‘समर लभ’को ‘साया..’ रिलिज (भिडियो)



हाम्रो इकोनोमि

 

चर्चित उपन्यास ‘समर लभ’मा आधारित रहेर बनेको चलचित्र ‘समर लभ’को नयाँ गीत सार्वजनिक भएको छ ।

चलचित्रकी पात्र सायालाई विशेष समर्पण गर्दै चलचित्रको पहिलो गीत ‘साया..’ सार्वजनिक भएको हो ।

रिलिज मिति नजिकिँदै गर्दा निर्माण पक्षले चलचित्रको पहिलो गीत सार्वजनिक गर्दै चलचित्रको प्रचार प्रसार सुरु गरेको छ ।

 

सार्वजनिक भएको गीतमा मुख्य दुई कलाकार आशिष् पिया र रेवती क्षेत्री फिचर छन् ।गीतको भिडियोमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।

गीतमा स्वर पुष्पन प्रधानको सुन्न सकिन्छ भने उनलाई फिमेल भर्सनमा साथ बानिका प्रधानले दिएकी छिन् ।

शब्द, संगीत पनि पुष्पनको नै छ ।

‘समर लभ’ प्रेमदिवस (भ्यालेन्टाइन डे) को अबसर पारेर आगामी माघ २५ बाट प्रदर्शनमा आउँदैछ ।

मुस्कान ढकालको निर्देशनमा तयार भएको चलचित्रमा आशिष् र रेवतीसँगै सुरज सिंह ठकुरी, सरोज खनाल, ओमप्रतिक, नम्रता सापकोटा, शिशिर भण्डारी लिड अभिनयमा छन् ।

सुबिनको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् भने चलचित्रको संवादमा सामिप्यले सुबिनसँग साझेदारी गरेका छन् ।

नाइटिङ्गेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको चलचित्रमा खगेन्द्र श्रेष्ठ

र इन्दु भण्डारी निर्माता रहेका छन् भने विनोद अधिकारी कार्यकारी निर्माता छन् ।

अर्जुन जिसीले सम्पादन गरेको ’समर लभ’मा स्वपन सरकार र मनोज बिक सहनिर्माता र एकराज तामाङ लाइन प्रोड्युसर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...