संघियताले देश टाट पल्टियो, अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने तयारमिा सरकार



 

सरकारले फेरि अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने तयारी थालेको छ । यसअघि गत साल १९ देखि २० फागुन २०७३ मा पहिलोपटक लगानी सम्मेलन गरिएको थियो । अन्तर्राष्ट्रिय लगानीकर्तालाई लगानीका लागि नेपाल उपयुक्त गन्तव्य हो भन्ने विश्वास दिलाउन सरकारले फेरि अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्न लागेको हो ।

 

सम्मेलन आउने मार्चको अन्तिम साता गर्ने तयारी भइरहेको लगानी बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले जानकारी दिए । उनले भने, ‘अघिल्लो वर्ष गरेको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा विभिन्न लगानीकर्तालाई नेपालमा लगानीको वातावरण राम्रो छ भन्ने अनुभूति दिलाउन पुनः दोस्रो सम्मेलनको आयोजना गर्न लागेका हौं ।’

 

उनले सम्मेलनमा केही परियोजनाको समझदारीपत्रमा हस्ताक्षर गर्ने योजना बनाइएको जानकारी दिए । उनले अगाडि भने, ‘सम्मेलन गर्ना साथ लगानी आउँछ भन्ने होइन । त्यसका लागि लगानीकर्ताले लगानी गर्ने क्षेत्रको लामो अध्ययन गरेर मात्र लगानी गर्ने गर्दछ ।’

 

अहिले विभिन्न देशका लगानीकर्ताले नेपालमा लगानी गर्न चासो देखाइरहेका छन् । उनले विदेशी लगानीकर्ताले नेपालमा लगानी गर्न चासो देखाउनु राम्रो भएको जनाए ।

 

उनले भने, ‘ठूला आयोजनाहरू भनेका एक÷दुई वर्षभित्रै आइहाल्छन् भन्ने हुँदैन । यसका लागि ६÷७ वर्ष पनि लाग्न सक्छ ।’ चार÷पाँच महिना वा एक वर्षको तथ्यांक हेरेर विदेशी लगानी घटे÷बढेको भन्न नमिल्ले उनले बताए ।

 

अहिले नयाँ संरचानामा सरकार गएको हुँदा विभिन्न नियम कानुन बनिरहेका छन् । सबै नीति नियम, ऐन कानुन बनिसकेपछि विदेशी लगानी भिœयाउन सहज हुने उनको भनाइ छ ।

 

२०७३ मा गरिएको लगानी प्रतिबद्धता

१.     चीन    ८ खर्ब ३० अर्ब

२.     बंगलादेश       २ खर्ब ४० अर्ब

३.     श्रीलंका  ५० अर्ब

४.     जापान  १ खर्ब

५.     बेलायत १ खर्ब

६.     भारत   ३१ अर्ब ७० करोड

७.     नेपालका लगानीकर्ता     १ अर्ब १५ करोड

 

लगानी प्रतिबद्धता अधुरै

सरकारले २०७३ अन्तर्राष्ट्रिय लगानी सम्मेलन गरेको समयमा १४ खर्बको अगानी प्रतिबद्धता भएको भए पनि अधिकांश लगानी सरकारले भिœयाउन सकेको छैन । सरकारले अन्तर्राष्ट्रिय लगानी सम्मेलन १९ देखि २० फागुन २०७३ मा गरेको थियो । सो सम्मेलनमा २१ देशका २५० भन्दा धेरै लगानीकर्ता उपस्थित भएका थिए ।

 

सो सम्मेलनमा भारत, चीन, बंगलादेशलगायतका २१ वटा देशको उपस्थिति रहेको थियो । सम्मेलनमा विभिन्न देशका लगानीकर्ताले नेपालमा कविर १४ खर्बको नेपाल रुपैयाँ लगानी गर्ने प्रतिबद्धता गरेको थियो । सो सम्मेलनमा सरकारले करिब १ खर्ब लगानीको मात्र अपेक्ष गरेको थियो ।

 

जसमध्येमा सबैभन्दा धेरै चीनबाट ८ खर्ब ८८ अर्ब रुपैयाँबराबरको लगानी गर्ने प्रतिबद्धता जनाइएको थियो ।  यस्तै बंगलादेशबाट २ खर्ब ५६ अर्ब, जापान र बेलायतबाट १ खर्ब, श्रीलंकाबाट ५३ अर्ब र भारतबाट झन्डै ३४ अर्ब रुपैयाँबराबरको लगानी गर्ने प्रतिबद्धता व्यक्त भएको थियो ।

 

तर, सम्मेलनमा सोचेभन्दा निकै धेरै प्रतिबद्धता आए पनि सरकारले यसको सदुपयोग गर्न केही कदम चालेको देखिँदैन । त्यसलाई निरन्तरता नदिँदा १४ खर्ब रुपैयाँको प्रतिबद्धता बोलीमै सीमित भएको छ ।

 

सम्मेलनपछि समस्या सुधार तथा प्रतिबद्धताको कार्यान्वयन गर्न राष्ट्रिय योजना आयोगअन्तर्गत नीतिगत सुधार समिति, अर्थ मन्त्रालयको संयोजकत्वमा परियोजना बैंक परिमार्जन समिति, लगानी बोर्डको संयोजकत्वमा औद्योगिक प्रवद्र्धन समिति र उद्योग मन्त्रालयको संयोजकत्वमा समग्र समन्वय समिति गठन गरिएको थियो ।

चित्रबहादुर केसीले भने नेपालमा राजतन्त्र पूर्नस्थापना हुन्छ

राष्ट्रिय जनमोर्चाले अझैपनि मुलुकमा राजतन्त्र पूर्नस्थापना हुने खतरा रहेको औंल्याएको छ । यसप्रति सबै सचेत हुनुपर्ने उसको अपिल छ ।

 

 रिपोर्टर्स क्लब नेपालमा पार्टीले आफ्नो अवधारणापत्र सार्वजनिक गर्दै यस्तो खतरा औंल्याएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले भारतमा हिन्दुवादीहरुको सरकार भएकोले नेपालमा पनि पूर्वराजा र राजावादीहरु हिन्दू धर्मको नामबाट जनतामा भ्रम फैलाउन अभ्यस्त रहेको गम्भिर आरोप लगाए ।

 

उनले भने,‘अहिले पूर्वराजा र राजवादीहरु नेपालमा धर्मको नाममा राजनीति गरिरहेका छन् । र, भारतको अनुकुलतामा नेपालमा संघीयता आएकोले यो व्यवस्था कमजोर हुन्छ । त्यही कमजोरीमाथि टेकेर राजतन्त्र व्यँतिने खतरापनि उत्तिकै छ । संघीयता खारेजी नगरिकन नेपालमा गणतन्त्र सुदृढ हुने अवस्था देखिँदैन् ।’ कार्यक्रममा पार्टीको अवधारणापत्र अध्यक्ष केसीले वाचन गरेका थिए ।

 

कार्यक्रममा नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले सही वस्तुगत अवस्था नभई जनवादी गणतन्त्र आउने अवस्था नभएको हुँदा तत्काल् यही गणतान्त्रिक व्यवस्थालाई नै सुदृढ गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

 

त्यस्तै कार्यक्रममा मोहन बैद्य नेतृत्वको नेकपा क्रान्त्रिकारी माओवादीको पोलिटव्यूरो सदस्य दिनेश शर्माले प्रतिगामी खतराको विरुद्ध आफूहरु क्रान्तिकारी एकजुट भएर जानुपर्ने बताए । उनले भने,‘त्यसको लागि संयुक्त कार्यक्रम बनाएर जानुपर्छ ।’

प्रतिक्रिया दिनुहोस
चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा ऋण सम्बन्धी कुनै सम्झौता

पूर्वप्रधानमन्त्रीहरूसँग चीन भ्रमणबारे प्रधानमन्त्रीले गरे परामर्श

    आसन्न चीन भ्रमणका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवालाहरूसँग छलफल गरेका

सुनको मूल्य एकैदिन तोलामा १५ हजार ९ सयले घट्यो

    नेपाली बजारमा सुनको मूल्य एकै दिन तोलामा झण्डै १६ हजारले घटेको

ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट

    ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने