भब्य बन्यो ‘छक्का पन्जा ३’ को ५१ दिने पार्टी



हाम्रो इकोनोमि

 

फिल्म ‘छक्का पन्जा ३’ ले ५१ दिनको खुसीयाली मनाएको छ ।

मंगलबार बबरमहलस्थित एक पार्टी प्यालेसमा रात्री भोजको आयोजना गर्दै छक्का पञ्जा २ टिमले एकाउन्न दिनको पार्टी गरेको हो ।

छक्का पञ्जा ३’ को ५१ दिने पार्टीमा फिल्म युनिट सहित, फिल्मकर्मी र सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो ।

कार्यक्रममा फिल्मका कलाकार तथा प्राविधिकलाई मायाको चिनो र सञ्चाकर्मीलाई प्रमाण पत्र प्रदान गरियो ।

कलाकारद्वाय जितु नेपाल र केदार घिमिरेले संयुक्त रुपमा पाहुनालाई स्वागत गरेका थिए ।

 

रेड कार्पेट सहितको भव्य कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, करिश्मा मानन्धरलगायत थुप्रै कलाकर्मी उपस्थित थिए ।

‘छक्का पञ्जा ३’ टिमको तर्फबाट निर्देशक दीपाश्री निरौला, लेखक, निर्माता तथा अभिनेता दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, निर शाह, लक्ष्मी गिरी, नायिका स्वस्तिमा खड्का, वर्षा राउत, संगीतकार दीपक शर्मा लगायत कार्यक्रममा उपस्थित थिए ।

फिल्मकी मुख्य नायिका दीपिका प्रसाईं भने कार्यक्रममा उपस्थित भइनन् ।

कार्यक्रममा मदनकृष्ण श्रेष्ठ र करिश्मासँगै भुवन केसी, छविराज ओझा, विनोद मानन्धर, सन्दिप क्षेत्री, सिताराम कट्टेल, कुञ्जना घिमिरे, निशान भट्टराई, निर्मल शर्मा, बसुन्धरा भुषाल, संगीतकार राजनराज सिवाकोटी लगायत पुगेका थिए ।

उनीहरुले फिल्मको सफलताको लागि बधाई दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...