तेस्रो विश्वयुद्धको संकेत, अमेरिकामाथि रुसी राष्ट्रपतिको कडा चेतावनी, भने–मिसाइल पड्काउँछौ



हाम्रो इकोनोमि

 

अमेरिकासँगको शित युद्ध अन्त्य गर्ने क्रममा भएको सम्झौतामा प्रतिबन्ध गरिएका मिसाइल विकास गर्ने रुसले चेतावनी दिएको छ । अमेरिका शित युद्ध अन्त्य गर्ने बेला भएको सम्झौता आइएनएफ अर्थात इन्टरमिडिएट–रेन्ज न्युक्लियर फोर्स ट्रिटीबाट बाहिरिएमा आफूहरुले मिसाइल निमार्ण गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका हुन् ।

नेटोले मंगलबार रुसमाथि आइएनएफ उल्लंघन गरेको आरोप लगाएपछि पुटिनको यस्तो चेतावनी आएको हो । सन् १९८७ मा तत्कालीन सोभियत युनियन र अमेरिकाबिच भएको सन्धिपछि दुवै देशमाथि छोटो तथा मध्यम दूरीका मिसाइल प्रयोग र उत्पादनमा प्रतिबन्ध लागेको छ ।

तर नेटोले आफ्नो देशमाथि सन्धि उल्लंघन गरेको भनेर लगाएको आरोप सन्धिबाट अमेरिका बाहिरिने बहाना रहेको पुटिनको भनाई छ । टेलिभिजनमार्फत प्रशारण भएको प्रतिक्रियामा पुटिनले अरु धेरै देशले आइएनएफ अन्तर्गत प्रतिबन्धित आणविक हतियार निर्माण गरेको पनि बताएका छन् ।

उनले भनेका छन्, ‘अब हाम्रा अमेरिकी साथीहरुलाई लागेको हुन सक्छ कि परिवर्तित परिवेशमा हामीसँग पनि यस्ता हतियार हुनु पर्छ, त्यसले सन्धिबाट बाहिरिने बहाना खोज्दै हुनुहुन्छ ।’

उनले अघि भनेका छन्, ‘यसमा हाम्रो प्रतिक्रिक के हुन्छ, सजिलो छ–हामीले पनि मिसाइल निर्माण गर्छौँ ।’केही समयअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका सन्धिबाट बाहिरिने बताएका थिए र उनले यसको कारण रुसी गतिविधि रहेको बताएका थिए ।

मंगलबार पश्चिमा देशको सैन्य गठबन्धन नेटोले औपचारिक रुपमा रुसमाथि आइएनएफ उल्लंघन गरेको आरोप लगाएको थियो ।अमेरिका र रुसबिच सन् १९८७ मा मध्यम स्तरको परमाणु शक्ति (आइएनएफ) सन्धि भएको थियो ।

 

यो सन्धिले स्थलमा हुने मध्यम स्तरका परमाणु हतियारको प्रक्षेपणमा रोक लगाएको थियो । अर्थात यो सन्धि अनुसार ५०० सय देखि ५५ सय किलोमिटरको दूरीसम्म मार हान्न सक्ने मिसाइल परीक्षण गर्न पाईँदैन ।

रुससँगको महत्वपूर्ण परमाणु सन्धिबाट बाहिरिने भयो अमेरिका

अमेरिका परमाणु हतियार सम्बन्धी रुससँगको महत्वपूर्ण सन्धिबाट बाहिरिने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँगको परमाणु हतियार सम्बन्धी सन्धिबाट अमेरिका बाहिर लागेको पुष्टि गरेका छन् ।

पत्रकारसँगको कुराकानीको क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले रुसले सन् १९८७ को सन्धिको उल्लंघन गरेको आरोप लगाए । अमेरिका र रुसबिच सन् १९८७ मा मध्यम स्तरको परमाणु शक्ति (आइएनएफ) सन्धि भएको थियो ।

यो सन्धिले स्थलमा हुने मध्यम स्तरका परमाणु हतियारको प्रक्षेपणमा रोक लगाएको थियो । अर्थात यो सन्धि अनुसार ५०० सय देखि ५५ सय किलोमिटरको दूरीसम्म मार हान्न सक्ने मिसाइल परीक्षण गर्न पाईँदैन ।अमेरिकाले नपाएको अवस्थामा रुसले यस्ता हतियार परीक्षण गर्न दिने पक्षमा आफूहरु नरहेको राष्ट्रपति ट्रम्पले बताएका छन् ।

ट्रम्पले भने, ‘मलाई थाहा छैन कि राष्ट्रपति बाराक ओबामाले यसबारेमा कुनै छलफल किन गर्नु भएन वा यसबाट किन बाहिरिनु भएन । रुसले यो सन्धि धेरै वर्षदेखि उल्लंघन गर्दै आएको छ ।’

सन् २०१४ मा तत्कालीन राष्ट्रपति ओबामाले आइएनएफको उल्लंघन गरेको भन्दै रुसको आलोचना गरेका थिए ।तत्कालीन सोभियत युनियनका नेता मिखाइल गोर्बाचोभ र तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले आइएनएफमा सन् १९८७ मा हस्ताक्षर गरेका थिए ।

ट्रम्पको निर्णयले शीत युद्ध फर्किने डर

पूर्व सोभियत युनियनका राष्ट्रपति मिखाइल गोर्बाचोभले शीत युद्ध अन्त्य गर्ने मध्येको एक महत्वपूर्ण सन्धिबाट अमेरिका बाहिरिएने निर्णयले परमाणु हतियार निशस्त्रीकरण प्रक्रियामा ठूलो झड्का लागेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले रुससँगको परमाणु हतियार सम्बन्धी सन्धिबाट अमेरिका बाहिर लागेको पुष्टि गरेपछि सन्धिका हस्ताक्षरकर्ता गोर्बाचोभले त्यसको आलोचना गरेका हुन् ।

रुसले सन् १९८७ मा भएको सन्धिको उल्लंघन गरेको आरोप अमेरिकाको छ । अमेरिका र रुसबिच सन् १९८७ मा मध्यम स्तरको परमाणु शक्ति (आइएनएफ) सन्धि भएको थियो ।

यो सन्धिले स्थलमा हुने मध्यम स्तरका परमाणु हतियारको प्रक्षेपणमा रोक लगाएको थियो । अर्थात यो सन्धि अनुसार ५०० सय देखि ५५ सय किलोमिटरको दूरीसम्म मार हान्न सक्ने मिसाइल परीक्षण गर्न पाईँदैन ।

तत्कालीन सोभियत युनियनका नेता मिखाइल गोर्बाचोभ र तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले आइएनएफमा सन् १९८७ मा हस्ताक्षर गरेका थिए । रुसले ट्रम्पको निर्णयको आलोचना गरेको छ ।

अमेरिकी सुरक्षा सल्लाहकार जोन बोल्टनको रुस भ्रमणको क्रममा यो विषयमा कुरा हुने बताइएको छ । जर्मनीले पनि अमेरिकी कदमको आलोचना गरेको छ । गोर्बाचोभसहितले ट्रम्पको निर्णयले शीत युद्ध फर्किने डर रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...