भ्रष्टलाई सरुवा नगर्दा भ्रष्टाचार बढ्यो
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबैभन्दा बढी भ्रष्टाचार मालपोत र नापी कार्यालयमा हुने गरेको तथ्यांक सार्वजनिक गरेको छ । सुशासन कायम गर्नकै लागि निजामती सेवा ऐनमा आवधिक सरुवाको ब्यवस्था गरिएको छ ।
आवधिक सरुवाको कानुनी प्रावधान सुशासन कायम गर्नकै लागि राखिएको भए पनि त्यसको पालना हुन नसकेका कारण पनि मालपोत र नापी कार्यालयमा भ्रष्टाचार बढेको कुरामा अख्तियारको ध्यानाकर्षण हुनसकेको छैन ।
निजामती सेवा ऐनमा २ बर्ष अवधि पुगेका कर्मचारीको सरुवा गर्ने ब्यवस्था छ । तर नापी विभागले २०७५ असोजमा २ बर्ष पुगेका काठमाडौं उपत्यकाका १ सय भन्दा कर्मचारीको सरुवा गरेन । उनीहरूबाट आर्थिक लाभ लिएर सरुवा नगरेको आरोप विभाग नेतृत्वमाथि लागेको छ । २ बर्ष अवधि पुगेका उपत्यकाका नापी कार्यालयका अमिन, सर्भेक्षक र नापी अधिकृतसमेतलाई सरुवा गरिएको छैन ।
विगतमा कृष्णराज बीसी नापी विभागको महानिर्देशक हुँदा पनि २ बर्ष अवधि पुगेका सयौं कर्मचारीको सरुवा नगरी घुसको सेटि¨मा थमौती गरिएको थियो । त्यतिबेला भूमिसुधारमा सचिव भएर आएका कृष्णप्रसाद देवकोटाले ३ बर्ष अवधि उपत्यकामा कार्यरत कर्मचारीहरूलाई सरुवा गरे मापदण्ड बनाएरै ।
त्यो सरुवा लागू गराउन तत्कालीन महानिर्देशक बीसी बाध्य भएका थिए । तर २०७५ असोजमा भएको सरुवामा २ बर्ष पुगेका १ सय भन्दा बढी कर्मचारी काठमाडौं उपत्यकाका कार्यालयहरूबाट सरुवा गरिएन । तर वर्तमान भूमिब्यवस्था मन्त्रालयका सचिव गोपी मैनालीले ती कर्मचारीको सरुवा नभएकोबारेमा महानिर्देशक गणेशप्रसाद भट्टसँग एक शब्द सोधेका छैनन् ।
उपत्यकाका कार्यालय प्रमुखहरूमार्फत् सेटि¨ मिलाएर, भेटी असुलेर ती कर्मचारीलाई निजामती सेवा ऐन अनुसार सरुवा नगरिएको समाचार स्रोतले बताएको छ । काठमाडौं उपत्यकामा २ बर्ष अवधि पुगेका कर्मचारीहरूको थमौती गर्दा बढी आर्थिक लाभ हुने भएपछि सरुवा गर्नेतिर विभागीय प्रमुखहरूको ध्यान जान छाडेको छ । (साँघु साप्ताहिक
काठमाडौं उपत्यकाका मालपोत कार्यालयहरूमा पनि २ बर्ष अवधि पुगेका कर्मचारीको सरुवा नगरी थमौती गरेर मनग्य घुस असुरलेर सहसचिव मुक्ति आचार्य भूमिब्यवस्थापन विभागको महानिर्देशकबाट भर्खरै बिदा भएका छन् । उपत्यकाका मालपोत कार्यालयहरूमा पनि थुप्रै कर्मचारी २ बर्ष अवधि पुगे पनि थमौती भएका छन् ।
सरुवा भए पनि गएनन्
नापी विभागले भैरहवामा सरुवा गरेका नापी कार्यालय साँखुका सर्भेक्षक गायत्री अधिकारी खटाएको कार्यालयमा महिनौंसम्म गएका छैनन् । उनी सरुवा भए पनि साँखु नापी कार्यालयमै कार्यरत छन् । साँघु साप्ताहिक


