फोरमभित्र चर्कियो विवाद : रेणु यादवलाई कारवाही गरिने



 

उप प्रधानमन्त्री समेत हात पारेर दुईतिहाइको शक्तिशाली वाम सरकारमा सहभागी भएको संघीय समाजवादी फोरम नेपाल सत्तामा भएसँगै एकजना पदाधिकारीका कारण तनावमा रहेको स्रोत बताउछ । पार्टीको केन्द्रीय उपाध्यक्षका साथै राजनीतिक पहुँचका आधारमा पनि निकै शक्तिशाली मानिने रेणु यादवका कारण फोरमभित्र यतिबेला तनाब उत्पन्न भएको स्रोत बताउछ ।

 

रेणु यादवले कुनै बेला अध्यक्ष उपेन्द्र यादवको धेरै नै निकट भएर काम गरेकी थिइन । त्यसै कारण मन्त्री समेत भएकी थिइन । मन्त्री हु“दा रेणुले गरेको अनियमित काम अध्यक्ष यादव चुपचाप बसेर साथ दिने गरेका थिए । तर, अहिले परिस्थिति फेरिएको छ र रेणुलाई कारबाही गर्नुपर्ने माग बलियो बन्दै गएको छ ।

 

पार्टीको महासचिव रामसहाय यादव नै कारबाही गर्नुपर्ने लाइनमा उभिएपछि अध्यक्ष यादव अफठ्यारोमा परेका हुन् । अहिले अध्यक्ष उपेन्द्र यादव, उपाध्यक्ष रेणु यादव र महासचिव रामसहाय यादव अर्थात् तीन यादवबीचको रोचक भीडन्त देखिएको छ फोरमभित्र ।

हुन त, रेणु यादवलाई तीनवटा जिम्मेवारी छ पार्टीको । पार्टीको केन्द्रीय उपाध्यक्षसहित प्रदेश–२ को पाटी समितिको अध्यक्ष तथा इन्चार्ज छिन् । फोरमभित्र प्रदेश समितिको अध्यक्ष र इञ्चार्ज एउटै व्यक्ति हुनु हुदैन भनेर विरोध रहेको छ । त्यसले थप समस्या ल्याएको छ । स्रोतका अनुसार, अध्यक्ष उपेन्द्र यादव पक्षधर पार्टीका पदाधिकारीहरु रेणुलाई कारबाही गर्ने पक्षमा रहेका छन् ।

 

त्यही स्थिति देखिएपछि रेणुले केही समय पहिलाको बैठकमा राजीनामा पनि दिएकी थिइन सबै पदबाट । तर, पार्टीले स्वीकार गरेन । यद्यपि उनले पाएको जिम्मेवारीमा भने हेरफेर गर्ने तयारीमा रहेको बताइन्छ । स्रोतका अनुसार, पदाधिकारीमा वरिष्ठ नेता अशोक राई र सहअध्यक्ष राजेन्द्र श्रेष्ठको टोली अहिले केही बोलेका छैनन् । तर, अन्य मधेशी समूहका नेताहरु दुईधारमा विभाजित भएका छन् ।

 

यद्यपि राजविराज क्षेत्रमा पनि रेणुको खासै प्रभाव भने देखिएको छैन । प्रदेश–२ को समितिका सचिव शम्भु झा नै रेणुको विपक्षमा देखिएका छन् । स्रोतका अनुसार, महासचिव यादवसहितको टोली भने कुनै पनि हालतमा प्रदेश–२ को समितिको अध्यक्ष र इञ्चार्जमध्ये एउटा पदबाट हटाउन चाहिं भोलि २०७५ मंसिर २० गतेबाट बस्ने केन्द्रीय समितिको बैठकले निणर्य गर्ने बताइएको छ ।

 

तरुनीका कारण तनाब खेप्दै तीन भाई मन्त्री,गोकर्णलाई पुजाले यसरी सताउने,अरु क को परे च्याखेमा

महिलाहरुसँग जोडिदा धेरै व्यक्ति फन्दामा परेका छन् । यस्तै लफडामा फस्दै छन् गोकर्ण विष्ट । जसरी बालिका खड्काका कारण अहिले प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईलार्ई बदनाम गराउदैछिन् । संगीता अधिकारीका कारण पूर्व रक्षामन्त्री भिमसेन दास प्रधान बदनामी कमाउदै छन् । ठीक उही ढंगले एक जना महिलासँग नाम जोडिदा अहिले चर्चा कमाइरहेका श्रममन्त्री गोकर्ण विष्ट बदनाम बन्न पुगेका छन् ।

 

मलेसिया कामदार पठाउन नै रोकेर भीएलएन, बायोमेट्रिकको बार्षिक ४ अर्ब रुपैयाँको ब्यापार हत्याउने खेलमा लागेका पूजा चन्द ठकुरीको डिजाइनमा मन्त्री फसेको आरोप लाग्न थालेको छ । र मन्त्री विष्टलाई बदनाम गराउने अरु कोही नभई विद्युत प्राधिकरणको पूर्वप्रमुख कीर्तिचन्द ठकुरीकी छोरी हुन् उनी । यिनी यस्तो खेलाडी कि दुई तिहाई बहुमत प्राप्त सरकारलाई समेत बदनाम गराउदै छिन् ।

 

भीएलएन र बायोमेट्रिकजस्ता दलाली गर्ने र नेपाली श्रमिकलाई चुस्ने कम्पनी त खारेज भए तर अहिले यो कामको प्रवन्ध उनै पूजालाई दिने गरी गोकर्ण विष्टले प्रबन्ध मिलाउन खोजिरहेका छन् । यस्मा पूजा चन्द मात्र होइन होइन उपराष्टपति नन्द बहादुर पुनका पुत्र दिपेश समेत मुछिएका छन् । प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्दा भीएलएनका राम श्रेष्ठले १ अर्ब ८३ करोड बराबरको कारोबार गरेको देखिएको थियो । त्यही ठगी बिजनेस अहिले अर्को ‘बिचौलिया’ समूहलाई दिलाउन दिपेश हात धोएर लागि परेका छन् ।

 

यता यो संस्था हत्याउन पूजाले भेन्डर नामक संस्था संचालन गर्दै आएका ब्यक्तिलाई हटाएर बायोमेट्रिक, भीएलएन, आइएससी जस्ता संस्था आफ्नो हातमा पार्न श्रममन्त्री र मन्त्रालयका कर्मचारीलाई आफ्नो पक्षमा पार्ने धुनमा लागेकी छिन् ।

 

यी तिनै महिला हुन् जस्ले केही बर्ष अगाडि उनीविरुद्ध समाचार लेखेकै कारण एक दैनिकको पत्रकारको जागिर खाइदिएकी थिईन । दैनिक पत्रिकामा पूजा चन्द ठकुरीका काला कर्तुतहरुका विषयमा समाचार लेख्दा दैनिकमा कार्यरत ती पत्रकारले राजीनामा नै बुझाएर हिड्नु परेको थियो ।

 

अहिले तिनै पूजा पत्रकार,सम्पादकदेखि उच्च तहका प्रशासक, प्रहरी अधिकृतदेखि मन्त्रीसम्मलाई मलेसिया रोजगारीसँग सम्वन्धीत ‘भेन्डर’ संस्था हत्याउन लागि परेकी छिन् । बायोमेट्रिक, भीएलएन, आइएससी जस्ता राम्रो आर्थिक स्रोत भएका संस्था हत्याउन श्रममन्त्री गोकर्ण बिष्टको पहुँचमा पुग्न लागेकी हुन् ।

 

बेलैमा मन्त्री विष्टले यस्ता व्यक्तिलाई नचिन्ने हो भने उनले हटाएको मलेसियाको सिण्डिकेट पनि भौतिक योजना मन्त्री रघुबीर महासेठले हटाएको भनिएको यातायातको सिण्डिकेट झैं नहोला भन्न सकिन्न ।

 

यता जति नै ठूला कुरा गरे पनि हाम्रो अर्थतन्त्रलाई टिकाउने मुख्य पाटो भनेकै रेमिट्यान्स हो । नेपाल–मलेसिया श्रम सम्झौता भएको महिना दिनभन्दा बढीभइसक्यो । यो बीचमा १० हजारभन्दा बढी नेपाली श्रमिक भिसा लगाएरु बसेका छन् । तर उनीहरु मलेसिया उड्न पाइरहेका छैनन् । उता यो बीचमा मलेसिया रोजगार बन्द हुँदा नेपालले १० अर्ब ५० करोड रेमिट्यान्स गुमाएको तथ्यांक सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री ओली अस्वस्थ

  प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएका छन्। प्रधानमन्त्री ओलीलाई सोमबार बेलुकीदेखि ज्वरो

राजधानीको गौरीघाटमा छठपूजाका लागि तयारी

  राजधानीको गौरीघाटमा छठपूजाका लागि तयारी भइरहेको छ ।  गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा

पोखरामा रास्वपाको प्रदर्शन

  सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान चलिरहँदा समर्थकहरूले भने प्रतिशोधपूर्ण

फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

    प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल