बहाना खोज्न त प्रचण्डसँग सिक्नु, ओली विवादको भुङ्ग्रोमा, प्रचण्ड होलबडी चेकअपमा



हाम्रो इकोनोमि

 

कुनै ठूलो फसादबाट उम्किन बहाना खोज्नु छ भने, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल अथवा प्रचण्डसँग सिक्नु । एसिया प्यासेफिक सम्मेलनको सहभागितालाई लिएर अर्का पार्टी अध्यक्ष केपी ओलीको सर्वत्र उछित्तो काटिँदा दाहालले त्योबाट बच्ने सजिलो बहाना झिके ।

 

सम्मेलन १३ मंसिरदेखि १७ मंसिरसम्म चल्ने भनेर प्रचार गरिएको थियो । तर, १४ गते सम्मेलनको उद्घाटन भयो । १५ गते प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष ओली सम्मेलनमा सहभागि भए, सम्बोधन गरे ।

 

सम्मेलन आयोजना, विदेशी पाहुनालाई पठाइएको निमन्त्रणा, सुरक्षा व्यवस्था लगायत विषयलाई लिएर सरकार र सत्ताधारी पार्टी नेकपाको आलोचना भइरहँदा दाहाल बाहिरबाहिरै घुमिरहेका थिए ।प्रधानमन्त्रीले सम्बोधन गरेको दिन दाहालको नवलपरासीमा सम्बोधन गर्ने कार्यक्रम थियो । उनी सम्मेलनमा सहभागि हुने भनेरै त्यतातिर गएनन् ।

आयोजक संस्थाले गरेको दावी र पाहुनालाई दिएको निमन्त्रणा हेरेर दाहालले पनि सम्मेलनमा सहभागि हुने मनस्थिति बनाएका थिए । तर, निकटस्थहरुले पार्टीमा यो बारे कुनै पनि कुरा नभएको र भोलि विवादमा परिन्छ भनेपछि उनले बहाना खोजे, अस्पताल जाने र होलबडी चेकअप गराउने । ‘यहाँनेर दाहालको स्वास्थ्य जाँचप्रति पूर्वाग्रह राख्न भने पटक्कै खोजिएको होईन’ ।

 

उनकै प्रमुख स्वकीय सचिवका अनुसार केही दिन पहिले मात्रै प्रचण्डले होलबडी चेकअप गराएका थिए । अनि एक हप्ता नपुग्दै फेरि होलबडी चेकअप किन ? उनका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले हुलहालमा भएकाले धेरै कुरा गर्न सकिदैन भने । छोटोमा उनले भने, ‘अहिले नियमिति जाँच गराइरहनु भएको छ ।

 

अस्ति पनि जाँच गराउनु भएको थियो ।’ अहिले के त, दाँत दुखेको हो ? दाँत होइन होलबडी चेकअप नै हो, उनले जवाफ दिए । सम्मेलनको छेकोमा परेका जिल्लाका कार्यक्रममा भने दाहाल सम्मेलन सकिएपछि मात्रै गएका छन् ।

 

यत्ति कुरा सुनेपछि थाहा भइहाल्यो, बहाना खोज्न प्रचण्डलाई कस्ले सक्छ ? आयोजकले सम्मेलन गरिबी, आतंकवाद, विकास, सुशासन र सांसदहरूको भूमिका, अन्तर–धार्मिक संगठन र नागरिक समाजको भूमिका, जलवायु परिवर्तन, सञ्चार माध्यमको भूमिका, विश्वव्यापी शान्ति प्रक्रिया, शान्ति परियोजना लगायत विभिन्न विषयमा केन्द्रित हुने भनेकाले सम्मेलनमा सहभागि हुनुपर्छ भन्ने उनको धारणा थियो ।

 

तर, परिस्थिति त्यस्तो रहेन । अर्का अध्यक्ष ओली विवादको भुङ्ग्रोमा डढिरहेको देखिदेखि त्यसमा पस्न उचित लागेन । तर, आफ्नै पार्टीको सरकारले राजकीय महत्वका साथ गरेको सम्मेलन छोडेर जिल्लाका कार्यक्रममा जाँदा उपेक्षा गरेको अपजस आउने डर भो । उपाय निकाल्दै जाँदा के त ? होलबडी चेकअप ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...