शहीद स्मारक ‘ए’ डिजिभन लिगः एपिएफद्धारा एनआरटी पराजित



हाम्रो इकोनोमि

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तरगत आज भएको छैटौं चरणको पहिलो खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले न्यूरोड टिम (एनआरटी) लाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको मैदानमा भएको खेलमा एपिएफले एनआरटीलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

जारी प्रतियोगितामा एपिएफको यो दोस्रो जित हो । यस जितसँगै एपिएफले सात अङ्क जोड्दै अङ्क तालिकाको सातौँ स्थानमा उक्लेको छ ।

यसअघि खेलको पाँचौं चरणको खेलसम्म विभागीय टोली एपिएफले लिगमा एकमात्र जित दर्ता गरेको थियो भने एकमा बराबरी र तीनवटा खेलमा पराजित भएको थियो ।

एपिएफको जितमा युवराज लामा र सुदीप शिखरकारले एक–एक गोल गरे । युवराजले खेलको पहिलो हाफमा एक गोल गरे भने सुदीपले दोस्रो हाफमा गोल गरे । खेल शुरुवातीको पाँचौं मिनेटमा युवराजले गोल गर्दै एपिएफलाई पहिलो अग्रता दिलाए ।

उनले गोल गरेको १० मिनेट पनि बित्न नपाउँदै एनआरटीका राजेश परियारले एक गोल फर्काए । तर एनआरटीले त्यो एक/एक गोलको बराबरीलाई कायम गर्न सकेन । खेलको ७३ औं मिनेटमा सुदिपले एक गोल थप्दै एपिएफको लागि विजयी गोल गरे ।

यता जारी लिगमा एनआरटीले अहिलेसम्म जित निकाल्न सकेको छैन । लिगको पहिलो खेलमा एनआरटीले विभागीय टोली आर्मीलाई बराबरीमा रोक्दै उत्कृष्ट शुरुआत गरेपनि त्यसपछिका सबै खेलमा पराजित हुँदै एक अङ्कका साथ लिगको पुछारमा छ ।

अङ्क तालिकामा मनाङ मस्र्याङ्दी क्लब लिगको पहिलो स्थानमा छ । त्रिभुवन आर्मी क्लब १३ अङ्कसाथ दोस्रो तथा १२ अङ्क जोडेको थ्रिस्टार क्लब तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...