बबाल गर्ने गृहमन्त्रीपुत्र, समातिने मजदुर



हाम्रो इकोनोमि

 

श्रमिकवर्गको पार्टी र तिनीहरुकै नेता भनेर मात्र के गर्नु ? परेको बेला तिनै श्रमिकलाई थुनेर नेताका छोरा पानीमाथिको ओभानो बन्दा रहेछन् ।
गृहमन्त्री रामबहादुर थापा (बादल) हेर्दाका सोझा, लेनादेनातिर नमुछिएका । ०६४ का रक्षामन्त्री, तर सेरेमोनियल टाइपका । मन्त्रीको व्यक्तित्व त्यस्तो, लाजिम्पाटतिरको रमिताचाहिँ अर्कै † बादलपत्नी नैनकला, सालो र छोरा प्रतीकहरु प्रायः लाजिम्पाटतिर देखिने । माछापुच्छ बैंक र होटल ग्याङ्जोङको ठीक अगाडि दि लास्ट फ्राइडे नामक लाउञ्ज बार एण्ड रेष्टुरेण्ट छ ।

 

दुई वर्षअघि प्रहरी इन्काउण्टरमा मारिएका गुण्डा नाइके कुमार श्रेष्ठ (घैंटे) ले खोलेको त्यसका सञ्चालक राजेश कार्की एयर एशियामा राम्रै पैसा डुबाएका व्यक्ति हुन् । त्यहाँ हिजोआज गृहमन्त्रीका ओछ्यानकै मान्छेहरु प्रायःजसो जुट्छन् । आउने, खाने र जानेमात्रै भए त शहरमा त्यस्ता ठाउँ अनेकौँ छन्, चर्चा गर्नुपर्ने नै थिएन ।

 

तर, यिनीहरु जाने, खाने मात्रमा सिमित रहेनन्, डाङ्डाङ्–डुङ्डुङ् गरेर रमितै देखाउने तहसम्म पुगे । यही क्रममा अघिल्लो हप्ता गृहमन्त्रीका छोराले होहल्ला मच्चाए । केही समय नेकपा अध्यक्ष प्रचण्डको बडिगार्ड रहिसकेका दानबहादुर मल्लको कमाण्डमा रहेको दरबारमार्ग प्रहरी बृत्तको क्षेत्रमा पर्छ, उक्त रेष्टुरेण्ट । आधा रातसम्म बद्मासी गर्ने गृहमन्त्रीका छोरा, सजायँ भोग्ने रेष्टुरेण्टका कर्मचारी ।

 

प्रहरीले गत बुधबार उनीहरुलाई समातेर लग्यो । राति अबेरसम्म होहल्ला गरेको, शान्ति सुरक्षा खलल पारेको आरोपसाथ रेण्टुरेष्टमा मजदुरी गर्ने म्यानेजरसहितका कामदार चिसो छिँडीमा बसे । भोलिपल्ट कागज गरेर छुटे ।

 

रमिता यतिमै सकिँदैन । मन्त्रीको सचिवालयमा स्वकीय सचिव छन् सुदीप तामाङ, वाइसिएलका उपाध्यक्ष । बादल, वैद्यसँग लागेर हरितन्नम् भएको बेला पकेट खर्च नहुँदा साथीहरु गुहार्दैै हिँड्ने अवस्थाले गर्दा उनको घर नजिक, चाँगुनारायणस्थित त्रिशुलडाँडामा बनाइरहेको होटलको निर्माणकार्य पूरै रोकिएको थियो ।

 

तर, बादल गृहमन्त्री भई प्रतीकको सेटिङमा सुदीप त्यहाँ नियुक्त भएको एक महिनाभित्र होटलमात्र तयार भएन, अहिले त सञ्चालनमा आइवरी वैध, अवैध सबैखाले गतिविधि चल्न थालिसकेको छ । तास खेल्ने जुवाडेदेखि युवतीसँग रमाउने उरन्ठेउलाहरुका लागि सबभन्दा सुरक्षित अखडा हो त्यो । त्यहाँ के–के हुन्छ भन्नेबारे प्रहरी जानकार नभएको होइन । तर, प्रतीकहरु पुगिराख्ने ठाउँमा छुने कसरी ?

 

त्यसमाथि प्रहरीका केही हाकिम छन्, भनेको ठाउँमा, भनेकै बेला प्रतीकलाई पैसा बुझाउन पुग्ने । प्रतीकले पैसा बुझेर हेटौंडा सरुवा गराएका एसपी लोकेन्द्र श्रेष्ठ हाजिर भएको हप्तादिनमै तानिए । बस्याल थरका एसपीलाई नुवाकोट लैजान एक व्यापारीमार्फत डिल गरेर आधा पैसा लिइसकेका थिए ।

 

पठाउन नसकेपछि व्यापारीले पैसा फिर्ता मागिरहेका छन् । तर, प्रतीकचाहिँ आइजिपीसँग डिनर खाँदैछु भनेर उल्टै व्यापारीलाई हप्काउने गर्छन् । यसबाहेक प्रहरीका हाकिमहरुलाई फोन गरेर आफू बसेको ठाउँमा सुरक्षाका लागि पुलिसको ड्युटी लगाइदिन अह्राउँछन् । यसरी अहिले प्रतीक र सुदीपका कारण बादल यति बद्नाम भएका छन् कि, यसले मन्त्रीलाई मात्र खान्छ कि सरकारलाई नै तान्छ, भन्न सकिन्न ।जनआस्थाबाट

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...