहआयोजक बन्नु आपत्तिजनक विषय रहेको भन्दै यसले नयाँ अस्थिरताको खतरा बढेको दावी गरे ।

अध्यक्ष थापाले २०६३/०६३ को आन्दोलनमा धर्म निरपेक्षताको कुरा नउठेपनि  विदेशीको ईशारामा धर्म निरपेक्ष राष्ट्र घोषणा गरेको बताए ।

उनले जनआन्दोलनपछि १२ वर्षमा लाखौँ व्यक्तिलाई विभिन्न प्रलोभनमा धर्म परिवर्तन गराईएको दावी गर्दै यसरी धर्म परिवर्तन बढ्दै गए मुलुक धार्मिक तथा सांस्कृतिक द्वन्द्वमा फस्ने चेतावनी दिए ।

अध्यक्ष थापाले आगामी फाल्गनु ७ गते देखि राप्रपाले हिन्दुराष्ट्र निर्माणका लागि संघर्षका कार्यक्रम गर्ने भन्दै १ वर्षभित्र संगठन सुदृढिकरण अभियान, पार्टी इकाईको पुनर्गठन, ५० हजार सदस्यता वितरण र हिन्दुराष्ट्र पुनर्जागरणको अभियान चलाइने जानकारी दिए ।

पार्टी एकीकरणबारे अध्यक्ष थापाले पशुपति शम्शेर जबराले नै विभिन्न बखेडा झिकेर भाग्न खोजेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...