न्याय हराएको देश



 

यो देश कस्तो अचम्मको होला, जहाँ सर्वोच्च अदालतको प्रधानन्यायाधीशजस्तो गरिमामय पदमा नियुक्तिका लागि एक जना पनि स्वच्छ छविका योग्य मानिस भेटिदैन । अनि कहाँबाट जनताले न्याय पाउँछन् ? भन्न त संविधानमा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको परिकल्पना गरिएको छ, तर, व्यवहारमा त्यसको झल्को पाइएको छैन ।

 

न्यायलय भ्रष्ट न्यायाधीशका कारण बदनाम हुँदै गएको उदाहरण यही देशमा प्रशस्त फेला पार्न सकिन्छ । को न्यायाधीश भ्रष्ट हो भनेर प्रश्न गर्नुभन्दा पनि को न्यायाधीश भ्रष्ट होइन भनेर प्रश्न गर्नुपर्ने स्थिति सिर्जना भएको छ । लोकतान्त्रिक पद्धति र कानुनी राज्यका लागि यो ठूलो चुनौतीको विषय हो । जहाँ न्यायालयप्रति जनताको विश्वास डगमगाउँछ त्यहाँ लोकतन्त्र कमजोर बन्दै जान्छ । सुशासनको आशासमेत मरेर जान्छ । न्यायलय भनेको यस्तो संस्था हो, जहाँबाट जनताले न्यायको अन्तिम आशा राखेका हुन्छन् ।

 

त्यस्तो ठाउँमा उच्च नैतिकवान, योग्य व्यक्ति पुग्न सकेन भने त्यसले सिंगो न्यालयलाई बदनाम बनाउँछ । विगतमा यस्तै भ्रष्ट चरित्रका न्यायाधीशका कारण न्यायलय बदनाम भयो । राजनीतिक परिवर्तन भएर मात्र देश समृद्ध बन्ने होइन । त्यसका लागि देशका हरेक निकायमा योग्य, सक्षम र उच्च नैतिकवान व्यक्ति पुग्नुपर्छ ।

 

तर, दुर्भाग्य राजनीतिक भागबण्डाका कारण हरेक संवैधानिक निकाय कमजोर बनेको छ । त्यसैले राज्यले योग्य, सक्षम र उच्च नैतिकवान मान्छे चिन्न सकेन भने त्यो ठाउँ भ्रष्ट, चरित्रहीन र अनैतिक व्यक्तिले भरिन्छ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिमा अहिले जे जस्तो समस्या देखिएको छ, त्यसको पछाडि राजनीतिक नेतृत्व जिम्मेवार छ ।

 

विगतमा कांग्रेस सरकारले छानीछानी भ्रष्ट न्यायाधीशलाई सत्ताको भ¥याङ चढाएर सर्वोच्च अदालतमा पु¥याएको पीडा अहिलेसम्म देश र जनताले भोगिरहेका छन् । न्यायालयभित्र झांगिएको विकृति र विसंगति हटाउने हो भने नेकपाको दुईतिहाइको सरकारले कठोर निर्णय लिनुपर्ने हुन्छ ।

 

नेकपाको नेतृत्व विवादित व्यक्तिको पक्ष वा विपक्षमा उभिनु हुँदैन । संसदीय सुनुवाइ समितिले एक जना विवादित व्यक्तिको विषयमा जे निर्णय ग¥यो, त्यसको सर्वत्र स्वागत भएको छ । सत्ता र व्यक्तिको आडमा जस्तैसुकै भ्रष्ट र नैतिकहीन व्यक्ति संवैधानिक निकायमा नपुगोस् भनेरै संविधानमा सुनुवाइ समितिको व्यवस्था गरिएको हो ।

 

त्यो सुनुवाइ समितिमा जनताबाट चुनिएर गएका प्रतिनिधि हुने भएकाले उनीहरुले देश र जनतालाई सर्वोपरी राखेर निर्णय गर्नुपर्ने हुन्छ । नत्र तिनीहरुलाई जनताले दण्डित गरेरै छाड्छन् । नेपाली कांग्रेसले तिनै तहको निर्वाचनमा धुलो चाट्नुको पछाडि सुशीला कार्कीमाथि कांग्रेसले लगाएको महाअभियोग पनि एउटा कारण हो भन्ने हेक्का नेकपाका सांसदले राख्नुपर्ने हुन्छ ।

 

एउटा भ्रष्टाचारीलाई दण्ड अर्को भ्रष्टाचारीलाई पुरस्कृत गर्ने काम न त संवैधानिक समिति, न त संसदीय सुनुवाइ समितिले नै गर्न मिल्छ । देशमा सुशासन कायम गरी भ्रष्टाचारको अन्त्य गर्ने काम पनि नेकपाको दुईतिहाइ सरकारको जिम्मेवारी हो ।

 

पहिलेको सरकारले गल्ती गरेकोले न्यायलयमा यो विकृति आएको निष्कर्षमा पुग्ने नेकपाको सरकारले त्यो गल्ती दोहो¥याउनु हुँदैन । त्यसो गरिएमा जनताले दुईतिहाइको सरकारलाई पनि दण्डित गर्ने दिन आउनेछ ।

 

यतिबेला भदौ १२ को ऐतिहासिक फैसला पनि हाम्रो सम्झनामा हुनुपर्छ । एक जना प्रधानन्यायाधीशले पूर्वाग्रही राजनीतिक फैसला गर्दा सिंगो देशको राजनीतिले बाटो बिरायो । र, देश लामो समयसम्म द्वन्द्वबाट गुज्रियो ।

 

एमालेको नौ महिने शासन ढल्नु र त्यसको जगमा उभिएको कांग्रेसको कुशासनले गर्दा नै देश माओवादी द्वन्द्वबाट गुज्रनु प¥यो । १७ हजार मानिसले अनाहकमा ज्यान गुमाउनुप¥यो । अझ कति बेपत्ता छन् । बाँचेकाहरु पनि पीडा बोकेर बाँच्नु पर्ने अवस्थामा छन् ।

 

यस घटनाबाट पनि के शिक्षा लिन सक्छौं भने न्यायालयमा गलत मानिसको प्रवेशले गर्दा एउटा व्यवस्थानै ध्वस्त हुने अवस्था आयो । त्यो अवस्थालाई फेरि दोहोरिन नदिन पनि नेकपाको सरकार गम्भीर बन्नुपर्छ । उमेर ढाँटेका, नक्कली सर्टिफिकेट बनाएका र तिनै भ्रष्टाचारीलाई छानीछानी प्रधानन्यायाधीश बनाउनुपर्ने बाध्यता आउनुको पछाडिको पनि विगतको सरकारले गरेको गलत निर्णय नै हुन् ।

 

विगतका प्रधानन्यायाधीशहरुले भ्रष्ट चरित्र भएका भनेर कारवाहीका लागि न्याय परिषद्मा पठाएका ओइलिएको अनुहार नेकपाको दुईतिहाइको सरकारमा फक्रनु शोभनीय कुरा होइन । यस्तो कुरामा नेकपाको सरकारले ध्यान पु¥याउन सकेन भने जनताले दिएको दुईतिहाइ मतको दुरुपयोग हुनेछ । नेपाली जनताले शान्ति, समृद्धि र स्थिरताका लागि नेकपालाई दुईतिहाइ मत दिएको हो ।

 

त्यो शान्ति, समृद्धि र स्थिरताको अनुभूति नेपाली जनताले त्यतिबेला गर्नेछन्, जतिबेला उनीहरुले न्यायलयबाट न्याय पाउनेछन् ।

 

अन्त्यमा, पूर्वप्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले भनेका छन्, प्रधानमन्त्री, प्रधानन्यायाधीश र संसदको सभामुख तीनजना मात्र इमानदार हुने हो भने मुलुको ९० प्रतिशत भ्रष्टाचार कम हुनेछ । सुशासन मात्र होइन, समृद्धिको युग पनि त्यहीँबाट सुरु हुनेछ ।शम्भु श्रेष्ठ

प्रतिक्रिया दिनुहोस
रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्

साना दल फुटाउन अध्यादेश आउने संकेत

    विपक्षी दलहरुले साना दलहरु फुटाउन सरकारले अध्यादेश ल्याउनसक्ने आशंका गरेका छन्