आतंकवादको निशानामा नेपाल ३३ औं नम्बरमा ! दक्षिण एशियाका तीन राष्ट्र ‘टप टेन’ भित्रै



हाम्रो इकोनोमि

 

आतंकवादबाट दक्षिण एशियाली मुलुक सबैभन्दा बढी निशानामा रहेको विश्वव्यापी रुपमा बुधबार सार्वजनिक गरिएको ‘ग्लोबल टेरोरिज्म इन्डेक्स २०१८’ प्रतिवेदनले जनाएको छ । अष्ट्रेलियामा मुख्यालय रहेको इन्स्टिच्युट फर इकोनोमिक्स एण्ड पिस (आईईपी) ले हरेक वर्ष यो प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ । विश्वव्यापी थिंक ट्यांकका रुपमा लिइने यो संस्थाको अष्ट्रेलियाको सिड्नीमा मुख्यालय रहेको छ भने न्यूयोर्क, मेक्सिको सिटी र हेगमा शाखा कार्यालयहरु रहेका छन् ।

 

प्रतिवेदनमा दक्षिण एशियाली मुलुकहरु अफगानिस्तान, पाकिस्तान र भारतलाई आतंकवादबाट सबैभन्दा बढी प्रभावित टप टेन राष्ट्रहरु मध्येमा राखिएको छ । नेपाल भने सो सूचीमा ३३ औं नम्बरमा छ ।

 

सूचीमा पहिलो नम्बरमा खाडी मुलुक इराकलाई राखिएको छ भने दोस्रोमा दक्षिण एशियाबाटै अफगानिस्तानलाई राखिएको  छ । त्यसपछि टपटेन सम्म क्रमशः नाइजेरिया, सिरिया, पाकिस्तान, सोमालिया, भारत, यमन, इजिप्ट र फिलिपिन्स परेका छन् । सो सूचीमा नेपालको अर्को छिमेकी चीनलाई भने ३६ औं नम्बरमा राखिएको छ ।

 

यसैगरी विश्वको महाशक्ति राष्ट्र अमेरिका २० औं नम्बरमा छ भने बेलायत २८ औं नम्बरमा छ । अध्ययनमा राखिएका १३८ मुलुक मध्ये बोलिभियालाई सबैभन्दा पुछारमा राखिएको छ भने दक्षिण एशियाकै भुटान पनि १३५ औं नम्बरमा छ ।

 

प्रतिवेदनमा सन् १९७० देखि २०१७ सम्मको अवधिमा १ लाख ७० हजार आतंकवाद सम्बन्धी घटना भएको प्रतिवेदनमा  उल्लेख गरिएको छ । दक्षिण एशियाका चार राष्ट्रमा भने सन् २०१६ र २०१७ मा आतंकवादका गतिविधि अन्य तीन राष्ट्रको तुलनामा केही नियन्त्रित रहेको जनाइएको छ । तीन राष्ट्र अफगानिस्तान, पाकिस्तान र भारतलाई सो सूचीमा टपटेनभित्रै राखिएकोले सो क्षेत्रका बाँकी चार राष्ट्रमा सुधार भएको भनिएपनि नाम भने लिइएको छैन । गएको १६ वर्षमा दक्षिण एशियाका श्रीलंका र नेपालमा आतंकवादको गतिविधि नियन्त्रणमा आएको प्रतिवेदनमा उल्लेख  छ ।

 

सन् २०१७ मा ती मुलुकको अवस्था केही बिग्रिएको भएपनि श्रीलंका र नेपालमा क्रमशः सन् २००६ र २००४मा जसरी आतंकवादका गतिविधि शिखरमा पुगेका थिए त्यसमा भने नियन्त्रण आएको प्रतिवेदनमा उल्लेख छ । श्रीलंकामा आतंकवाद नियन्त्रणमा आउनुमा त्यहाको लिबरेसन टाइगर्स अफ तमिल इलमको पराजयलाई कारक मानिएको छ ।

 

नेपालमा विगतको माओवादी गतिविधिका कारण आतंकवाद बढेकोतर्फ संकेत गरिएको भएपनि प्रतिवेदनमा सो कुरा किटेर उल्लेख भने गरिएको छैन । दक्षिण एशियाका मुलुकहरुमा आईएसआईएल र यससँग सम्बन्धित आतंकवादी संगठनका गतिविधिले अप्ठेरोमा पारेको प्रतिवेदनमा जनाइएको छ ।  प्रतिवेदनमा बंगलादेशको ढाकामा सन् २०१६ मा भएको आक्रमणमा २८ जनाको मृत्यु भएको चर्चा गर्दै आईएसआईएलले सो घटनाको जिम्मेबारी लिएको उल्लेख गरिएको छ । सबैभन्दा भयानक आक्रमण अफगानिस्तान र पाकिस्तानमा इश्लामिक स्टेटको खोरासान च्याप्टरले गराएको र ती आक्रमणमा क्रमशः ९३ र ९१ मानिसको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ ।

 

यो क्षेत्रको सबैभन्दा घातक  आतंकवादी समूह तालिबान रहेको र सो संगठनको आक्रमणमा परि सन् २०१७ मा ३ हजार ५ सय ७१ जनाको अफगानिस्तानमा मृत्यु भएको जनाइएको छ । लामो समयदेखि यो समूहले अफगानिस्तान र पाकिस्तानमा घातक आक्रमण गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।

 

भारतमा भने सरकार विरोधी आतंकवादी गतिविधि भइरहेको र आक्रमणकारीले प्रहरी वा सेनालाई लक्षित गरेको प्रतिवेदनमा जनाइएको छ । सन् २०१७ मा यो क्षेत्रमा भएका गतिविधि मध्ये ५२ प्रतिशतमा प्रहरी र सेनालाई लक्षित गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...