निर्मला हत्याकाण्डः काठमाडौंबाट एकजना पक्राउ



हाम्रो इकोनोमि

 

कञ्चनपुरको भीमदत्तनगर–२ कि १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कार–हत्यामा संग्लनताको आरोपमा एकजना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंबाटै कञ्चनपुरका २२ वर्षीय एक युवकलाई पक्राउ गरेको उच्च स्रोतले जनाएको छ ।

 

पक्राउ पर्ने युवकको नाम गोप्य राखिएको छ । प्राप्त सूचनाअनुसार गत साउन ११ गते उखुबारीमा निर्मला मृत अवस्थामा फेला परेको दिनदेखि ती युवक कञ्चनपुरमा नदेखिएको स्रोत बताउँछ ।

 

उनको परिवारका सदस्यले ती युवा भारत गएको बताएका थिए । तर उनी मंगलबार साँझ काठमाडौंबाट पक्राउ परेका हुन् । स्रोतका अनुसार पक्राउ परेका युवकको डीएनए परीक्षणका लागि नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालामा पठाइएको छ । उनको दुई दिनमा डीएनए रिपोर्ट आउने र रिपोर्ट नआएसम्म ती युवकलाई प्रहरी हिरासतमै राखिने बताइएको छ । पक्राउ परेका युवकको भूमिका शंकास्पद देखिएको र उनी यसअघि पनि अपराधिक गतिविधिमा संलग्न रहेको पाइएको बताइएको छ ।

 

कञ्चनपुर प्रहरीका एसपी कुवेरसिंह कडायतले भने यसबारे आफूलाई कुनै जानकारी नरहेको बताए । ‘‘काठमाडौंको कुरा मलाई जानकारी छैन । हामी घटनाको अनुसन्धानमा भने जुटिरहेका छौं,” एसपी कडायतले भने, “हामीले दैनिक रुपमा शंकास्पद व्याक्तिसँग सोधपुछ गरिरहेका छौं । हालसम्म ९ जनाको डीएनए परीक्षण पनि गरेका छौं । अरु केही पनि अनुसन्धानको घेरामा छन् ।”

 

प्रहरी अनुसन्धानमा स्थानीय र आफन्तकै सहयोग कम भएको अनुसन्धानमा संग्लन अधिकारीको गुनासो छ । कञ्चनपुर प्रहरीले यसअघि गत भदौ ४ गते निर्मलाको बलात्कारपछि हत्यामा संलग्न रहेको आरोपमा भीमदत्तनगर–१९ बाँगफाँटाका ४१ वर्षीय दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । दिलिपको डीएनए निर्मलाको ‘भेजिनल स्वावसँग’ मेल नखाएपछि उनी थुनामुक्त भएका थिए । पुष्टि नभएकाले प्रहरीले मंगलबार पक्राउ परेका युवकको बारेमा बताउन नखोजेको स्रोतले बतायो ।

 

निर्मला हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय चक्र बडुलाई पनि पक्राउ गरेको थियो । गत साउन १० गते साथी रोशनी वमको घरमा गएकी निर्मला साउन ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् ।  निर्मला हत्याको अनुसन्धानमा प्रहरीको टोली सक्रिय छ । तर निष्कर्षमा पुगिहाल्ने र अपराधी किटान गर्ने अवस्थामा भने प्रहरी पुगिनसकेको प्रहरी स्रोत बताउँछ ।

 

प्रहरीकै गाडीमा निर्मलाका पोष्टर !

 

निर्मलाका लागि न्याय माग्दै पोष्टर टाँस्ने अभियान चलाइरहेका केही युवाले आज राजधानीको प्रदर्शनीमार्गमा ‘सरकार भेटियो न्याय भेटिएन’ नारा लेखिएका पोष्टर टाँस्ने तथा प्रदर्शन गर्ने कार्य गरेका छन्।

 

पोष्टर टाँस्न युवा भेला भएपछि प्रहरी पनि त्यहाँ पुगेको थियो। पोष्टरिङ तथा प्रदर्शन गरिएका युवालाई स्र्कटिङ गर्न प्रहरीले गाडिबाट ओलिएपछि प्रदर्शनकारीले प्रहरीकै भ्यानमा पोष्टर टाँसेका थिए।

 

गत साउन ११ गते कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका अपराधी पक्राउ गर्न सरकार असक्षम भएपछि नागरिक स्तरबाट दबाव दिने क्रम जारी छ। यसैक्रममा गतसाता देखि युवाहरुको स्वतन्त्र समूहले पोष्टर तथा स्टिकर टाँस्ने काम गर्दै आएका छन्। हिजो मात्रै लामो दुरीका बस तथा सवारीसाधनमा यस्तै पोष्टर टाँसिएका थिए।

श्रीमानलाई जेलबाट छुट्ने आशमा शरिर र पैसा दिए पछि

राजनीतिक शक्तिको आधारमा समाजमा कतिसम्मको अपराध हुने गर्छ भन्ने कुरा राजविराजकी एक महिलामाथि एक नेताले गरेको दुव्र्यवहारबाट छर्लङ्ग हुन्छ ।

 

सप्तरीमा राष्ट्रिय जनता पार्टी (राजपा) का एक नेताले एक महिलासँग लाखौ रुपैयाँ ठग्नुका साथै बलात्कार समेत गरेको घटना सार्वजनिक भएको छ । ठगी र बलात्कार आरोपमा सप्तरी प्रहरीले राजपा नेपाल सप्तरीका कोषाध्यक्ष मनोज मेहतालाई आइतबार पक्राउ गरेको छ ।

 

छिन्नमस्ता गाउँपालिका–५ लोखरमका मेहताले राजविराज कारागारमा थुनामा रहेका श्रीमानलाई छुटाई दिने प्रलोभन देखाई साढे १० लाख रुपैयाँ ठग्नुका साथै लजमा लगी बलात्कार गरेको पीडित महिलाले बताएकी छन् । मेहताविरुद्ध ठगी तथा बलात्कार दुबै उजुरी दर्ता गरिएको डीएसपी भावेश रिमालले जानकारी दिएका छन् ।

 

अपहरण तथा शरीर बन्धक मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका महिलाका श्रीमानलाई राजनीतिक पहुँचका आधारमा छुटाई दिने आश्वासन दिँदै मेहताले पटक–पटक गरी करिब साढे १० लाख रुपैयाँ ठगी गरेको उनले बताइन् ।

 

जिल्ला कारागार, सप्तरी पछिल्लो पटक शंका लाग्न थालेपछि पीडितले बैंकमार्फत एक लाख ९५ हजार पठाएकी थिइन् । त्यसअघि साढे एक लाख, तीन लाख र चार लाख रुपैयाँ पटक–पटक गरी विभिन्न ठाउँबाट ऋणसापट लिएर नगदै दिएको पीडितको भनाई छ ।

 

जेल परेका श्रीमानले नै मेहतासँग गत चैतको अन्त्यतिर चिनजान गराई दिएपछि बैशाखदेखि मेहताले बारम्बार सम्पर्क गरी आफ्नो पहुँच न्यायाधीश, एसपी, कर्मचारी सबैसँग भएकोले छुटाउन १० लाख रकम माग गरेका थिए ।

 

पीडितका अनुसार पछिल्लो पटक जेलमै भेट भएका मेहताले न्यायाधीशको मानिससँग भेटन जाउँ, आफै पनि कुरा गर भन्दै राजविराजस्थित अशोक लज लगेका थिए ।

काठमाडौंको रानीबारीमा १४ वर्षीया किशोरी बलात्कृत

 

लजमा न्यायाधीशको मानिस १५ मिनेटसम्म पनि नआएपछि निक्लिन खोज्दा उनले भित्रबाट चुकुल लगाएर शुरुमा कुटपिट गरी बलात्कार गरेको पीडितले रुँदै बताएकी छन् । यसबारे श्रीमानलाई तत्कालै आफूले जानकारी दिएपछि प्रहरीकहाँ उजुरी गरेको उनले बताइन् ।

काठमाडौं महानगरपालिका-३ रानीवारीमा एक १३ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । मकवानपुर हेटौंडाकी ती किशोरीलाई कोठामा अभिभावक नभएको बेला ललाई फकाई गरी बलात्कार गरेको अभियोगमा प्रहरीले ठाउँ डेरा गरी बस्ने रौतहट राजदेवी नगरपालिका–८ घर भएका १७ वर्षीय धर्मेन्द्र यादवलाई पक्राउ गरेको हो ।  यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

साथीको हत्या गरेको अभियोगमा ६ जना पक्राउ

सुनसरी–धरान उपमहानगरपालिका–१७ स्थित उदय टोल बस्ने १७ वर्षीय आशिष ठटालको हत्या गरेको अभियोगमा सोही उपमहानगरपालिका बस्ने २८ कोमल गुरुङसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

मंसिर ७ गते राति आशिष सहित ७ जना सोही ठाउँस्थित उदय सामुदायिक जंगलमा शिकार खेल्न गएकोमा ६ जना साथीहरु घर फर्किआएको र आशिष घर फर्की नआएको भन्दै उनका आफन्तले मंसिर १६ गते ईलाका प्रहरी कार्यालय धरानमा जानकारी गराएका थिए ।

 

सो पश्चात खोजीकार्यमा जुटेको प्रहरीले शिकार खेल्न गएका कोमल समेत ६ जनालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनीहरुले आशिषको हत्या गरी सोही ठाउँस्थित खाल्डोमा पुरेको खुल्न आएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...