भारतमा के गर्दैछन्- दरबार हत्याकाण्डमा मारिएकी श्रुतीका १९ बर्षिय छोरीहरू



हाम्रो इकोनोमि

 

काठमाडौं : दरबारको शान, सौकत र शासन त्यसै दिन ढलेको थियो, जुन दिन कहालीलाग्दो दरबार हत्याकाण्ड भयो ।

 

गीत बदलियो, रीत बदलियो । विगत परिमार्जित भएर वर्तमान फरक देखियो । सबै कुरा परिवर्तन नै थियो । हिजोको मामाघर आजको संग्राहलय बन्यो । तर, मन बदलिएन । देश र आमा उस्तै हुन् । जति आमाको माया हुन्छ, त्यति देशको माया हुन्छ । त्यसैले होला स्व. अधिराजकुमारी श्रुति शाह राणाका छोरीहरू बारम्बार सम्झिरहन्छन् आमा र देश ।

 

‘सयौं थुँगा फूलका हामी एउटै माला नेपाली’, गणतन्त्र नेपालले उत्पादन गरेको राष्ट्रगानसहित उनीहरूले सम्झिने गरेका छन्, आमा श्रुति । नारायणहिटी राजदरबारबाट संग्राहलय बनेपनि त्यसभित्रका सम्झनाहरू ताजै छन् जहाँ १९ जेठ, २०५८ मा हत्याकाण्ड भयो र उनीहरूले गुमाए मावलीका हजुरबुवा तत्कालिन राजा वीरेन्द्रदेखि हजुरआमा ऐश्वर्य, आमा श्रुती मामाहरू दिपेन्द्र, निराजनलगायत अन्य नातेदार |

 

वंश नाश भएको बेला पुरै देश शोकमा डुवेको थियो । वीरेन्द्रको वंश विनाससँगै नेपालमा राजतन्त्रको पनि पतनका दिन सुरू भइसकेको संकेत देखिएको थियो । पुनः राजाका रूपमा ज्ञानेन्द्रले गद्दी सम्हाले पनि मुलुकको राजनीतिक परिवेशको आँधी बेहरीले दरबारलाई संग्राहलयमा परिणत गरिदियो । त्यहि संग्राहलयमा घरि–घरि झुल्किने गरेका छन् बाल्यकालमा नै गुमाएकी आमादेखि मावलीको सम्झनाका लागि गिर्वाणी र सुरङ्गना राणा ।

 

आमा बित्दाको बेला गिर्वाणी र सुरङ्गना राणा

छोरीले पनि समान अधिकार पाएको देशमा धेरैले राजा वीरेन्द्रको वंश नाश भएको कथा सुनाउँछन् । केही समयअघि देखा परेका दुवै छोरी हुर्किएका छन् ।

 

दरबार गयो, शाही सौखहरू कमजोर बन्दै गए तर संस्मरण ताजा नै रहीरहेको छ भन्ने उनीहरूले सावित गरिदिएका थिए । बाबु गोरख शम्शेर राणासँग नारायणहिटीमा केही समय अघि झुल्किएका श्रुतिका छोरीहरू अहिले के गर्दैछन् ?

 

श्रुतिको हत्या हुँदा गीर्वाणी राणा तीन र सुरङ्ना दुई वर्षकी मात्र थिइन् । अहिले गीर्वाणी २० र सुरङ्गना १९ वर्षका पुगे । यसअघि गिर्वाणी १४ वर्षको उमेरकी हुँदा मावलीको तस्बिर हेर्नका लागि आर्ट काउन्सिलमा पुगेकी थिइन् ।

 

त्यहाँ उनी पुरै तस्बिर हेर्न नसकेर भक्कानिएर रोएकी थिइन् । २०६९ सालमा आमाको फोटो हेरेर गीर्वाणीको आँखाबाट आँसु बग्दै गरेको फोटो फेसबुकमा भाइरल भएको थियो । शाही चिकित्सक खगेन्द्र श्रेष्ठले खिचेका पूर्वराजपरिवारको तस्बिर प्रदर्शनी हेर्न बाबु गोरख शम्शेरसितै त्यसबेला पनि उनी गएकी थिइन् ।

 

दिवंगत श्रृति शाह

कजन सिस्टर ब्रदर (पारसकी छोरीहरू र छोरा)सँग उनी पुनः नारायणहिटी पुगेका थिए । नारायणहिटीको गेटमा राखिएको दिवंगत राजपरिवारको फोटोमुनि मैनबत्ती बाले, पुष्पगुच्छा चढाएर उनीहरूले नयाँ र पुरानो राष्ट्रिय गानसमेत गाएका थिए । दुई महिनापछि फेरि आउँदैछ स्मृति दिवस ।

 

‘हरेक स्मृति दिवसमा आमालगायत मामाघरका सवै सदस्यलाई श्रद्धाञ्जली दिने गरेका छन् ।’, दरबारका सहयोगीहरू भन्छन्,‘अध्ययन गरिरहे पनि आमाको माया र आफन्तको प्रेम भुलेका छैनन् ।’

 

पिता गोरख शम्शेर स्टान्डर्ड चार्टर्ड बैँकको एक्जेक्युटिभ कमिटीमा कमर्सियल बैँकिङ एन्ड इन्टरनेसनल कर्पोरेट्सका हेड छन् । उनले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको भाइकी छोरीसँग बिहे गरेका थिए । सौतिनी आमाका तर्फबाट गीर्वाणी र सुरङगनाकी एक बहिनी पनि छिन् ।

 

गीर्वाणी र सुरङ्गनालाई पिता गोरखले भारतको सिमलामा अध्ययनका लागि पठाएका थिए । उनीहरू कहिलेकाहीँ भने विदा मनाउन काठमाडौँ आउने गर्छन् । ‘उच्च शिक्षाका लागि बाहिर नै रहेका छन् । त्यसकारण पनि सार्वजनिक कार्यक्रममा सम्पर्कमा देखिने गरेका छैनन् ।’, पारिवारिक स्रोतले भन्यो ।

 

उति सारो सार्वजनिक कार्यक्रममा नदेखिने उनीहरू मिडिया र सामाजिक सञ्जाल भन्दा अलिक टाढा नै छन् । विस्तारै आफ्नो जीवनको उचाइका लागि उनीहरूले अध्ययनलाई ध्यान दिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । दरबारिया परिवारभित्रका भए पनि सरल देखिन्छन् ।

 

आम साधारण सरह तस्बिर खिच्ने, परिआएको रीतलाई पनि पुरा गर्ने संस्कार श्रुतिका छोरीहरूमा भेटिन्छ । त्यसैले जोर्डनकी रानी नूरले भने जस्तै राजपरिवारका यी किशोरी अवशेषहरू पनि राजपरिवारको सदस्य भएर शक्तिको वरिपरि भन्दा पनि शान्तिपूर्ण समूहमा बस्न रूचाएका छन् । यीनलाई रानीका सन्तान भन्ने कत्ति पनि लागेको छैन । त्यसैले मिडिया भन्दा पनि टाढै छन् ।  दैनिकनेपालबाट

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...