मिस वल्र्डमा श्रृंखलाको सम्भावना कति ? हिडेन ट्रेजरका अध्यक्षले खाेले ठुलाे राज, भिडियो सहित



 

 

चीनको सान्यामा जारी ‘मिस वल्र्ड’ प्रतियोगितामा श्रृंखला खतिवडाले दुई विधामा अवार्ड जितेकी छन् । गत सोमबार साँझ भएको घोषणामा श्रृंखलाले ‘मल्टिमिडिया अवार्ड’ र ‘व्युटी विथ पर्पज’ जितेकी हुन् । मिस वल्र्डको टप ३० मा पर्नका लागि महत्वपूर्ण मानिने फास्ट ट्र्याक इभेन्टअन्तर्गत उनले सात मध्ये दुई अवार्ड जितेकी हुन् । आइतबार घोषणा भएको‘हेड टु हेड च्यालेञ्ज’मा भने श्रृंखला दोस्रो चरणमा सिंगापूरे सुन्दरीबाट पराजित भएकी थिइन् ।

 

मिस वल्र्डमा धेरै महत्वका साथ हेरिने व्युटि विथ पर्पजमा श्रृंखलाले बनाएकी भिडियो २५ प्रतिस्पर्धीलाई पछि पार्दै पहिलो भएको हो । विश्वभरका ११८ देशका सुन्दरीले ‘मिस वल्र्ड २०१८’मा भिडियो लिएर गएका थिए । आयोजकले ११८ भिडियोहरुमध्ये २५ भिडियोलाई सर्टलिष्टमा राखेको थियो ।

 

यसरी छानिएका २५ भिडियोमध्ये श्रृंखलाले बनाएकी भिडियो उत्कृष्ट भएको हो । श्रृंखलाले मकवनपुरको चेपाङ्ग बस्तीमा स्वास्थ्य चौकीको आवश्यकता र स्वास्थ्य चौकीले त्यस समस्दायमा आएको परिवर्तनलाई भिडियोमा कैद गरेकी थिइन् । मिशन बानियाले श्रृंखलाले भिडियो निर्माणमा सहयोग गरेका थिए ।

 

गत सोमबार नै ‘मल्टिमिडिया अवार्ड’को घोषणा पनि भएको थियो । नेपालकी श्रृंखलालाई यो विधामा भने सुरुदेखिनै दाबेदार मानिदै आएको थियो । सामाजिक सञ्जालमा उपस्थिति, फलोअर इन्गेजमेन्ट, क्रिएटिभ कन्टेन्ट, र प्रभाव आदिलाई ध्यानमा राखी दिइने अवार्डमा श्रृंखलाले अन्य प्रतिस्पर्धीलाई निकै पछाडि छाडेकी थिइन् ।

 

श्रृंखलाले फेसबुक, इन्टाग्राम, मोबस्टार, ट्वीटर, मोडल पावरलाइभ आदि सबै माध्यमबाट दमदार उपस्थिति जनाएकी थिइन् । सामाजिक सञ्जाल बाहेक प्रतियोगीले मिल वल्र्डको आफ्नो यात्रालाई प्रस्तुत गर्ने शैली पनि निर्णयको आधारको रुपमा अगाडि सारिएको थियो ।

 

दुई विधाका अवार्ड जितेसँगै श्रृंखला फाइनलमा प्रवेश गरेकी छन् । अब ३० प्रतियोगीबाट १२ प्रतियोगी अर्को चरणमा पुग्नेछन् । सोही १२ प्रतियोगीबाट ५ जना अर्को चरणमा पुग्नेछन् । यिनै पाँचजनामध्ये एक जना मिस वल्र्ड बन्नेछ ।

 

यसै विषयमा न्युज २४ टेलिभिजनले आफ्नो नियमित प्रस्तुत ६ प्रश्नमा कुराकानीको लागि हिडेन ट्रेजरका अध्याक्ष गोपाल सुन्दरलाल कक्षपतीलाई आफ्नो स्टुडियोमा निम्त्याएको छ । कुुराकानीको क्रममा कक्षपतीले मिस वल्र्डमा श्रृंखलाको सम्भावना रहेको बताएका छन् ।

नेपालकी शान शृंखला खतिवडा मिस वर्ल्डको टप ३० मा प्रवेश गरेकी छिन्। उनी केन्या र मेक्सिकोका सुन्दरीलाई पछि पार्दै मल्टिमिडिया अवार्ड हात पार्दै मिस वल्र्ड २०१८ को टप ३० मा प्रवेश गरेकी हुन् । श्रृंखलाले १ सय १९ देशका प्रतिस्पर्धीहरुलाई पछि पार्दै यो महत्वपूर्ण अवार्ड जितेकी हुन्।त्यसैगरी उनले सोही दिन “ब्युटि विथ अ पर्पज” अवार्ड पनि जितेकी छिन् । ब्यूटी विथ पर्पसलाई मिस वर्ल्डमा सबैभन्दा महत्वपूर्ण विधा मानिन्छ।

 

उनले आफ्नो सामाजिक सञ्जालको माध्यमद्वारा आफूले यी दुबै अवार्ड जितकोमा र मिस वर्ल्डको टप ३० मा प्रवेश गरकोमा आफ्नो खुसी साटेकी छन् ।शृंखला खतिवडासँगै लाइभ अन्तर्वातामा मिस न्युजल्याण्ड २०१५ डेबोरा लेम्बी पनि थिइन् जो आफैमा मिस वर्ल्डका २०१८ की एक जज पनि हुन् ।

प्रतिक्रिया दिनुहोस
सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

रवि लामिछानेमाथि इजलासमा दुर्व्यवहार भएको छैन : कास्की प्रहरी

    कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

राजनीति नगर्न एनआरएनएलाई प्रधानमन्त्रीको सुझाव

     प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र राजनीति नगर्न आग्रह गरेका

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट