म विदेशमा हुँदा घर छोडेर हिंडेकी श्रीमतिलाई अंश दिनु पर्छ की पर्दैन ?



हाम्रो इकोनोमि

 

मेरो नाम कृष्ण श्रेष्ठ हो । म हाल युएईमा छु । मेरो घरमा श्रीमतिले अढाई बर्षको बच्चा लिएर कुनै जानकारी नदिई माईत गएर बसेकी छिन् ।

यसअघि पनि उनले पटक पटक यस्तै गर्दै आएकी छन् ।

मैले उनलाई घर फर्किन आग्रह गर्दा नआउने र सँगै नबस्ने कुरा गर्छिन ।

मैले यो अवस्थामा न्याय पाउन के गर्नुपर्छ ? र यस्तो घटनामा सम्वन्ध विच्छेद गर्दा मैले श्रीमतिलाई अंश दिनुपर्छ की पर्दैन ?

उत्तर (अधिवक्ता सुजन पन्त): नेपालमा श्रीमानले चाहेर सम्वन्ध विच्छेद गर्ने प्रकृया अलिक जटिल छ । तपाई र तपाईको श्रीमति सँगै बस्न नसक्ने भएमा र तपाईले सम्वन्ध विच्छेद गर्न चाहेमा सम्वन्धित गाउँपालिका वा नगरपालिकामा गएर निवेदन दिनु पर्दछ ।

यसका लागि तपाई र तपाईको श्रीमति ३ बर्षयता सँगै नबसेको हुनु पर्दछ ।

यदि त्यसो भएमा तपाईको सम्वन्ध विच्छेदको प्रकृया अगाडी बढ्न सक्दछ । तर यसको प्रकृया लामो हुन्छ ।

तपाईको दोश्रो जिज्ञासा, अंश दिनु पर्ने नपर्ने सम्वन्धमा नेपालको कानून अनुसार तपाईले श्रीमतिलाई अंश दिनु पर्ने हुन्छ ।

तपाईले सम्वन्ध विच्छेदको मुद्धा चलाएमा वा तपाईको श्रीमतिले चलाएमा, जुनसुकै अवस्थामा पनि तपाई अंश दिन बाध्य हुनुहुन्छ ।

यस सम्वन्धमा हाल संसदमा विचाराधिन अवस्थामा रहेको देवानी संहितामा यदि महिला आफैं छुट्टीन चाहेमा र महिलाले लिन नचाहेमा भनें अंश दिनु नपर्ने व्यवस्था छ ।

तर हाल सो विधेयक पारित नभइसकेका कारण यो व्यवस्था लागु भएको छैन ।

तपाईको अढाई बर्षको बच्चा समेत भएका कारण तपाई दुईबीच सम्वन्ध विच्छेद भएमा नेपालको कानून अनुसार बच्चाले समेत स्वतः अंश पाउने व्यवस्था छ ।

तर सकेसम्म सम्वन्ध विच्छेदको तहसम्म सोच्नु अगाडी तपाईहरुले आफूबीचको असमझदारी हटाउन सकेसम्म प्रयत्न गर्नु उपयुक्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...