अन्जु पन्तका १० विवाद : पैसाका लागि हुरुक्क, केटा भनेपछि जुरुक्क !



हाम्रो इकोनोमि

 

गायिका अञ्जु पन्तको स्वरमा जति भावुकताको मिठास अरुका स्वरमा विरलै भेटिएला । एउटा गजलमा भरेको स्वरले दिएको उचाईसँगै अञ्जुको गायन यात्राले पनि गति लियो । गायन नेपालमा एउटा राम्रो पेशा पनि बनिसकेको छ । यो सौखमात्र होइन, व्यावसायीकतामा परिणत भएको छ । व्यावसायीकतामा परिणत भएको पेशासँग त्यस व्यक्तिको चरित्र, चित्र र नीजि व्यवाहार पनि जोडिन्छन् । अझ, सेलिब्रिटी नै भएपछि नजोडिने त कुरै भएन ।

 

६ हजार बढी गीतमा स्वर दिएकी अन्जुलाई लाग्छ ७० प्रतिशत गीतमा आँसुको भाका मिसिएको छ । उनका गीतमा भावुकताका भाव भए पनि उनको स्वभाव कस्तो छ ? पति मनोज राजसँग सम्बन्ध विच्छेद गरेका अन्जु धर्म परिवर्तनका कारणले पनि विवादमा तानिने गरेकी छन् ।

 

अन्जुबारेका केही विवाद

१. अन्जुको स्वर र लुक्स जति स्वभाविक छ, उनको व्यवाहार अति अस्वभाविक छ । स्टेज शोमा दर्शकस्रोतको चाहनाअनुसार प्रस्तुती दिन नसकेका कारण देशभित्रका मेला महोत्सवमा उनको माग घटेको बताइन्छ ।

 

२. अन्जु कार्यक्रम मेला महोत्सवमा आफ्नो पारिश्रमिक कति भनेर खुलाउँदिनन् । जब काम सक्छिन् त्यसपछि आयोजक र प्रायोजकको ढाड भाँचिने गरी अप्ठेरोमा पार्छिन् । त्यसकारण पनि उनलाई स्टेज कार्यक्रममा बोलाउन छाडिएको चर्चा छ ।

 

३. पुरुष र मदिरालाई समानान्तर राख्ने अन्जुको पछिल्ला दिनमा स्वभावमा सुधार आएको बताइन्छ । तर उनले इलामदेखि धरानसम्मका स्टेजमा मदिरा पिएर गएको, गीत गाउन नसकेको र कार्यक्रम संयोजनकर्तासँग चक्कर चलेको आलोचना खेप्नु परेको थियो ।

 

४. अन्जु मिडियासँग नजिक हुन चहान्न् । मिडियाले उनका बारेमा नराम्रो लेख्यो भन्ने आरोप रहँदै आएको छ । मिडियासँग विरोधाभाष सम्बन्ध राखेका कारणले पनि उनी विवादीतमा तानिन्छिन् ।

 

५. विभिन्न देशमा हुने कार्यक्रममा समुहमा जान्नन् अन्जु । गए पनि उनका घरपरिवारका सबै सदस्यलाई लैजानु पर्ने भएकाले विदेशी स्टेजमा पनि उनको माग घटेको छ । एक जना होइन, २ जना होइन ४ देखि ५ जनासहित अन्जुलाई मोटो रकम दिनुपर्ने भएपछि विदेशी आयोजक पनि हैरान बन्न थालेका छन् ।

 

६. कलाकारितामा विवादमा आउने एउटा कारण हो, अफेयर । हुन त यो निजी जीवन भए पनि सम्बन्धको चर्चा सतहमा समेत हुने गरेको छ । कलाकार, गायकसँग सम्बन्ध स्थापित भएका कारण घर विग्रिएको भन्ने आरोप लाग्दै आएको छ । यो विवादबाट पनि उनी मुक्त छैनन् ।

 

७. अन्जुका लागि अनुबन्धन गर्ने गीतकार, संगीतकार र स्टुडियो उनको चलनदेखि हैरान छ । एउटा गीत कति पारिश्रमिकमा गाउने भन्ने यकिन नभएका कारण अन्जुबाट दुख पाउने गरेको संगीतकर्मीले गुनासो गर्दै आएका छन् । उनी गीत गाएपछि मुडअनुसार चार्ज लगाउने गर्छिन् ।

 

८. अन्जु धार्मिक विवादमा पनि आइन् । धर्म परिवर्तन गरेर ख्रीष्टियन भएपछि हिन्दूलाई गाली गरेको भनेपछि उनी सामाजिक सञ्जालदेखि सवैतिर आलोचित भइन् । उनले रोएर गाली नगरेको भन्ने बयान दिनु परेको थियो ।

 

९. हिन्दू उत्सव र महोत्सव, चाडपर्वमा गीत नगाउने अभिव्यक्तिका कराण अन्जु विवादमा तानिइन् । उनलाई कतिपय हिन्दुवादी संघ संगठनले कारबाही गर्नेसम्मका निर्णय लिएका थिए ।

 

१०. अन्जुले बिहेका सन्दर्भमा दिएको अभिव्यक्ति पनि विवादीत छ । उनले बिहेलाई काँडा भनेकी छन् भने जीवनसाथीको अपमान गरेको भन्ने अभियोग पनि लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...