यस्तो छ कर्मचारीको ताल, कार्यालयमा फुटबल खेल्दा खुट्टा भाँच्चियो, गाडी सिक्दा कार कुच्चियो



 

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन कहिले बस्ने हो भन्ने यकिन छैन। असोज ८ गते बर्खे अधिवेशन सकिएपछि सांसद फुर्सदिला बनेका छन्। प्रदेशसभा सचिवालयका कर्मचारी पनि फुक्‍काफाल छन्।

 

कामकाजमा व्यस्त हुन नपरेपछि कर्मचारीको काम घाम ताप्नेमा सीमित भएको छ। सचिवालयको हाताभित्रै केही दिन उनीहरुले फुटबल खेलेर पनि कार्यालय समय कटाए। फुटबल खेल्दा २ कर्मचारीको खुट्टै भाँचिएपछि समय काट्ने त्यो उपाय पनि आइतबारदेखि स्थगित भएको छ।

 

कम्प्युटर अधिकृत लेखनाथ भण्डारीको आइतबार खुट्टा भाँचिएको हो। कात्तिक २७ गते खुट्टा भाँचिएपछि कानुन अधिकृत श्रीतिवारी अझैं आरामै गरिरहेका छन्। कार्यालय समय बिताउन कर्मचारीले फुटबल खेल्ने उपायमात्रै गरेनन्। कतिपयले स्कुटर र कार पनि सिकेका छन्, त्यो पनि सरकारी नै। प्रदेशसभा सचिवालयको बा १ झ नम्बर ९६५९ नम्बरको स्यान्ट्रो कार कुच्चिएको छ।

 

सभामुख नेत्रनाथ अधिकारीका स्वकीय सचिव लोकनाथ आचार्यले आइतबार सभाको परिसरमै कार चलाउन सिक्दा बारमा ठोक्‍काएका थिए। ‘धन्न ठूलो दुर्घटना टर‍्‍‍यो, एक कर्मचारीले भने, ‘कारमा नेकपाका एकजना सांसद पनि हुनुहुन्थ्यो। उहाँलाई पनि केही भइहालेको भए साह्रै नराम्रो सन्देश जान्थ्यो।’
ती कर्मचारीकै भनाइमा कार नगर विकास प्रशिक्षण केन्द्रको आवास भवनपट्टि ठोक्‍किन गएको थियो। आचार्यले आइतबारमात्रै कार सिकेका होइनन्। केही दिनअघिदेखि सभामुखका छोरीज्वाइँ र उनले आलोपालो कार सिकिरहेका थिए। एक कर्मचारी भन्छन्, ‘अफिस समयमा गर्न नपर्ने काम गरेपछि कोहीको खुट्टा भाँच्चियो, कोहीले कार ठोक्याए।’

 

सरकारी गाडी सिक्दा ठोक्‍काएर बिगारेपछिको मर्मत उनैले गर्ने हुन् कि प्रदेशसभा सचिवालयले भनेर कर्मचारीबीच सोमबार कानेखुसी चलिरहेको थियो। प्रदेशसभा अधिवेशन टुंगो नलागेको मात्रै होइन छिटै बस्ने बस्ने छेकछन्द पनि छैन।

 

सचिवालयका अनुसार नयाँ विधेयक कुनै मन्त्रालयले पनि दर्ता गराएका छैनन्। बर्खे अधिवेशनकै बेला थाँती सहकारी, सचिवालय व्यवस्थापन र वरपीपल संरक्षण सम्बन्धी ३ विधेयक छलफलका लागि विधायन समितिमा छन्।

 

मन्त्रिपरिषदले आउँदो प्रदेश अधिवेशनलाई पुग्दो बिजनेस दिने भनेर दर्जन विषयका विधेयक मस्यौदा गर्न मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिइसकेको छ। प्रदेश प्रहरी ऐन ल्याउने भनेर त्यसको मस्यौदा गर्न मन्त्रिपरिषदले आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिइसकेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले आउँदो प्रदेशसभा अधिवेशनअघि २० विधेयक तयार गर्ने गरी सरकारले काम गरिरहेको केहीअघि बताएका थिए।

 

संघीय संसदको अधिवेशन डाक्न प्रमुख प्रतिपक्षले माग गरिसकेको छ। तर गण्डकी प्रदेशसभाको बैठक डाक्न प्रतिपक्षी दल कांग्रेसले पनि घचघच्याएको छैन्। प्रदेशसभा नबसेको समयमा पनि संसदीय समितिका केही बैठक भने यसबीचमा बसेका छन्। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद कुमार खड्का सरकारसँग बिजनेसै नभएकाले अधिवेशन नबोलाएको हुनसक्ने बताउँछन्।

 

सिंहदवारमा किन भेला हुदैछन् केन्द्र र सबै प्रदेशका मन्त्री

आगामी आइतबार हुने अन्तर प्रदेश परिषद्को बैठकको तयारी पूरा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हुने बैठकको तयारी पूरा भएको कार्यालयका सचिव लक्ष्मणप्रसाद मैनालीले जानकारी दिनुभयो ।

 

मुलुक सङ्घीयतामा गइसकेपछि पहिलो पटक सङ्घ र प्रदेशबीच बैठक हुन थालेको हो । संविधानको धारा २३४ मा सङ्घ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधान गर्न देहायबमोजिमको एक अन्तर प्रदेश परिषद् रहने व्यवस्था रहेको छ ।

 

प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहने परिषद्मा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा युवराज खतिवडा र सातवटै प्रदेशका मुख्यमन्त्री सदस्य रहनुभएको छ ।

 

सङ्घ र प्रदेश तथा प्रदेश–प्रदेश बीच देखिएका राजनीतिक विवादलाई समाधान गरिने सचिव मैनालीले जानकारी गराउनुभयो । उहाँका अनुसार आइतबार बस्ने बैठकमा परिषद्का सदस्यबाहेक सङ्घका सबै मन्त्री, राज्यमन्त्री, महान्यायाधिवक्ता, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सबै मन्त्रालयका सचिव र मुख्ममन्त्री कार्यालयका सचिवको समेत सहभागी हुनेछ । बैठकमा देखिएका विवादको विषयमा सम्बन्धित सरकारको मन्त्री र सम्बन्धित प्रदेशको मन्त्री तथा विशेषज्ञलाई आमन्त्रण गर्न सक्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री ओली अस्वस्थ

  प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएका छन्। प्रधानमन्त्री ओलीलाई सोमबार बेलुकीदेखि ज्वरो

राजधानीको गौरीघाटमा छठपूजाका लागि तयारी

  राजधानीको गौरीघाटमा छठपूजाका लागि तयारी भइरहेको छ ।  गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा

पोखरामा रास्वपाको प्रदर्शन

  सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान चलिरहँदा समर्थकहरूले भने प्रतिशोधपूर्ण

फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

    प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल