श्रृङ्खलालाई जिताउन बाबु विरोध खतिवडा दलबलसहित चीन जाँदै



हाम्रो इकोनोमि

 

 श्रृङ्खला खतिवडालाई विश्व सुन्दरी बनाउने अभियानलाई सफल पार्न बाबु एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद विरोध खतिवडा बिहीबार दलबलसहित चीन जाँदैछन् । मिस वल्ड (विश्व सुन्दरी) को फाइनल प्रतिस्पर्धा शनिबार मंसिर २२ गते चीनको सान्यामा हुँदैछ ।

 

बाबु खतिवडाले हाम्राकुरासंग कुरा गर्दैै भने, ‘झण्डै ३० जनाको नेतृत्व गर्दै जाँदैछु । हामी पारिवारिक आफन्त नै छौं ।’

उनले चीनमा रहँदा कुनै पनि राजनीतिक भेटघाट नगर्ने बताए । खतिवडाले भने, ‘अहिले मेरो विशुद्ध छोरी जिताउ अभियान हो । चीनमा कसैसंग भेट गर्ने प्रसंग छैन ।’

 

छोरीबारे विरोधले भने, ‘ऊ आत्मविश्वासी छ । अहिलेसम्म जे गर्छु भनेर लागेकी छ पूरा गरेकै छ । मलाई उसले यसपटक पनि सोचेको सफलता हासिल गर्छे भन्ने विश्वास छ ।’

 

अहिलेसम्म छोरीले हासिल गरेको सफलताप्रति उनले कटाक्ष गर्दै भने, ‘एउटा बाबुले के सोच्छ होला, सबै नेपालीले सोच्छन् होला, तपाईले पनि त्यही नै सोचिरहनु भएको होला, यसमा कुनै प्रतिक्रिया दिनै पर्दैन होला ।’

यतिबेला सबै नेपालीको दिमागमा श्रृङ्खला नै छिन् ।

 

कहाँ पुगिन् श्रृङ्खला 
श्रृङ्खला विश्व सुन्दरी प्रतिस्पर्धामा अहिलेसम्मकै ठूलो सफलता हासिल गर्ने नेपाली सुन्दरी बनेकी छिन् । श्रृङ्खलाले मल्टिमिडिया र ब्यूटी विथ पर्पोज अवार्ड हात पारेकी छिन् ।

 

उनी फाइनल राउन्डको अन्तिम ३० मा पर्न सफल भएकी छिन् । मल्टिमिडिया अवार्डका लागि श्रृङ्खलाले चीन, इंगल्याण्ड, केन्या र पोर्टो रिकोकी सुन्दरीलाई पछाडि पारेकी थिइन् ।

 

त्यसमध्ये समग्रमा मल्टिमिडिया फाइनालिस्टमा नेपाल, मेक्सिको र केन्याले स्थान बनाए । मल्टिमिडिया अवार्डका विजेता एउटा मात्र हुने भएकाले यी तीन फाइनलिस्टमध्ये केन्या र मेक्सिकोलाई पछि पार्दै नेपालकी श्रृङ्खलाले बाजी मारेकी हुन् ।

 

श्रृङ्खलाले मल्टिमिडियासंगै व्यूटी विथ पर्पोज अवार्ड पनि जितेकी छिन् । श्रृङ्खलाले दुई वटा अवार्ड जितेर कुनै पनि नेपाली सुन्दरीले यसअघि नजितेको सफलता हात पारेकी हुन् ।

कस्ती छिन् श्रृङ्खला 
श्रृङ्खला आफूले सफलताका लागि निकै मेहनत गर्ने विद्यार्थी हुन् । बाबु खतिवडाका अनुसार हेटौंडाको स्कुलबाट एसएलसी (हालको एसईई) दिएकी श्रृङ्खलाले प्लस टु भने गोल्डेन गेट कलेजबाट गरेकी थिइन् ।

पढाइमा अब्बल श्रृङ्खलाले पुल्चोक इन्जिनियरिङ कलेजबाट प्रथम श्रेणीमा पहिलो भएर आर्किटेक्ट इन्जिनियरिङ सकाएकी छिन् ।

 

यी दृष्टान्त र बाबु खतिवडाको भनाइलाई आधार मान्ने हो भने श्रृङ्खलाले विश्व सुन्दरीको ताज पहिरिइन् भने अचम्म नमाने हुन्छ ।

अहिलेसम्म उनले देखाएको क्षमता त्यसको उदाहरण हो ।

प्रतिक्रिया दिनुहोस
सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन

    सरकारले सुकुमवासी बस्ती खाली गराउने निर्णयको विरोधमा थापाथलीमा प्रदर्शन भइरहेको छ...

इजरायल र लेबनानबीच तीन साताको लागि युद्धविराम

     अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीचको युद्धविराम तीन साताका लागि...

काठमाडौं उपत्यकाका सुकुमबासी बस्ती खाली गर्ने सरकारको तयारी

    सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमबासी बस्ती खाली गर्ने तयारी...

नबिल बैंकले सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

    नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित गरी मुलुकका विभिन्न...