तिलगंगामा कपडा व्यवसायीमाथि खुकुरी प्रहार, भारतीय नागरिक पक्राउ



हाम्रो इकोनोमि

 

काठमाडौं–९, तिलगंगामा कपडा व्यवसायीमाथि खुकुरी प्रहार भएको छ । सर्लाहीको हरिवन घर भइ गौशाला बस्दै आएकी ३० वर्षीया कपडा व्यवसायी प्रमिला वाग्लेमाथि खुकुरी प्रहार भएको हो ।

 

घटनामा संलग्न भएको आरोपमा प्रहरीले भारतको बिहार घर भइ हाल तिलगंगा बस्दै आएका १८ वर्षीय आनन्द कुमारलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त, गौशालाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल मल्लले उनलाई पक्राउ गरिएको पुष्टि गरे ।

 

सोमबार दिउँसो वाग्लेमाथि खुकुरी प्रहार भएलगत्तै उनलाई ओम अस्पताल लगिएको थियो । त्यहाँ उनको उपचार जारी छ । ‘अहिले उहाँ खतरामुक्त हुनुहुन्छ’, डीएसपी मल्लले  भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’

 

प्रहरीले अहिलेसम्म वाग्लेमाथि किन खुकुरी प्रहार भयो भन्ने पत्ता लगाउन सकेको छैन । पक्राउ परेका भारतीय नागरिकले पनि पटकपटक बयान फेरिरहेका छन् ।

 

वृत्तका एक अधिकारीले भने, ‘उसले कहिले कसैले खुकुरी हान पैसा दिन्छु भनेको बताउँछ भने कहिले आफैं ठोक्किएको भन्छ । विस्तृत बुझ्ने काम भइरहेको छ ।’ अहिले वृत्तमा पीडित र पीडक पक्षबीच छलफल समेत भइरहेको स्रोतले बतायो ।

 

मैतिदेवीमा सहकारीबाट दिउँसै ४ लाख चोरी

काठमाडौं-३०, मैतिदेवीमा रहेको एक सहकारीबाट दिउँसै ४ लाख रुपैयाँ चोरी भएको छ । नव लुम्बिनी बचत तथा ऋण सहकारी संस्थाबाट सोमबार दिउँसो ४ लाख रुपैयाँ चोरी भएको हो ।

 

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायब उपरीक्षक (डीएसपी) होविन्द्र बोगटीका अनुसार सेफको ताला फुटाएर चोरी भएको खुलेको छ । घटनाको विषयमा विस्तृत अनुसन्धान भइरहेको बोगटीको भनाइ छ ।

 

स्रोतका अनुसार सहकारीको सीसी टीभीमा पनि ताला फुटाएको दृश्य कैद भएको छैन । सीसी टीभीमा पनि केही नदेखिएकाले सहकारीको वस्तुस्थितिबारे राम्रोसँग जानकार व्यक्तिले नै चोरी गरेको हुनसक्ने प्रहरीको आशंका छ ।

 

यसैबीच, काठमाडौं, गोकर्णेश्वर-७ मा डेरा गरी बस्ने एक व्यक्तिको कोठाबाट सुनका विभिन्न गरगहनासहित नगद रुपैयाँ पनि चोरी भएको छ ।

 

धादिङ घर भएका नवराज घिमिरेको कोठाबाट सोमबार साँझ सुनका विभिन्न किसिमका गरगहना २ तोला र नगद २० हजार रुपैयाँसहित गरी करिब १ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...